Advertisement Banner
Advertisement Banner

१७ आइतबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

पाकिस्तानी अनुसन्धानको निचोड बुद्ध नेपालमै जन्मिएका हुन्

१४ बिहिबार , कार्तिक २०८२३ दिन अगाडि

पाकिस्तानी अनुसन्धानको निचोड
बुद्ध नेपालमै जन्मिएका हुन्

पाकिस्तानी अनुसन्धानको निचोड
बुद्ध नेपालमै जन्मिएका हुन्
बौद्ध गन्धार– नेपालीकरण राजन कार्की ः 
शुद्धोधनकी  रानी महामाया वोधिसत्व गर्भमा रहेको दश महिना हुँदा आफ्ना माता पितासित भेट गर्ने इच्छाले माइतीघर देवदह जाने भइन् । माइती जाँदैगर्दा बाटोमा सालको रूखसहितको लुम्विनी बगैँचामा आराम गरिन् । त्यहीँ नै महामायालाई सुत्केरीको व्यथा लाग्यो र रानी महामायाले पुत्रलाई जन्मदिइन् ।
सिद्धार्थ जन्मिए । लुम्बिनी बगैँचामा बुद्धको जन्मदेखि महापरिनिर्वाण, महा–उपेदेश, अन्त्येष्ठी र बुद्धअस्तुहरूका वितरणसम्मको इतिबृतान्तको पुस्तक हो– बौद्ध गन्धार । यो पुस्तक पाकिस्तानी पुरातत्वविद इशान एच. नदीमले लुम्बिनीको खोजी–भ्रमण, पुरातत्वविदहरूको अनुसन्धान पछि लेखेका हुन् । यो पुस्तकको नेपालीकरण गोरखा एक्सप्रेसका सम्पादक राजन कार्कीले २०६६ सालमा प्रकाशित गरेका हुन् । यो कृति देशका सबै ठूला पुस्तकालय र त्यस समयदेखि राजनीति गर्ने र ठूला प्रशासक धेरैका हात हातमा पु¥याइएका छन् । यो पुस्तक नेपालस्थित कूटनीतिक नियोगहरूमा पनि पुगेको छ । तथापि बुद्धबारे अभैm धेरै भ्रम विश्वमा रहेका छन् । ती सबै भ्रम चिर्न विश्वव्यापी प्रचार अभियान जरूरी देखिन्छ ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेकाले बुद्धिष्ट देशहरूबाट सिधा उडानको व्यवस्था गर्न नसक्नु नेपालको धार्मिक पर्यटनको दुःखद पाटो हो । 

Siddhartha Gautama, most commonly referred to as the Buddha, was a wandering ascetic and religious teacher who lived in South Asia (Nepal) during the 6th or 5th century BCE and founded Buddhism.