
खासगरी समाज विकासका साथै दर्शनका साखाहरूले हाम्रो प्रतिनिधित्व गर्ने गर्दछन् । दर्शन शास्त्र मुख्यतय दुइवÞटा भौतिकवादी दर्शनर आध्यत्मकवादी दर्शन् हुन तर यिनका सहाएक दर्शन् पनि हुने गर्छन् । बिभिन्न कालखण्डमा बिभिन्न बिषयहरू माथि बात बिवाद र प्रतिबादहरू हुन्छन् । कुनैपनि बिषममा आएको व्यक्तिगत विचारले सामाजिक रूप धारण गरेपछि त्यही विचार एउटावादको रूपमा समाजमा घर बनाउन सफल हुन्छ । जतिवेलादेखि पृथ्वीको उत्पती र जीवको विकास हुँदै गयो मानव समाजर शब्यताको उदय पनि हुदै आएको छ ।
त्यो आदिम साम्यवादी युग देखि दास– मालिक युग, सामन्तवादी युग, पुँजिवादी युग पछि समाजवादी युग । यि बिभिन्न कालखण्डमा भौतिकवादी र आध्यात्मकवादी विचारहरूको द्वौन्दबाट विकास हुँदै आएको छ । समाजवादर साम्यवादी युग भनेको मानिसको त्यो उच्च प्रकारको भौतिकवादी युग हो । जसले सबै खालका असमानताको अनत्य गरेर मानिस बिचको बिभेद हटाएर एउटा सुनौलो समाजको निर्माण हुने छ भन्ने बिश्वास गरिन्छ । तर आजको अवस्था भने खास गरेर पूर्विय दर्शनर पश्चिमिय दर्शनका नालिवेली खगाल्ने सहास् गर्नुपर्छ । जसबाट सहीर गलत विचारधारा पत्ता लगाउन सजिलो हुनेछ । कुनैपनि अतिवादले सभ्यताको कल्याण हुन सक्दैन । समय अनुसार नराम्रो विचारलाई राम्रो विचारले अन्त्य गर्छ । अंध्याराको गर्भमा नै सुनौलो बिहानी लुकेको हुन्छ ।
जस्तो की मानव समाजले समाजवादको कल्पना सुरू गर्यो । कुनैपनि विचार पहिले स्वतन्त्र हुन्छ अर्थात परिकल्पनामा आधारित हुन्छ । त्यसैमा सोध हुन्छर सङ्घर्ष हुन्छ । त्यसैलाई द्वन्दात्मक भौतिकवाद भनिन्छ । अर्थात द्वन्दात्मक विकास । त्यो वेलाका शङ्घर्षसिल व्यक्ति वा दार्शनिकहरूको लामो लिष्ट छ । जसले मानवहरूको साथै प्रकृति जगतको अध्ययन गरेका थिए ।
काल्पनिक समाजवाद र त्यसका प्रवर्तकहरू धेरैछन् तर केही विश्व प्रख्यातहरू निम्न लिखित छन् ।
सेन्ट साइमन,रवर्ट ओबेन, चाल्र्स फुरिये,जस्ता महान दार्शनिकर चार्टिष्ट आन्दोलन्र पेरिस कम्युन । यी व्यक्ति संगठन र आन्दोलन मुख्य रूपमा काल्पनिक समाजवादका महान धरोहर मध्यका हुन् । जसले सुरूवाती दौरमा केही उल्लेखनिय कार्यहरू गर्दै आएका छन् । मानव समाज विस्तारै व्यवस्थित बन्दै आएको पनि हामीले देख्छौँ । अर्थात इतिहासले हामीलाई त्यो पुरानो गतिबिधिलाई चिनाउँछ ।
जस्तै (क) प्राकृतिक भौतिकवाद,
(ख) तार्किक आदर्शवाद,र
ग) धार्मिक सम्प्रदायवाद ।
उपरोक्त तीन शक्तिले मानवर जीव जगतको भित्र उथलपुथल गर्दै आएका छन् । यसैमाराजनीतिक हुँदै आएको छ ।
यसैबाट चिन्ताको व्यवस्थित स्वरूप निर्माण हुदै आएको हामीले पाउँछौँ ।
हामिले भन्नुपर्दा वैज्ञानिक समाजवाद र त्यसका अग्रणीहरूको बारेमा पनि हामिले जानकारी गर्नुपर्छ ।
हिगेलको दर्शनर फायरबादको दर्शन पनि त्यो वेलाका सामाजिक क्रान्ति नै हुन । स्वयम कार्ल माक्र्सको पनि उनिहरूको बाटोमा हिंडेर वैज्ञानिक फड्को मारेका थिए । कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स, लेनिन, जोसेफ स्टालिन, माओत्सेतुङ्ग, हो चि मिन्ह, किमइल सुङ, चेग्वेभारा, क्याष्ट्रो आदि विश्वप्रख्यात दार्शनिक र व्यक्तित्वहरूको प्राकृतिक समाजलाई बुझ्नेर बद्लने प्रयासमा ठुलो योगदान छ ।
यसपछि अरू मेक्सिम गोर्की फिदेल कास्त्रो लगायत अरूहरू पनि वैज्ञानिक समाजका सिपाहीहरूको समेत महत्वपूर्ण योगदान छ ।
तर माक्र्स कार्ल र फ्रेडरिक एंगेल्स भनेका चर्चित दार्शनिक जसले विश्वमा समाजलाई विज्ञानिक सांचोबाट बिष्लेषण गरेर श्रमजिवी बर्गको लागि नयाँ राजनीतिको निर्माण गरे ।
अर्थात मानिस शोषकर शोषित वर्गबिचमा रेखांकित गरेर विश्वमा गरिब श्रमजीवीहरूको दर्शनको निर्माण गर्न सफल भएका थिए । उनिहरूको सिद्दान्तमा टेकेर रूसमा ब्लादिमिर लेनिनले त्यो कार्ल माक्र्स र एंगेल्सले गरेको परिकल्पनालाई प्रष्ट पार्न सफल भए । आजको अबस्थामा के भैदिएको छ भने पूर्बी दर्शन लाई रूढीवादको रूपमार पश्चिमी दर्शनको लागि प्रगतिसिलको रूपमा ग्रहण गर्नेहरू दुबै धार सहि दिशा छोप्न सकेका छैनन् ।
पूर्बि दर्शन् उही घेरा अर्थात वुर्जुवा कयौं काम नलाग्ने खालका विचारलाई जस्ताको तस्तै अप्नाउने गर्दछन् ।
पश्चिमको दर्शन अति अराजक प्रकारको छाडा प्रकारको बन्दै आएको छ । प्रगतिको नाउमा छाडा दुरगती र संस्कारको नाउमा मक्किसकेको त्यो बुजुर्वा विचारलाई जोगाउने प्रयात्न हुँदै आएको छ । जसले गर्दा हाम्रो समाजले वैज्ञानिकर द्वन्दात्मक विचारलाई ग्रहण गर्न सकिरहेको छैन र पुरानो अध्यात्मवादी विचारले विकास र उन्नतिमा तगारो तेर्छाएको छ ।
अहिलेको बिषम परिस्थितिमा पाठकहरूले अध्यायनमा जोड दिन आवश्याकता छ । बिना अध्ययन् कसैलाई पनि ज्ञान कसरी आउनुसक्छ ? भनिन्छ कि पढेकाले बुझ्न कि गरेकाले । तर अध्ययन फिल्डमा काम गर्ने र किताबमा अध्यायन गर्नेहरूमा ज्ञानको मात्रा बढी हुनसक्छ । काम र अध्यायनको मिश्ररणले मानिसलाई परिपक्क बनाइदिन्छ ।
किताबी अध्यायन् मात्र गर्ने पाठकहरू मात्र हुन तर फिल्डमा काम गर्नेहरू असली ज्ञानि हुन्छन् । ज्ञानको भण्डार फोहोरको डुङ्गुरमा पनि पाइन्छ । त्यो भनेको के हो भने हामीलाई प्रत्येक ठोक्करले नै शिक्षा दिन्छन् । किसानी काम गर्दा माटोर गोबरसँग प्रेम गरिन्छ, नाइकेहरूले माटो र ढुङ्गासँग, आरन लगाउनेहरूले गोल खलासी आगोको धुँवा, फलामका, औजार आदिसँग प्रेम गर्दछन् । सबै काम गर्नेहरूले आ आफ्ना कामसँग प्रेम नगर्ने हो भने त्यो काम बिफल हुन्छ । कुनैपनि कामको लागि त्यो कामसँग प्रेम गर्न सिक्नुपर्छ । त्यो कामबाट हामिलाई मुख्य दुई प्रकारका परिणाम प्राप्त हुन्छन् । प्रथम ज्ञान प्राप्त हुन्छ भने दोस्रो जीवन यापनका लागि गाँस बास कपासको परिपूर्ति हुन्छ ।
एंगेल्श भन्छन् मेरा पहिला गुरू भनेका मजदुरहरू हुन । वास्तविक अर्थमा हाम्रो ज्ञानको विकास श्रमजीवी जनताको बिचमा उनिहरूको दुःख कष्ट र कृषक क्षेत्रमा ,ज्ञानका भण्डारहरू पनि हुन्छन् । स्कुलमा पढाइने घोकन्ते पढाइले मात्रले मानव समाजलाई चाहिने जती उर्जा दिनसक्दैन । त्यसका लागि अध्यायनका साथ फिल्डमा काम गर्नैपर्छ । हामिले ज्ञानका लागि माथि केही दार्शनिकर केही संगठनर आन्दोलन प्रतिनिधिको रूपमा लिएका छौँ । त्यस मध्यको पेरिश कम्युन र चार्टीष्ट आन्दोलनबाट क्रान्तिकारीहरूले ठुलो ज्ञान हासिल गर्न सकिन्छ ।
भौतिकवादी विचारक चार्वाक भन्छन् आगो, पानी, पृथ्वीर बतास यी चार नै आदिर मूल तत्व हुन् । यस बाहेक अरू कुनै आदि शक्ति छैन । उनी भन्छन्– यिनै चार तत्वबाट जीवन र जगत्को सृष्टि भयो । संसारका सबै जीव जन्तुर मानिसको चेतना पनि तिनै चार तत्वबाट आयो । मानिसहरूको चेतना उनै भौतिक तत्वबाट भएको हो । युनानी विचारक थेल्सले मूलतन्त्र पानीलाई मानेका छन् । अरस्तुले संसारका सबै चिजको स्रोत पदार्थलाई मानेका छन् । भारतीय विचारक कणादले अणु सिद्धान्तको प्रतिवादन गर्दै विश्व ब्रम्हाण्ड नै अनन्त अणुद्वारा निर्मित छ भनेका छन् । पोल्याण्डका कोपर्निकसले पृथ्वी घुम्ने बारे सिद्ध गरेर देखाए । इटालिका जर्दानो
ब्रु नोर ग्यालिलियोले चेप्टो पृथ्वीको धार्मिक धारणालाई गलत सावित गराए । आज हाम्रो समाज त्यही विज्ञानमा टेकेर उपग्रहद्वारा टच बन्न पुगेको छ । के यो आजको युवा पुस्ता जसले इन्टरनेटको यो विकासमा टेकेर जीवनर जगतको बारेमा जान्न बुझ्न पाएका छैनन् ? उनिहरू फेश बुकका ऐपहरू बन्द हुदा बित्तिको बिषफोट हुन पुगे यस्तो व्यवहार हाम्रो माझमा छ । फेरी पनि हाम्रै देशको समाज झारफूकमा अलमल्लिएको छ ।
वैज्ञानिकहरूको यस्ता कयौं खोज मूलक तथ्यहरूले विश्वभरिका मानिसहरूको माझमा धार्मिक गलत विचारको भ्रमबाट मुक्त गराएका छन् । हाम्रो समाज कुसंस्कारबाट मुक्त हुनै खोज्दैन किन ? विश्वका घटनाबाट शिक्षा किन लिंदैनौं ?
विश्वका घटनाहरूले हामीलाई अमूल्य िशक्षा दिन्छन् । ति घटनाहरू अमूल्य हुन्छन् । यदि क्रान्तिकारी बाटो अँगाल्ने हो भने चीन, रूस, भियतनामबाट प्रेरणा मिल्छ ।
पेरू, पेरिस कम्युनले जन्मनका क्रान्तिकारीहरूकोले शिक्षा दिन्छन् । क्रान्तिकारीहरू क्रान्तिको बिचमा अत्यन्तै सजग हुन चेतवानी दिएको छ । सन् १८७१ मार्चको महिनामा मानव जातिकै इतिहासमा पहिलो पल्ट पुँजीपति वर्गको शासन सत्तालाई बल पूर्वक पल्टाएर गरिब श्रमजीविहरूले आफ्नो हातमा लिएका थिए । जसलाई उनीहरूले पेरिस कम्युन भन्ने नाम दिएका थिए । त्यसबेला फ्रांसमा पुँजीवादको विकास भैसकेको थियो । पेरिसको स्थिति एउटा औद्योगिक नगरको रूपमा थियो । त्यो घटनाबाट क्रान्तिकारीहरूलाई काफी शीक्षा मिल्द छ । पुजिवादी तथा प्रतिकृयावादीहरूले आफ्नो स्वर्ग फर्काउन जुनसुकै हद पार गर्दछन् भन्नेबारे पेरिस कम्युनबाट संसारभरिका क्रान्तिकारीहरूलाई शिक्षा मिल्छ । यो नोभेम्वरको महिनो विश्व प्रसिद्ध दार्शनिक फ्रेडरिक गेल्सको जन्म भएको हो । यस्ता महान दार्शनिकबाट हामीले धेरै ज्ञान पाउँछौं । मानिसहरू मुक्तिको लागि छटपटाएकै वेला एंगेल्सले जीवनको आधार तैयार गरेका थिए ।
एंगेल्सको जन्म १८२०को २८नोभेम्वरमा भएको थियो । त्यो जर्मनको भूमिमा माक्र्स पनि १८१८ मा जन्मेका थिए । जर्मनले धेरै दार्शनिकहरूलाई जन्माएको छ । एंगेल्सको जन्म धनी परिवारमा भएको हो । पिता कारखानाका मालिक थिए । तर पनि सबै खाले व्यक्तगगत सुख सुबिधा त्यागेर माक्र्स जस्तै क्रान्तिकारी बने । आर्थिक रूपमा माक्र्सलाई सक्दो सहयोग पनि पुराए । उनिहरूको पहिलो भेट १८४४मा पेरिसमा भएको थियो । चार वर्षको सहकार्य पछि १८४८मा कम्मुनिष्ट घोषणापत्र प्रकासित भयो ।
दार्शनिकबाट गरिब निमुखाहरूले मुक्तिको प्रेरणा पाएका छन् । तरपनि सबैको जीवनर जगतको बारेमा बुझ्ने व्याख्या गर्ने उदेश्य नै हुन्छ । सिङ्गो मानव समाजलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा नै चिन्तित् देखिन्छन् । बिभिन्न कालखण्डमा उदाएका दर्शनहरूर त्यो वेलाको समाजसँग गरेको संघर्ष कै परिणाममा हामी बाँचेका छौं ।


