
नेकपा मालेका महासचिव सीपी मैनालीले भनेका छन्– जनताले साथ दिए परम्परागत राजा ल्याउन सकिन्छ । राजा र प्रजातान्त्रिक शक्ति मिले देश बचाउन सकिन्छ । वीपीको विचार आज पनि सान्दर्भिक छ, दलहरूले नै देशलाई यो दुरावस्थामा पु¥याएका हुन् । भारतले नेपाललाई कमजोर बनाउँदैछ ।
सीपी मैनालीले राजसंस्था र जनसत्ता मिल्नुपर्छ भन्ने २०३३ सालको वीपीको बुझाइ अहिले पनि ज्वलन्त रहेको बताएपछि कांग्रेसभित्र यसबारे छलफल भएको छ ।
सीपी मैनालेले सबैले बुझ्ने भाषामा सत्य कुरा खोल्दै बोल्दै भनेका छन्– ‘वीपीको २०३३ सालका विचारहरू राम्रा छन् । ९० वर्षको राजनीतिक दलको अनुभवले साँचो कुरा के रहेछ भन्ने कुरा देखिएको छ । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरियो । तर पछि विदेशीहरूको दबाबले गर्दा संविधान सभाद्वारा नै २०६५ सालको जेठ १५ गते राजसंस्था हटाइयो । देशलाई यो ठाउँमा ल्याउने हामी राजनीतिक दलहरू नै हौँ । शान्ति क्षेत्रको प्रस्तावलाई हामी दलहरूले नै हो खारेज गरेको । हामी राजनीतिक दलहरूले नै हो खुकुलो नागरिकताको नीति लिएको । हाम्रा लागि धेरै अफ्ठयारो छिमेकी छ, भारतले कहिल्यै पनि नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो भनेर नमानेको, त्यसअनुसार व्यवहार गरेन । यस्तो परिस्थितिमा नेपालका सबै शक्तिहरू एकजुट हुनुपर्छ । सीपी मैनालीको निष्कर्ष छ– अब परम्परागत राजाको आवश्यकता परिसकेको छ ।