
सेप्टेम्बर ३, २०२५, बेइजिङको थियानआनमन स्क्वायरमा आयोजित भव्य ‘विजय दिवस’ समारोह केवल एउटा ऐतिहासिक सम्झनाको अवसर मात्र थिएन, यो एक स्पष्ट राजनीतिक सन्देश थियो, जहाँ चीनले आफूलाई अब केवल क्षेत्रीय शक्ति मात्र नभई एक ‘विश्व नेतृत्त्वकर्ता’को रूपमा प्रस्तुत गर्यो। दोस्रो विश्वयुद्धमा जापानको आत्मसमर्पणको ८०औँ वर्षगाँठका अवसरमा आयोजित यो परेडमा देखिएको सैन्य प्रदर्शन, भाषणहरू, र सहभागी राष्ट्रहरूको उपस्थिति, सबैतिर चीनको बदलिँदो भूमिका र उदीयमान विश्व शक्ति सन्तुलन स्पष्ट झल्किन्थ्यो।
यस समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिले अझ एक नयाँ आयाम थप्यो। सानो हिमाली राष्ट्रको रूपमा चिनिने नेपाल अब चीनको क्षेत्रीय पहल र बहुपक्षीय रणनीतिमा अझ प्रष्टसँग जोडिँदैछ। ओलीको सहभागिता केवल कूटनीतिक औपचारिकता नभएर एक रणनीतिक संकेत थियो, सन २०२५ को विश्व व्यवस्था पुनःलेखनको साक्षी बन्ने नेपालको रुचिको प्रतिफल।
विजय दिवस समारोहले चीनको सैन्य, कूटनीतिक र वैचारिक पुनर्संरचना प्रस्तुत गर्यो। परेडमा हाइपर्सोनिक मिसाइल, स्टेल्थ फाइटर जेट्स, अण्डरवाटर ड्रोन, र अत्याधुनिक साइबर युद्ध प्रणालीहरू प्रदर्शन गरिए। जुन स्पष्ट रूपमा सैन्य प्रतिस्पर्धामा चीन अब अमेरिकासँग समानान्तर भन्दा केही अगाडि ‘हाई(टेक’ युद्ध क्षमतामा उभिएको देखाउँछ।
तर यो समारोह केवल सैन्य प्रदर्शन मात्रै थिएन, यो एक गहिरो रणनीतिक सन्देश थियो। राष्ट्रपति सी जिनपिङको भाषण ुशान्तिको रक्षा गर्नेु शब्दहरूले वास्तवमा पश्चिमी सैन्य गठबन्धनहरूप्रति प्रत्यक्ष प्रतिक्रिया दिएको देखिन्छ। राष्ट्रपति सीले खुलेर थाइवानको सन्दर्भमा ूएक चीन सिद्धान्तको उल्लंघन अस्वीकार्यू भएको बताएका छन्, जसले अमेरिका र उसका सहयोगी राष्ट्रहरूप्रति चुनौतीको संकेत गरेको छ।
त्यसैगरी, उत्तर कोरियाली नेता किम जोङ‑उन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको संयुक्त उपस्थितिले ‘वैकल्पिक शक्ति ध्रुव’ को उदयलाई औपचारिकता दिएको देखिन्छ। विगतमा अमेरिका–युरोप–जापान–अष्ट्रेलिया जस्ता राष्ट्रहरूको संलग्नतामा बनेको बहुध्रुवीय (मल्टिपोलर) प्रणाली अब चीन, रूस, उत्तर कोरिया, इरान र बेलारुस लगायतका राष्ट्रहरूको सहकार्य मार्फत नयाँ स्वरूपमा देखा पर्न थालेको छ।
पश्चिमी प्रतिक्रियाहरूलाई नियाल्दा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा उक्त समारोहलाई ूअमेरिकाविरोधी षड्यन्त्रू को संज्ञा दिएका छन्। उनका अनुसार सी, पुटिन र किमको सहकार्य ुएक खुला चुनौती हो, जुन अमेरिकाको विश्व नेतृत्व क्षमता माथि सीधै प्रश्न उठाउँछु। यो प्रतिक्रिया राजनीतिक होस् वा कूटनीतिक, यसले त्यो तथ्यलाई अस्वीकार गर्न सक्दैन कि चीनले अब आफ्ना परम्परागत सीमाहरू पार गर्दैछ, रणनीतिक, वैचारिक, र कूटनीतिक रूपमा।
नेपालका प्रधानमन्त्री ओलीको सहभागिताले नेपाल र दक्षिण एशियामा चीनको प्रभावलाई अझ सुदृढ पारेको देखिन्छ। ओली स्वयं चीनमैत्री नेताका रूपमा चिनिन्छन् र बेल्ट एण्ड रोड इनिसिएटिभ ९द्यच्क्ष्० का प्रारम्भिक समर्थक हुन्। यस कार्यक्रममा उनको उपस्थितिले नेपाल चीनको रणनीतिक कूटनीतिक नक्शामा अब केवल मित्र राष्ट्र नभएर सम्भावित सहयोगीको रूपमा देखिन थालेको संकेत दिन्छ।
यसैबीच, समारोहमा अन्य राष्ट्रहरू इरान, बेलारुस, म्यानमार, पाकिस्तान जस्ता देशहरूको उपस्थिति पनि उल्लेखनीय थियो। यी सबै देशहरू अमेरिका वा युरोपसँग केही न केही तनावमा छन्। यस समूहको उपस्थिति चीनको नेतृत्वमा वैकल्पिक अन्तर्राष्ट्रिय मोर्चा निर्माण हुँदै गएको संकेत हो, जुन पश्चिमी मान्यताको तुलनामा फरक वैश्विक दृष्टिकोण प्रस्तुत गर्दछ।
यस सन्दर्भमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको चीनले प्रस्तुत गरेको वैचारिक सन्देश हो। ूविश्वशान्तिू र ूसंप्रभुताू ले शक्ति सन्तुलनको पुनर्निर्माणलाई समर्थन गर्छ। शीतयुद्धको समयमा विश्व दुई ध्रुवमा विभाजित थियो अमेरिका र सोभियत संघको नेतृत्वमा, अहिलेको अवस्थामा चीन त्यो रिक्त स्थानमा आफूलाई पुनर्स्थापित गर्दैछ। फरक यत्ति हो कि अबको शक्ति केवल सैन्य मात्र नभई आर्थिक, प्राविधिक, कूटनीतिक र वैचारिक सबै क्षेत्रहरूमा बाँडिएको छ।
यस ‘नयाँ विश्व व्यवस्था’ मा अमेरिका र उसका सहयोगी राष्ट्रहरू अझै बलिया छन्। तर अब उनीहरूको एकाधिकारपूर्ण स्थितिमा स्पष्ट कमजोरी देखिन थालेको छ। विशेषतः थाइवान, दक्षिण चीन सागर, अफ्रिका, र ल्याटिन अमेरिका जस्ता क्षेत्रहरूमा चीनले देखाएको उपस्थितिले संसारको ध्यान तानेको छ।
बेइजिङमा आयोजित परेडले अब यो स्पष्ट गरिदिएको छ कि चीन आफ्नो इतिहास, सैन्य क्षमता, वैचारिक दृष्टिकोण र कूटनीतिक समन्वयलाई प्रयोग गर्दै नयाँ विश्व संरचना निर्माणको मोडमा छ। र यसको प्रभाव केवल अमेरिका–चीन सम्बन्धमा सीमित छैन, साना राष्ट्रहरूजस्तै नेपाल पनि अब यस बदलिँदो भू(राजनीतिक परिदृश्यमा पुनः परिभाषित हुँदैछन्।
विजय दिवस समारोह एउटा प्रतीकात्मक सन्देश थियो, ‘हामीले जितेका थियौं, फेरि जित्न सक्छौं।’ यो जित अब केवल युद्धमैदानमा होइन, कूटनीतिक सन्दर्भ, आर्थिक रणनीति, र वैचारिक प्रतिस्पर्धामा हुनेछ। चीन अब शान्तिको कुरा गर्दै शक्ति सन्तुलनमा आफ्नो दाबी गर्दैछ र यो विश्वका लागि सबभन्दा गहिरो यथार्थ बन्दै गएको छ।
यसैले, बेइजिङ समारोह एक ऐतिहासिक स्मृति मात्रै होइन, एक ऐतिहासिक मोड पनि हो – जहाँ विश्व व्यवस्था पश्चिमबाट पूर्वतर्फ, खासगरी चीनको नेतृत्वमा, बिस्तारै सारिँदैछ। अब प्रश्न यो हो कि यो परिवर्तन विश्व शान्ति, समानता र स्थायीत्वतर्फ लैजान्छ कि शक्ति संघर्ष, विभाजन र प्रतिस्पर्धाको नयाँ अध्यायतर्फरु
यथार्थ के हो भने, हामी एक नयाँ विश्व अध्यायको सुरुआतमा उभिएका छौं। चीनले पृष्ठभूमिबाट अग्रभूमिमा प्रवेश गरिसकेको छ। अब बाँकी विश्वले के प्रतिक्रिया दिन्छ, त्यो इतिहासको अर्को अध्याय बन्नेछ।