Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पाठकीय टिप्पणी - कामरेड जलजला

१८ बुधबार , भाद्र २०८२१३ दिन अगाडि

पाठकीय टिप्पणी - कामरेड जलजला

उपन्यास थियो कडी पत्रकार मित्र सविन प्रियासिनको, रानीतलाउ लेखिका कल्पना खरेलको । यी छुट्टा छुट्टै भाव बोकेका उपन्यासहरू हुन् ।
करिब बीश दिन लगाएर जलजला उपन्यास मोहनविक्रम सिंह द्वारा लेखित सरसरती पढियो। पराय उपन्यासमा धेरै पात्रहरू हुन्छन् । जलजला रोल्पाको थवाङ भन्ने ठाउँको जलजलालाई विध्या ढकालले पार्टीको काम गर्दा भूमिगत रूपमा राखेको नाम नै जलजला हो । उनि भरतपुर चितवनकी हुन् ।
लेखक क्रान्तिकारी बयोवृद्ध नेता लामू समयसम्म भूमिगत र जलजला प्रकाशित भएपछि खुल्ला भएका छन् । नेकपा मसालका महामन्त्री हुन् । र जलजलाका नायक पनि हुन् । कम्युनिष्ट आन्दोलनका पुराना धरोहर मध्यका मानिन्छन् ।
पृष्ठ १३२०÷परिच्छेद ७०÷को अहिले सम्मको मैले पढेको नेपाली शब्दकोष १४०८ पछिको सबैभन्दा ठुलो प्रेमिल ग्रन्थमा आधारित उपन्यास “जलजला “ सरसरती पढियो ।  
मालेमाका कयौँ पुस्तक मास्कोबाट प्रकासित पढियो । तर सबै जलजलाभन्दा सानै छन् । उपन्यासमा जलजला ठूलो पुस्तक हो । यस कृतिमा  निम्ननुसार ७० वटा परिच्छेदमा  शीर्षक राखेर लेखिएको छ । भाषा सरल छ पुस्तक पढेर सबैले बुझ्न सक्ने खालको छ ।
७० परिच्छेद र क देखि घ सम्म उपसंहार छन् । सुरूमा प्राक्कथन छ । बिषय बस्तुहरू दोहोरिएका छन् । 
भाग ६ परिच्छेद ७० निम्न अनुसार छन् । 
(१) कौसानी २१–४२,(२)केदाली मेला –४३–६१,(३)पर्वतारोहण–६२–८४,(४) लक्ष्मी आश्रम– ८५–१०७, (५) कामरेड गढवाली–१०८–१२५,(६) चिपको आन्दोलन–१२६–१४०,(७)सिनोज्सिस–१४१–१५७,(८) नेपालतर्फ –१५८–१६८,
खण्ड –२
(९) भैरवाजेल १७१–१८७ ,
(१०) त्यो काख जलजलाको–१८८–२०९, (११) काष्ठमण्डप– २०१०–२०२५,
(१२) अष्ट मातृका–२२६–२४३ ,(१३) पञ्चायती राज–२४४–२७१ ,
(१४) कालीको छाल–२७२–२८६,
(१५) माउन्टेन फ्लाइट–२८७–२९९,
(१६)  योगमाया–३००–३२०,
३ प्राचिन सभ्यता
(१७) योगबाणी ३२३–३३६, (१८) तोरी खेत–३३७–३५२, (१९) ढुङ्गेयुगिन सभ्यता ३५३–३६३ ,(२०) रामापिथेकस ३६४–३७५ ,(२१) होमोसेपियन मानव ३७६–३८८, (२२) लुम्बिनी ३८९–३९७,(२३) तिलौराकोट ३९८–४०६, (२४) कुस्मा ४०७–४२७, भाग ४ प्रागऐतिहासिक जातीहरू–
(२५) एउटा महान प्राग्ऐतिहासिक जाती थारू ४३१–४४५, (२६) एउटा प्रागऐतिहासिक महान जाती मगर ४४६–४६०, (२७) कर्णाली प्रदेश ४६१–४८०,
(२८)एउटा प्राग्ऐतिहासिक महान जाती खस ४८१–४९२, (२९) मष्ट४९३–५०४,(३०)बनारस ५०५–५२२,
खण्ड २ भाग पाँच विश्व दर्शन 
(३१) अन्तरिक्ष यात्रा ५२७–५५३,(३२) विश्वको संरचना ५५४–५७२,
(३३) धर्तीको कथा ५७३–५८४,(३४) स्वतन्त्रता सेनानी ५८५–६०५,(३५) सूक्ष्म पदार्थहरूको दर्शन ६०६–६३६, (३६) जनताका बिचको अन्तरविरोध ६३७–६५३, (३७) सांस्कृतिक रूपान्तरण ६५४–६७२, (३८) भविश्यमाथिको अघाध विश्वास ६७३–६८३,
भाग ६ रणचण्डी
(३९) अयोध्या ६८७–६८९,(४०) चौथो महाधिवेशन ७००–७२४, (४१) अपाङ्गता ७२५–७४८, (४२) देवकोटा ७४९–७६२,(४३) गोमती एक्सप्रेस ७६३–७८०, (४४) क्रान्तिको प्रवाह ७८१–८०१, (४५)दुखान्त प्रेम ८०२–८२९, (४६) अनिश्चित यात्रा ८३०–८४४,(४७) रणचण्डी ८४५–८७५, (४८) निष्कासित ८७६–८९१,
भाग ७ दर्शन, क्रान्ति र बलिदानको महाद्विप, (४९) पेरिस ८९५–९१३,(५०) जोन अफ आर्क ९१४–९३०, (५१) कला र सौन्दर्यको सङ्ग्रहालय ९३१–९४५,
(५२) महान दार्शनिकहरूको देश ९४६–९६० (५३) होलोकास्ट ९६१–९७३,
(५४) हिट्लर र कम्युनिष्टहरू ९७४–९९५, (५५) पहिलो समाजवादी देश ९९६१०११, (५६) स्टालिनग्राद १०१२–१०२३,(५७) भेलिन्टिना १०२४–१०४४,(५८) लेनिनग्राद १०४५–१०७१, (५९) ईश्वर भक्ति र प्रेम १०७२–१०९४,(६०) जलोङ्गोको नाच १०९५–११२२, 
भाग आठ कामरेड आभा
(६१) अलविदा कामरेड जलजला ११२५–११४०, (६२) झिम्रुक नदी र चिवेचरा ११४१–११५६, (६३)ओखरकोट ११५७–११७५,(६४) हर्के र उजेली ११७६–११९४,(६५) फागुन २४ गते ११९५–१२१६, (६६) गौमुखी१२१७–१२३२,(६७) सनछहरी १२३३–१२४३, (६८)जलजला धुरी १२४४–१२५९, (६९) कामरेड भामा १२६०–१२७२, (७०) थवाङ १२ ७३–१२९५,
उपसंहार क,ख,ग,घ,–१२९६ –१३२०,
यो कृतीलाई मुख्यतः तीन भागमा बांटेर हेर्न सकिन्छ । पहिलो यो प्रेम कथा, दोस्रो विश्व दर्शनशास्त्र र तेस्रो स्वयर कल्पनामा आधारित ।
का. एम बी सिंह राजनैतिक बिष्लेषकको रूपमा मैले चिन्दछु । नेपालको त्रिभूवन पछि सम्विधान सभाको लागि आवाज उठाउने उनै हुन् ।  जानिजानी तुहाइएको सम्विधानसभालाई फेरी भ्रुण तैयार पारेको मोहनविक्रम नै हुन् । जो सबै राजनीति दलको मिलन केन्द्र बन्यो ।
लेखकको आसयलाई सङ्घर्ष, अध्ययन, क्रान्तीमात्र छैन पुस्तक पढ्दा कयौँ विषयको उठान पनि भएको छ ।
पुस्तकमा टाइपिङ्ग मिष्टेक पनि छन् । केही मितिको पनि समस्या छ । तर सर्जकको आसय त्यो वेला अजितलाई कार्वाही गर्नु गलत थियो भन्ने कुरा प्रष्ट देखिन्छ । जलजलाको वि.स.२०१० असारमा उन्को काठमाण्डौमा जन्म भएको थियो र २०३८ साल अर्थात नोभेम्वर सन् १९८१ तिर उन्को दिल्लीमा एउटा बसबाट ओर्लने क्रममा खसेर दुखद् मृत्यु भएको थियो ।
यसरी स्रजकले आफ्नो उपन्यास द्वारा जलजलाको मृत्युमा कताकती त्यो वेलाको पार्टीकै दोष देखाउन खोजिएको पनि आभाष हुन्छ । कसैसँग बिचार नमिल्दा सम्वन्ध बिक्षेद् नै उपयुक्त हुन्छ भन्ने कुरा पनि आएका छन् । अजितको विवाहा मात्र भएको थिएन उन्का छोरा छोरी पनि थिए । पार्टीले बहुविवाह र बालविवाहको कट्टर बिरोध गर्दै आएको पनि अजितलाई थाहा नभएको होइन । उपरोक्त बिषय बारेमा उपन्यासले बहस छेडेको छ।
विध्यासँग सुनन्दाको परिचय हुनु उन्ले जलजलाको बारेमा बताउनु र एउटी गाँधीवादीलाई जलजला सँग भेट्हुने इच्छा जाग्नु साथै उसैको खोजीमा जाँदा उनि जेल पर्नु र जेलभित्र माक्र्स लेनिनका पुस्तक भेट्टिनु र त्यही जेलबाट सुनन्दा एउटी कटर गाँधीवादी नेत्रृले यसरी माक्र्सवाद–लेनिनवादलाई पच्छाउन पुग्नु, त्यस्तो सञ्जोग पनि हुनसक्छ ।
त्यो वेलाको एउटा परिस्थितीले सुनन्दालाई खारेको देखाइएको छ । उनि सामन्य महिंला थिइनन् र हुनसक्यो नत्र यस्तो चमत्कार हुनु सम्भव थिएन । 
उनि मार्शलआर्ट जानेकी, पर्वतारोही समेत भएकी जेएनयु बाट पिएचडीको लिएको देखाईएको छ ।
उनले थवाङमा अजितलाई प्रहरी सँग लडेर जोगाएका कुराहरू पनि छन् । अजितको जलजलासँगको प्रेमको दुखान्त अन्त्य भएपछि सुनन्दालाई जलजला देख्नु पनि हुनसक्छ । अजितले जलजलामा आफ्नो पूर्व पत्निलाई देखेको भए त्यो झनै उपयुक्त हुनिथियो । तर त्यसो उनले गर्न सक्दैन थिए । सर्जकले पात्रहरू द्वारा बिभिन्न बिषयमा आवाज उठाउन लगाएर कम्युनिष्ट आन्दोलनलाई उर्जा दिनेकाम भएको छ । कतिपय ठाउँमा चमत्कारका कुराहरू पनि छन् ।
जस्तै भमरीमा परेर डुब्नै थालेको वेला एकजना माछा मार्ने माझि आएर अजितलाई जोगाउछन् । त्यो बिषयलाई लिएर जलजलाले कुन ैन कुनै शक्तिको कल्पना गर्छिन् ।  फेरी उनि त क्रान्तिकारी हुन त्यो किन हुनसक्थ्यो । यसरी कुनै भौतिकवादी भित्र पनि सारमा दुइटा मनहरू सङ्गसगैँ हुन्छन् भनेर देखाउन खोजिएको छ । 
आस्थाले मानिसलाई आकास पातालको सैर गराएको हुन्छ । आस्थावानलाई मृत्युको भय हुनैसक्दैन । प्रेमपनि एउटा लत नै हो । डा.जगदिशले सुनन्दालाई मनपराएका थिए । त्यसैले उन्ले सुनन्दालाई विलायत यूरोप घुमाए । त्यसभित्र पनि एउटा आस्था थियो उनले देखेको एउटा सपना थियो । उनले सुनन्दासँग आफ्नो भविष्यका सपना बुनेका थिए ।
सुनन्दा र अजितको विवाहमा उन्ले गरेको भाषन कति धेरै सच्चाईमा आधारित थियो यस्तो हरकसैले गर्न सक्दैनन्।  उनले सुनन्दालाई प्रेम गरेकै कारणले पनि उनले उनको मन दुखाउन चाहेनन् । त्यसमा पनि उन्को एउटा आस्थाले नै काम गरेको थियो । सिद्यान्तबाट पतित भएपनि प्रेमले गर्दा इमान्दार हुन्छ । डा.जगदिशको व्यवहारले त्यसबारे पुष्टी गरेको छ।
सर्जकले सुनन्दासँग प्रेम गरेका थिएनन् बरू सुनन्दालाई जलजलाको मृत्यु पछि अजितको सम्झना आएको थियो । स्वायम जलजला र अजितको पत्रहरू पढेपछि । जलजलाको मृत्यु पछि । उनि त जलजलालाई भुल्ने प्रयासमा डा. जगदिशसँग विवाह गर्न पुगेकि थिइन । डा.जगदिशले ख्रुचेवले रूसमा पुजिवादी व्यवस्थाको पुर्नस्र्थापना गरेको व्यवहारको पक्षमा र स्टालिनको आलोचना गरेपछि नै डा.जगदिशसँग उन्ले नाता नजोड्ने निर्णय गरिन् । डा.जगदिश त पहिल्यैई संसोधनवादी भैसकेको कुरा त स्वयम सुनन्दालाई थाहा थियो । त्यसबारे विध्याले पनि भनेकि थिइन् । डा.जगदिशमा आएको परिवर्तन होइन बरू सुनन्दामा आएको क्रान्तिकारी परिवर्तनले उनिहरूको मेल हुन नसकेको हो ।
सर्जकले त्यो प्रेमलाई क्रान्तिकारी दिशा तर्फ डोराउने प्रयास गरेका छन् । यो उनको सबल पक्ष हो । पुस्तकमा अपाङ्गताहरूको बारेमा पनि महत्वपूर्ण जानकारी छ । यस्तै किसान देखि वुद्यिजीवीसम्म रूख देखि जनावरसम्म र धर्ती देखि सूर्यमण्डलसम्म उपन्यासले समेटेको छ । पठनिय छ, एकप्रकारको दस्तावेजनै हो । अन्तमा स्रजकलाई हार्दिक बधाई छ ।