Advertisement Banner
Advertisement Banner

२८ सोमबार, पौष २०८२9th January 2026, 2:05:00 am

कति मीठो शब्द – म नेपाल हाँसेको देख्न चाहन्छु

२२ मंगलबार , पौष २०८२६ दिन अगाडि

कति मीठो शब्द – म नेपाल हाँसेको देख्न चाहन्छु

सुरेशकुमार पाण्डे----------
नयाँ सम्बत् सुरू भयो, पात्रो फेरियो छ । २०२६ को सबैमा मङलमय शुभकामना । नयाँ सालले  देश र जनताको हितमा आवाज उठाउनेँ शक्ति प्रदान गरोस् यही शुभकामना छ ।
हामी सानो छँदा बा आमाले ‘लोला’ किनेर दिएपछि न्यानो ऊनिको स्युइटर चाहिंदैनथ्यो । त्यसैमा भुल्लिन्थ्यौँ । जाडो नभएर होइन स्युटरले गर्ने काम छुट्टै हो तर लोला पाएपछि त्यसैलाई बजाएर आनन्द महसूस् गथ्र्यौँ । त्यस्तै हामी नेपालीहरूको आजको समाज छ । जसले गुलिया नारा लगायो उसैको पछि लाग्छौँ । त्यो जस्तो सुकै ब्यक्ती भएपनि रोजगार दिन्छौँ भने पछि युवाहरू उसैको पछि लाग्छन् । एक छाक रक्सी र मासु खान दिएकै भरमा उनीहरूले आफ्नो अमूल्य मत जस्तोसुकैलाई पनि दिएका हुन्छन् । 
यो साँचै हो भोकालाई के चाहिन्छ माम, नाङ्गालाई के चाहिन्छ नाना, गरिबलाई गास, बास र कपास चाहिएको छ ।े उनीहरू विदेशका गल्ली, कोठी र होटलहरूमा काम खोज्दै हिंडेका छन् । मानौे र छानोको व्यबस्था मिलाउनकै लागि उनीहरू भन्छन् – साहुजी मैले हजुरको घरको कुचो देखी भाँडा ,लुगा देखि भान्शा सबै सफा गर्छु मलाई काम दिनुहोस् । आम नेपालका पौरखी श्रमजीविहरू यस्तै भनेर विदेशी धनाढ्यहरू सामु गिडगिडाएका हुन्छ, काम मागेका हुन्छन् । आज नेपाली नपुगेको कुनै पनि देश छैन होला ।
चोरबाटो गएर जेलमा बन्द भएर सास्ति खेप्दै प्रत्येक देशका फोहोर सफा गर्ने र चोरहरूका चौकीदारी गर्ने, भान्सा पकाएर उनीहरूको मेचमा पुराउनेहरू, वोडरहरूमा लडेर उनीहरूको देशको सुरक्षा गर्ने नेपाली वीर हौं । जसले चिसो तातो नभनी सधैँ भाडामा अरूको देशको रक्षक बनेर आफ्नो प्राणको बली चढाउने हामी नै हौँ । बदलामा उपनाम बहादुर छ र बासी रोटी उपहार पाएर खुसी खुसी ज्यान कुर्वान गर्दै आएका छौँ ।
यसरी अत्यान्तै अभावमा बाँचेका हामी नेपालीहरूका लागि देशमा परिवर्तन, मुक्ती,क्रान्ती,आमूलपरिवर्तनका नाराहरूले अत्याधिक महत्व राख्छन् । अँझ त्यो भन्दा पनि ऐतिहासिक सत्य त यो हो की प्रत्येक नागरिकको चाहाना आफ्नो देश हाँसेको देख्ने छ । सदियौँ देखि आफू मरेर भएपनि देश हासेको देख्नेहरूको जमात शहिदको लामू लिष्ट छ ।
यो देशमा शान्ति सुब्यलस्थाका लागि सदियौँ देखि नेपालीहरूले सङ्घर्ष गर्दै आएकाछौँ । निरङ्कूश शासन फालेर सुदिन ल्याउन कयौँले होनहार छोरा–छोरी गुमाए, कयौँले बा आमा गुमाए, कयौंले श्रीमान श्रीमती गुमाए । हजारौँ विद्रोही बनेर सङ्घर्षको मैदानमा हामफाले र उनीहरूको सहदात पछि गणतन्त्र आयो । अब गणतन्त्रमै पनि त्यो रोग सल्कियो । भ्रष्टाचार, अपराध, बलात्कार, महंगी घुसखोरी आदि उस्तै छ । गणतन्त्र होइन, भ्रष्टाचारतन्त्र संस्थागत भयो ।
हाम्रा बा बाजे अंग्रेजको बिरूद्धमा राणाको बिरूद्धमा लडे, हामी पञ्चायती तानासाहको बिरूद्धमा लड्यौँ र हाम्रा छोराहरू भ्रष्टाचारको बिरूद्धमा लडेका छन् । अब यस्तो बातावरण बनाउन थालिएको छ हाम्रा नातिहरू साम्राज्यवादीहरूको कटपुतली सरकारको बिरूद्धमा लड्न बाध्य हुनेछन् । अर्ध उपनेबेसिक त अहिले पनि छ तर हामी नेपाली जनताले सचेत नहुने हो भने देश साम्राज्यवादको प्रत्यक्ष उपनेबेसिक हुनेछ । त्यसपछि देशमा हाम्रो सन्तान् सदियौँसम्म लडिरहने अबस्थाको थालनी हुनेछ । जस्तै अफगानी जनताले साम्राज्यवादको खिलाफ बीश वर्षसम्म सशस्त्र शङ्घर्ष गर्नुपर्यो त्यो पनि तालिबानी आतङ्कवादको बेच टांसेर ।
हामी सबै देशका नागरिकहरूले आफ्नो देश हाँसिरहेको देख्न चाहान्छौँ ।त्यो शब्द खाडीमा उँट चराउँने,विदेशको गल्लीमा लाठी बजार्ने,होटेलमा भाँडा खकाल्नेहरूले भनेको भए नेपाली जनताले पताउने थिए । उनीहरूलाई धन्यवाद दिनेथिए तर आज त्यो शब्द सहकारी ठग,अनि मकै पोलेर जीवन यापन गर्ने गरिबहरूलाई खदेड्नेहरूको गठजोडहरू द्वारा भनिएको छ ।सहकारीमा उनै गरिबहरूको पसिना र रगत मिसिएको हुन्छ भन्ने डगहरूलाई के थाहा ?
जसले देशलाई जलाएर खरानी बनाउन युवाहरूलाई उक्साए, निर्दोष बाल बालिकाहरूलाई मराए, सरकारी सम्पत्ती खरानी पारे, जेलबाट अपराधीहरूलाई हतियार सहित भगाए । सरकार गैरजिम्मेवार भयो, अपराधी भगाउने देश हाँसेको हेर्न चाहन्छौं भनिरहेका छन्, हामी दङ्ग छौं ।
कति राम्रो शब्द मलाई पटक पटक सुनौँ झैं लाग्ने शब्द हामी नेपाल हाँसेको देख्न चाहान्छौँ । हामी उज्यालो नेपाल देख्न चाहान्छौँ । हामीले किसोर अबस्था देखि नेपाललाई हँसाउन आफ्नो साराजीवन लगायौँ तर एकपछि आर्को ठग आइरह्यो । एउटा ठगलाई फ्याँक्छौँ आर्को ठगले देशको शासन चलाउँछ ।
जसले हिंजो असमान सन्धि सम्झौताको बिरूद्धमा हामीसँगै नारा लगायो । ऊ सरकारमा गयो र आर्को असमान सम्झौता गर्यो । जसले बिस्तारवाद, साम्राज्यादको बिरूद्धमा हामी सँगै नारा लगायो अब यसले केही गर्छ की भनेको उसैले पनि धोका दियो । 
अहिले त रूझान पहिलेनै प्रष्ट भएको छ । सरासरले वि.स. २०८४ मा चुनाव हुनु नै थियो । त्यो चुनाव आफ्नै रोहबरमा गराउन उनीहरूले बिचमै देशमा भ्रष्टाचारको नाउमा विद्रोह जन्माए । ताकि आगामी चुनावलाई आफ्नै पोल्टामा पार्न सकियोस । अहिलेको अबस्था त्यही हो राजनैतिक दलहरू सबैलाई भ्रष्टाचारी बताएर विदेशीका ऐजेन्टको सरकार बनाउन सकिन्थ्यो ।
अन्तरिम सरकार विदेशी षडयन्त्रमा बनेको सरकार भनिदैछ । चुनावका लागि उनीहरूले जीतको रणनीति तैयार पारिसकेका छन् । भ्रम दिने हो, भ्रममा बाँच्ने हो ।
आखिर कसैले आफ्नो आमा रोएको देख्न सक्छ ? जनजीविकाकै लागि हामीले देश विदेशमा रहेर पनि सङ्घर्ष गर्दै आयौँ । नेपाल आमालाई हाँसेको देख्नकै लागि हो ।
त्यो सपना नेपाल आमाका सच्चा सन्ततीले देखेकाछन् । कुनै विदेशीका दलालहरू नव लैण्डुपहरूको उदेश्य नेपाललाई हाँसेको देख्ने हात्तिका दाँत हुन्छन् । उनीहरूको उदेश्य पानी धमिल्याएर माछा मार्ने नै हुन्छ । 
विदेशी साम्राज्यवादको इसारामा उफ्रिनेहरूको आवरण जस्तोसुकै भएपनि उद्देश्य राष्ट्रघात जनघात नै हुन्छ । घातीहरू  देशभक्तले भन्दा क्षणिक रूपमा केही जनतालाई सहयोग गरेको अभिनय गर्नसक्छन् । चर्को प्रचार गर्न र ठूलठुला होटलहरूमा भब्य कार्यक्रम गरेर प्रचार गर्न सक्छन् । किनकी उनीहरू विदेशी धन र दलाली मनबाट सजिएका हुन्छन् । एउटा देशभक्त खाडीबाट आएर देशको हितमा आवाज उठाउने सँग त्यो औकात हुदैँन । जसले माटो सँग प्रेम गर्छ त्यो भुँई मानिस कसरी सत्तामा पुग्छ ? सच्चा नेपालीले क्रान्तिका कुरा गर्न सक्दैन । जनतालाई संगठित गर्नसक्दैन । झूठा कुरा गरेर चुनावी नाटक पनि गर्न सक्दैन । सच्चा  व्यक्ति चेतना फैलाउँदा कसरी नेता बन्छ र ?
सडक र सदनमा एउटै आवाज बोल्न सक्ने नेता यो देशको देशभक्त हो । यहाँ दिनौँ छेपारो जस्तै रङ्ग बद्लिएकाहरूले देशलाई हाँसेको होइन खरानी पार्ने उदेश्य बोकेकाले  कुनैपनि कालखण्डमा देशहित गर्न सक्दैनन् । बरू देश नै छाडेर भाग्लान् । जसले देश र जनताको हितमा आवाज उठायो हामी सबैको नेता उही हुनुपर्छ । त्यसैले सकारात्मक सोंच बोकेका देशभक्तहरूलाई कुनैपनि भ्रममा नपरेर साथ सहयोग दिनु देशबासीहरूको कर्तव्य हो । आफ्नो आमाको रक्षाका लागि कर्तव्य नभुलौँ ।