
हरितालिका तीज सदियौँ देखि महिलाहरूले मनाउँदै आएका छन् ।
प्रायःजसो मेला पर्वहरू समाजका सबै महिला पुरूष, बालबालिकाकै लागि हुन्छन् । लैङ्गिक र जातीयतामा धेरैजसो मेला पर्वहरू हुँदैनन् ।तर तीजलाई महिलाहरूको पर्व भन्ने परमपरा नै छ । हुन त थुप्रै अन्तरराष्ट्रिय दिवसहरू पनि छन् तर महिलाहरूको व्यापक सहभागिता तीजी पर्वमा भएको देखिन्छ । चाडपर्व सामाजिक गहना पनि हुन्छन् । यही वहानाले मानिसहरूको भेटघाट र उनिहरूले खुसी प्रकट गर्दछन् ।
सबैजसो चाड पर्वहरूले बिभिन्न प्रकारका इतिहास बोकेका हुन्छन् । तीजलाई पनि हिन्दुहरूको चाड भनिन्छ । चाडपर्वलाई किम्दन्तीले धार्मिक रूपमा ब्याख्या र बिष्लेषण गरेको पाइन्छ ।
जस्तो की तीज, दँशैँ, तिहार आदि हिन्दु परमपरा अन्तर्गत वा त्यही रूपमा मनाउँदै आएको देखिन्छ । सबैजसो चाड पर्वमा जनताको भावनात्मक सम्बन्ध जोडिएको हुन्छ । चाडपर्व मनाउने भन्नेबारे दुइमत छैन तर कसरी मनाउने भन्ने बारे मत भिन्दा भिन्दै हुनसक्छन् ।
आजको समाजलाई मुल्याङ्कन गर्दा पर्वहरूलाई कसरी मनाउने ? भन्ने बारेमा हामीले आ–आफ्नो विवेकलाई प्रयोग गर्नुपर्ने हुन्छ ।
गरिब श्रमजिविहरूले अड्कलेको खर्चबाट गुजारा गर्नुपर्दछ । यसैले गर्दा पनि गरिब श्रमजिविहरूलाई चाडपर्व मनाउँदा धेरै नै सोंचेर मनाउने गर्दछन् । तीज पर्वमा गरिबका चेलिबेटीहरूले आ आफ्नो पिडालाई पोख्ने दुःख सुख साजा गर्ने माध्ययमको रूपमा लिने गर्छन् । कयौं संगठित महिलाहरूले प्रगतिशील कार्यक्रमको आयोजना गरेर मनाउने गर्द छन् । तरीजअड्किलो बन्दै गएको छ ।
आजको पुंजिवादी तथा पुरूषप्रधान समाजमा महिलाहरूमा बढ्दै गएको हिंशा र मधेशमा दैजो प्रथा झाँगिदै गएको अवस्था छ । वैदेशिक रोजगारमा महिलाहरूको सहभागिता र उनिहरूको सुरक्षाको प्रश्न आदि यसबारेमा आधा आकास संगठित हुनुपर्ने देखिन्छ । महिलाहरूको एकतामा बाधक पनि यस्तै कैयौं रितिरिवाज बनेका हुन्छन् ।
जबसम्म महिलाहरू स्वायम कुरितीको विरूद्धमा अगाडी बढ्ने आंट गर्दैनन् तबसम्म महिलाले पुरूष सरह समान अधिकारको कल्पना पनि नगरे हुन्छ । स्वायम महिलाहरूनै महिला हक हितकोलागि बाधक बन्दै आएका हुन्छन् । अहिले त कतिपय प्रगतिशीलताको बहानामा छाडा र बिक्रितियुक्त व्यवहार झांगिदै गएको पनि देखिन्छ ।
तीज पर्व धार्मिक किमदन्ती अनुसार भन्नुपर्दा भाद्र शुक्ल तृतीयामा मनाइने हरीतालिका तीज व्रतको एक प्रकारको कथा पनि छ । यसको बारेमा कयौं दन्ते कथाहरू पनि जोडिएका छन् ।
भनिन्छ “धार्मिक रूपमा एक पटक शिवले पार्वतीको उनको पूर्वजन्मको स्मरण गर्ने उदेश्यले यो वर्तलाई महात्मयको कथा भनेका थिए । भोले शङ्करले भने – हे गौरी ! पर्वतराज हिमालयमा स्थित गंगाको तटमा तिमिले आफ्नो बाल्यवस्थामा बारह वर्षसम्म उँधो मुख भएर घोर तपस्या गरेकि थियौ । यति समयसम्म तिमिले अन्न नखाएर वृक्षहरूको सुकेका पातहरू चपाएर व्यतित गरेकी हौ । माघको बिक्राल चिसोमा पनि तिमीले निरन्तर जलमा प्रवेश गरेर तपश्या गरेउ । बैशाखको प्रचण्ड घाममा पनि तिमीले पंचाङ्ग्निले शरीरलाई ततायौ । श्रावणको मूसलधार वर्षातमा खुला आकासको तल बिना अन्न, जल ग्रहणको समय बितायौ । तिम्रो पिताले तिम्रो कष्ट साध्य तपस्यालाई देखेर धेरै दुखि हुन्थे । एकदिन तिम्रो तपस्या देखेर नारद तिम्रो घरमा पधारे । तिम्रो पिताले हृदय देखि अतिथि सत्कार गर्दै उनको यहाँ आउने कारण सोधे ।
नारादले भने– गिरिराज ! म भगवान विष्णुले पठाएर यहाँ पुगेको हु । हजुरको कन्याले कठोर तपस्या गरिन । यसबाट प्रश्न भएर उहाँ हजुरको छोरीसँग विवाह गर्न चाहानुहुन्छ । यसै सन्दर्भमा म हजुरको इच्क्षा जान्न चाहान्छु ।
नारादको कुरा सुनेर गिरिराज खुसिले गद्गद भएर भने– महाराज ! यदि स्वयम. विष्णु नै मेरी सपुत्रीसँग विवाह गर्न चाहे भला मेरो के आपत्ति हुनसक्छ ?
तिम्रो पिताको स्वीकृति पाएर नाराद विष्णुको पास गएर उनलाई विवाह हुने समाचार सुनाए । तिम्रो कानमा जब यो कुरा पर्यो त्यो वेला तिम्रो दुःखको ठेकाना रहेन । त्यो एउटी सखीले तिम्रो यो मानसिक दशालाई सम्झिन र तिम्रो त्यो विक्षिप्तताको कारण बुझ्न खोजिन । त्यसपछि तिमीले भन्यौं – मैले साँचो हृदयले भगवान शिव शङ्करको वरण गरेको हँु, तर मेरो पिताले मेरो विवाह विष्णुजी सँग निश्चित गराए । म विचित्र धर्म सङ्ककमा छु । अब के गरू ? प्राण त्याग्ने अलावा अब अरू कुनै उपाया छैन । तिम्रो सखी धेरै समझदार र सुझबुझवाली थिइन् । उनले भनिन्– साथी यसमा प्राण त्याग्ननै किन पर्यो ? सङ्कटको मौकामा धैर्यले काम गर । नारिको जीवनको सार्थकता यसैमा हुन्छ । बरू हिंड मतिमिलाई घनघोर बनमा लिएर जान्छु तिमिले त्यहा तपस्या गर ।त्यहाँ तिम्रो पिता पनि आउने छैनन् र त्यो वेलासम्म तिमीलाई इस्वरले बाटो देखाउनेछन् । उसले भने अनुसार तिमीले तपस्या गर्न थाल्यौं उता तिम्रो पिता तिम्रो खोजीमा निरन्तर लागे । तिम्रो यो कष्टपूर्ण साध्य तपस्याले मेरो आसान हल्लियो । मेरो समाधि टुट्यो र म तुरून्त तिम्रो समक्ष पुगें । मलाई देखेपछि तिमीले भन्यौ । मैले हृदयदेखि हजुरलाई पतिको रूपमा स्वीकारेकी छु । यदि साँचैभन्दा मेरो तपस्याबाट प्रसन्न भएर आउनु भएको भए कृपया मलाई आफ्नो अर्धाङ्गिनी स्वीकार गर्नुहोस् ।
त्यो सुनेर मैले “तथास्तु’ भने अनि म कैलाश पर्वत फर्किएं । आफ्नो पितालाई भन्यौ – मैले कठोर तपस्या गरेपछि मेरो तपस्या सार्थक भयो । तिम्रो पिताले तिम्रो कुरा माने अनि हाम्रो विवाह हुनस्क्यो । त्यसैको खुसिमा सुक्ल तृतियामा तिमिले मेरो आराधना गरेर जो वर माग्यौ त्यही प्रकारले अन्य कन्याहरूले आ आफ्नो वर पाउनलाई बर्त बस्नेछन् र तपस्या गरेपछि आफूले चाहेको वर पाउनेछन् ।
यही खुसिको पर्व तीज मानिन्छ ।
यस्तै चमत्कारी कथाको प्रभावमा परेर महिंला किसोरीहरूले पनि वर्त बस्ने गर्छन् । वास्तिवक रूपमा अहिलेको समाजमा यस्ता किमदन्ती भन्दा सही र गलत आफ्नै विवेक द्वारा छुट्टाउन सक्नुपर्छ । यही अहिलेको समयको माग हो । महिलाहरू कुनैपनि काममा कम्जोर हुंदैनन् । कुनै अलौकिक शक्तिको चमत्कारले उनीहरूको रक्षा गर्दैन, उनीहरूलाई हक अधिकारका लागि स्वयम आफै अगाडी बढ्नु पर्छ । आधा आकास आधा धर्ती जुर्मुराएपछि सबै खाले हक हित प्राप्त हुनसक्छ ।
आज तीज मनाउने बहानामा पोषाक र गहनाको प्रदर्शन गर्ने, महङ्गा होटलमा मदिरा पिएर छाडा नाचेको देखिन्छ । श्रमजीविहरू महिलाहरू जानु हुंदैन । बरू चेलिवेटीहरू आफ्नो हक हितको रक्षा र हिंशाको विरूद्धमा बोल्नुपर्छ । तीज मनाउ सभ्य र अनुसासित रूपमा ।