
देशमा शान्ति हुनैपर्छ यो नेपाली नागरिकको मागमात्र होइन चाहना हो,उदेश्य हो । संसारभरिका मानव जातिको यही आसा हुन्छ । विश्वको यति ठुलो जनसंख्या ८,०२,५७,७१,३०० यि विश्वका मानिसहरू मध्य अधिकाँसले शान्ति चाहान्छन् । जस–जस्ले जीवनभरी हिंशात्मक गतिबिधि गर्दै आए उनीहरूको मनमा शान्ति होस् भन्ने नै हुन्छ ।
हिंजो चम्बलको घाटीमा बन्दुकलिएर लडेका डाँकुहरू पनि शान्ति चाहन्थे । उनीहरू पनि रहरले भन्दा करले बन्दुक उठाएका थिए ।
कैयौं क्रान्तिकारीहरूले पनि शान्तिका निमित्त बन्दुक बोकेका हुन्छन् ।तर शान्ति भनेको आइज भनेर आउँदैन त्यसका लागि मानिसको व्यवहारमा नै निर्भर गर्छ । मानिसको व्यवहार उनको आचरण उत्पादन प्रणालीसँग जोडिएको हुन्छ । त्यसको लगाम कस्को हातमा अन्तरनिहित छ ? त्यसले समाजलाई कुन दिसामा डोराएको छ त्यसबारे अध्यायन गर्दा शान्तिको मुख्य दुश्मन पुँजिवादी साशन प्रणाली देखिन्छ । विश्वको साम्राज्यावी व्यलहारले मानिसलाई शंघर्ष गर्न बाध्य बनाएको छ ।
दुनियाँका धेरैजसो मानिसहरू पुँजिलाई आफूतिर ढाल्ने अर्थात धन कमाउने र ऐसोआराम गर्ने उदेश्यले आफूले सकेको प्रयास गर्दछन् । त्यस्तै प्रकारले बिभिन्न देशहरूले गर्दछन् । यसैको चापमा अर्थात पुँजी निर्माणको चापमा शान्तिका नारा त लाग्छन् तर शान्ति गुमनाम हुदैजान्छ ।
दार्शनिकहरू जसले शान्तिको दुत बनेर संसारमा शान्तिको संदेश पुराउने काम गरर्दै आए । मानिसले तिनिहरूलाई नै देवÞता बनाइदिए ।
हिंशाको जगमा शान्तिको कामना गर्नेहरू त धेरै छन् तर शान्ति आफ्नै मनभित्र छैन । नसानसामा लोभ छ, डाहा छ, आलस द्वन्द्व छ अनि शान्ति कहाँ आउँथ्यो ? त्यो दुरको कौडी बन्यो जस्तै कुहिरी भित्र हराएको काग ।
असलमा गौतम बुद्धले शान्तिको दुत बनेर संसारमा बिचार फिँजाए तर मानिसहरूले उनैलाई भगवान बनाइदिए र गुम्बामा थन्काईदिए । उनको व्यवहार अपनाउनुको साटो उनको मुर्ति पुज्नथाले । ठुला ठुला सालिक बनाउने होड भयो ।
मानिसले शान्तिको पुजा गर्छन् तर शान्ति अपनाउँदैनन् । किन कि पुँजिवादी व्यवस्था भनेकै शान्तिको दुश्मन् बनेको छ उत्पादन शक्तिमा आफूले जसरी पनि कब्जा जमाउनु हो । अहिले सरकारी पुँजिलाई ब्याक्तिगत रूपान्तरण गरिएको अवस्थामा जसरी भएपनि पुँजी, निर्माण, सङ्कलन गर्ने होड भएको छ ।
अनि शान्ति अहाँबाट जन्मिन्छ ? शान्तिका लागि भनेर बिभिन्न संगसंस्थाहरू बनेका छन् । कयौं राजा देखि रंक समेतले शान्तिका प्रस्ताव राख्छन्, कागजमा लेखिन्छ । राष्ट्रसंघमा शान्ति र सद्भावका प्रस्तावहरू पारित गर्छन् । त्यही पुँजिवादको मञ्चबाट । हामी काँडा रोपेर कोमोल फूलको कल्पना गर्ने मानिसहरू मध्यका हौँ ।
नेपालमा शान्ति क्षेत्रको प्रस्ताव राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा वि.स.२०३१सालमा अंघि सारिएको थियो ।पञ्चायती व्यवस्थाको अन्त्यसम्म आइपुग्दा यो प्रस्तवको विश्वका १ सय ३० राष्ट्रहरूले समर्थन पनि .गरिसकेका थिए । अमेरिका लगायतका विश्वका प्रमुख राष्ट्रहरूले मान्यता दिए पनि छिमेकी देश भारतले यसबारेमा आफ्नो नीति नरहेको बतायो । सोभियत संघले पनि भारतको समर्थन गरेको थियो । वास्तवमा तत्कालिन अबस्था अनुसार यो प्रस्ताव कुनैपनि देशका बिरूद्धमा लक्षित नभई नेपालले छुट्टै मान्यता पाउन र छिमेकमा हुने कुनैपनि अप्रिय घटनाबाट नेपाल अलग तटस्त रहन चाहेको हुनाले शान्ति क्षेत्रको प्रस्ताव ल्याइएको हुनसक्छ ।
त्यो वेला नेपालमा राजतन्त्र निरङ्कूश तानाशाही व्यवस्था भएकोले बिरेन्द्रले गरेको प्रस्ताव अर्थात शान्तिक्षेत्रको बारेमा हाम्रै समाजमा बिभिन्न तर्क वितर्क आएका थिए ।
तत्कालीन राजाले त्यो शान्ति क्षेत्रको प्रस्ताव अगाडि सारेर आफ्नो शासन व्यवस्था लम्बाउने प्रयास गरेको पनि उनिमाथि आरोप लगाइएको थियो । त्यो प्रस्तावमा के उद्देश्य लुकेको थियो त्यसबारे बुझ्न कतिले सके कतिले सकेनन् । आज त्यही शान्ति क्षेत्रको प्रस्ताव नेपालका लागि आवश्यक छ ।
शाह बंशहरूले पालैपालो नेपालको साशन व्यवस्थालाई आफ्नै वंश अनुकुल बनाएर सार्वभौम सत्ताका मालिक बनेर आफ्नै परिवारहरू आलोपालो चलाउँदै आएकाले उनिहरूको बिरूद्धमा उठ्ने आवाजलाई कुचल्ने कुचेस्टा भएको आरोप लगाइयो । तर बहुदल र लोकतन्त्रको ३७ वर्षमा देशका लागि अभिभावक चाहिने रहेछ भन्ने अनुभूत भएको छ । शान्ति क्षेत्र राजाको राष्ट्रवादी आशयबाट आएको बुझ्न सकिन्छ आज ।
किनभने कुनैपनि बिचार र उदेश्य भनेको व्यवहारले प्रष्टाउने कुरा हो र त्यसैले कुन दिशामा निहित छ भन्नेकुरा व्यवहारले ने सङ्केत दिन्छ । त्यो वेला देशमा निर्दलीय साशन व्यवस्था थियो र राजाले शान्ति क्षेत्रको प्रस्ताब गर्नुलाई देशका राजनीतिक शक्ति र जनताले उनिमाथि आशंका गर्नु त्यो परिस्थिति जन्यनै थियो । आज ती आशंका आशंकामात्र रहेछन् भन्ने प्रमाणित हुनपुगेको छ । समय यसै भन्छ ।
११७ राष्ट्रले मान्यता दिएको शान्ति क्षेत्रको प्रस्ताव, छिमिकी मूलुकलाई किन स्वीकार भएन ? त्यसबारे त्यहीवेला चिरफार भएको भए उस्को नियती प्रष्ट हुनसक्थ्यो । तर हामीले छिमेकीको नियती बुझेपनि शासक वर्गले दलाली गर्ने मानसिकता अप्नाईरह्यो । जसले देशलाई परजीवी बनाइदिएको छ । नेता र कार्यकर्तालाई विदेशपरस्त बनायो ।
एकातर्फ देशको भू बनावÞट भूपरिबेष्ठित र सामाजिक संरचना दयनीय अबस्थामा देश परनिर्भर हुन बाध्य भयो । धर्मको नाममा हुने हिंश्रक गतिविधिले र जनताले चाहेको भन्दा फरक शासकीय व्यवहारले देशका नागरिकहरूलाई बढी हिंश्रक बनायो । शासकहरूको निरन्तर दमन् शोषणले जनतामा एकप्रकारको विद्रोही स्वभाव सिर्जना गर्यो । अनि शान्ति भनेको जनताको दृष्टिमा मात्र ढोंग देखापर्यो । हामीले जतिसुकै शान्ति र सुव्यवस्थाको लागि शंघर्ष गरेता पनि घुमिफिरी उही व्यवस्था साशकीय स्वरूप बन्न पुग्यो । व्यक्तिहरू बदिलिए तर व्यवस्थामा खासै सुधार हुनसकेन । बरू नयाँ व्यक्तिहरू सरकारमा पुगेपछि आफै राजा बन्न खोजेको आभाष भयो । पटक पटकको विद्रोहबाट नागरिकहरूले ज्यान गुमाए देशले सम्पति र संतती दुबैँ गुमायो तर शासन व्यवस्था उस्तै छ । उस्तै होइन बरू कतिपय कुरामा झन बत्तर हुन पुग्यो ।राष्ट्रियता झनपछि झन तरल अवस्थामा पुग्यो ।ऋणमा पुग्यो तर विकासको नाउमा झन ठुलो बिनास भयो । सरकारी क्षेत्र नीजि हातमा पुगे । युवाहरू विदेशीको बजारमा आफ्नो अमूल्य श्रम सस्तोमा बेच्न बाध्य भए । अब शान्तिको लागि शंघर्षको फेरी आवस्यकता पर्यो । पहिले तानाशाही व्यवस्थाको बिरूद्धमा प्राणको बाजी लगाएर शंघर्ष गरेका उनैले फेरी प्राणको बाजी लगाएर गणतन्त्रको भ्रष्टाचार बिरूद्धमा हिंश्रक हुन पुगे ।
यद्यपि एक्काइसौँ शताब्दीमा देशभित्र कुनैपनि तानाशाही व्यवस्था टिक्न सक्ने छैन । जनताले राजतन्त्रलाई फालिसके अब सम्मानीय रहेर बस्ने की अँझैपनि बद्नाम हुने त्यो नेताहरूको हातमा भएको कुरा हो । अहिले गिरिजाले भनेको जस्तो सेरेमोनियल किङको अबधारणा समेत अगाडि आएको छ । दलहरूले सूचना पठाउँदासम्म सबै दलको सहमति नभए आफू राजा बन्न तैयार नभएको बताएर पूर्वराजाले बुद्धि पु¥याएका छन् ।
दोष गणतन्त्र चलाउने राजनीतिक दलका नेताहरूको नीति, नैतिकता, आचरण, इमानमा देखिएको छ ।
जेनजी पुस्ताको बिद्रोह यस्तै खाले नेताहरूको कुशासन विरूद्ध हो ।
तर यसको अर्थ यो पनि होइन अहिले गणतन्त्रलाई पाखा लगाएर बनेको सरकारले देशमा शान्ति व्यवस्थालाई स्थाई रूपमा बहाल गर्न सक्छ भन्ने तर्क पनि सही होइन । दलहरू भ्रष्ट छन् भनेर एनजीओ र आइएनजिओलाई सत्ता हस्तानतरण गरेर देशमा शान्ति सुव्यवस्था आउने छ भनेर कल्पना नगरेपनि हुन्छ । बरू जेन्जीको नाउमा देशको सावैभौमसत्ता विदेशीको कब्जामा जानसक्छ । जेनजीभित्रका देशभक्त नवयुवाले मनन गर्नुपर्छ । देशभित्र फेरीपनि ठुलो बिष्फोट हुन दिनुहुँदैन ।
देशमा आमूलपरिवर्तन् नै शान्तिको मार्ग हो । हामीले शान्ति सुव्यवस्था ल्याउनुपर्छ, मुर्तिको पुजा गरेर शान्तिको बाटो कुर्नु भनेको झन ठुलो अशान्तिको शंखघोष गर्नु मात्र हो । देशलाई स्वतन्त्र र अखण्ड राख्ने र जनतालाई रोजगार उपलब्ध गराउने मूलमन्त्र भनेको कृषि क्रान्ति नै हो । देशको ठूलो भूमि थोरै शासक र गुठीहरूको नाउमा छ । र श्रमजिवि जनताको हातमा जमिन छैन् । केही थोरधेर जमिन भएका गरिब अथवा निम्नस्तरका किसानहरू पहाडी भेगमा छन् । उनीहरूसँग भएको अधिकाँश जमिनमा सिँचाईको व्यवस्था पनि छैन् । देशमा उद्योगधन्दा नहुँदा रोजगारी शून्य छ । त्यसकारण उनीहरूले खेती गर्न सकिरहेका छैनन् वा उनीहरू विदेशमा अर्काको काम गरेर आफ्ना बाल बालिकाको पर्वरिश गर्दै आएकाछन् । अब यस्तो गरिबी, अशीक्षित, बेरोजगारको अवस्थामा शान्तिको गुनगान त होला तर वास्तविक शान्ति र मुहारमा असली कान्ती आउन सक्दैन । त्यसका लागि देशमा आमूलपरिवर्तन् अपरिहार्य छ ।


