Advertisement Banner
Advertisement Banner

३० बिहिबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

दक्षिण अफ्रिकामा शिव मन्दिर

२९ बुधबार , आश्विन २०८२२१ घण्टा अगाडि

दक्षिण अफ्रिकामा शिव मन्दिर

मङ्गोलियामा बौद्ध मत छैटौँ शताब्दीदेखि —
चङ्गेज खानलाई मङ्गोलियामा जेङ्घिस खान र कसैकसैले छिगिस खान भन्दा रहेछन् । मङ्गोल भनिने जातिलाई सङ्गठित गरेर साम्राज्य नै स्थापना गर्ने व्यक्तिका रूपमा उनलाई चिनिदो रहेछ । उनको साम्राज्य चीन, रूस, पूर्वी यूरोप र मध्य एसियासम्म फैलिएको रहेछ । मङ्गोलहरू कोशमन (श्रमण) मतका अनुयायी रहेछन् । मङ्गोल इतिहासमा छैटौँ शताब्दीमा हिमवतखण्डबाट दुईजना आचार्य मङ्गोलिया गएको र उनीहरूले आफ्नो साथमा बौद्ध सूत्रग्रन्थ र मूर्तिहरू लगेको उल्लेख गरिएको रहेछ । यसबाट छैटौँ शताब्दीदेखि मङ्गोलियामा बौद्धमतको प्रचार आरम्भ भएको थाहा पाइँदो रहेछ । मङ्गोलियाका धर्मपरायण जिज्ञासुहरू संस्कृत भाषाको अध्ययन गरी धर्मको गूढ ज्ञान प्राप्त गर्न १७ औँ शताब्दीसम्म हिमवतखण्ड, केदारखण्ड र मानसखण्डमा आएका रहेछन् । (आज यति कुरा थाहा पाइयो र साथीहरूलाई जानकारी दिन मन लाग्यो ।)