Advertisement Banner
Advertisement Banner

०४ सोमबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

राष्ट्रिय सुरक्षा चुनौतीपूर्ण बन्दैछ - प्रधानसेनापति

०८ बुधबार , माघ २०८२४ महिना अगाडि

राष्ट्रिय सुरक्षा चुनौतीपूर्ण बन्दैछ - प्रधानसेनापति

प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षा वर्तमान अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको भन्नुभएको छ ।  राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिको ‘नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र समृद्धिमा प्रतिरक्षा विश्वविद्यालय’को भूमिका विषयक कार्यक्रममा प्रधानसेनापतिले यो खुलासा गर्नुभएको हो ।
प्रधानसेनापतिको निष्कर्ष छ– बहुपक्षीय संस्थाको कमजोर र स्वार्थ केन्द्रित गठबन्धनको बढ्दो प्रभाव, सूचना प्रविधिको व्यापक प्रयोग र दुरुपयोग, साना–राष्ट्रको घट्दो निर्णय क्षमताका कारण राष्ट्रिय सुरक्षामा चुनौती थपिएको हो ।
उहाँले ‘नेपालको भू–राजनीतिक अवस्थित, तरल राजनीतिक अवस्था, विभिन्न समूह तथा संघसंस्थाका गतिविधि, बसाइँसराइ, वैदेशिक रोजगारमा निर्भरता, घट्दो कृषि तथा बढ्दो आयातले आर्थिक तथा सामाजिक सुरक्षामा थप जटिलता उत्पन्न भइरहेको छ ।’ भन्नुभयो ।
यो विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक एवं उपरथी विष्णु राउतले विश्वविद्यालयको पाठ्यक्रम निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताउनु भयो भने प्राज्ञिक समूहका सदस्य डा. शम्भुराम सिंखडाले सुरक्षा फौज निश्चित संरचना, अनुशासन र आदेशमा चल्ने सङ्गठन भएको पक्ष सबैले मनन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा विषयविज्ञ डा. पिताम्बर भण्डारी, प्रा डा मीनादेवी वैद्यले पनि बोल्नु भएको थियो । यो विश्वविद्यालय काभ्रेको बनेपा नगरपालिका–१३ र १४ मा आठ अर्ब ६३ करोड १० लाखको लागतमा निर्माण भइरहेको छ । आगामी साउनदेखि यो विश्वविद्यालय सञ्चालनमा ल्याउने तैयारी छ ।