Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

प्रतिष्पर्धी र सहयात्री बनौं

११ बुधबार , भाद्र २०८२२ दिन अगाडि

प्रतिष्पर्धी र सहयात्री बनौं

शास्त्रले भनेकै छ अति आशक्ति बान्छनीय (अति सर्बत्र बर्जयेत) हुँदैन । हाम्रो समाजमा अहिले लैङ्गिक अधिकार र स्वतन्त्रताको बिषयले विकृत रूप धारण गर्दै गएको देखिन्छ । असामाजिक असास्कृतिक स्वरूप ग्रहण गर्दैछ । पुरूष महिलाका बाबा दाजु भाइ श्रीमान छोरा ज्वाई भदा स्कूल कलेजका सहपाठी पनि हुन् जो जो बिभिन्न भूमिकामा महिलाको सुरक्षा र संरक्षक पनि हुन् । महिला (छोरी आमा श्रीमती साथी दिदि बहिनी भान्जी आदि )का आत्माबिस्वास र भरोसाका स्तम्भ पनि होइनन र ?यस्ता मानवीय एबम पारिवारिक संबेदनसिलता लाइ तिलान्जली दिएर एकाध व्यक्ति र परिवारका गलत ब्यबहार लाइ सम्पूर्ण पुरूष नै पीडक जस्तो भाष्य निर्माण गर्ने दुष्प्रयास भैरहेको छ । जसले पारिवारिक सास्कृतिक सामाजिक बिचलन मात्र होइन स्वयम महिलाको बिरक्त लागो एकल जिन्दगी मात्र होइन पुरूष बर्ग समेत पिडित हुँदै गएका छन् । महिलाको स्वतन्त्रता  अधिकार  र आत्मनिर्भरताको अर्थ एकल  जीवन प्रेरित हुनु वा पुरूष बिहिन समाजको कल्पना हो र ? पारिवारिक सामाजिक दायित्व निर्वाहको बिबेक लाइ पनि सम्मान गर्नु पर्ने हुन्छ। पुरूष जाति माथिनै प्रतिशोधको अनुभूति हुने गरि बर्तमान नेपालको लैंगिक अधिकारकर्मी हरू प्रेरित भएको आभास हुन्छ । परिवार र समाजको रथको दुइ पांग्रा महिला र पुरूष सृष्टिको निरन्तरता को भूमिकामा रहेका हुन्छन घर र देशको सिक्काका दुई पाटो महिला पुरूषमा एक पक्षको अधिकारको कुरो गर्दा स्वत अर्को पक्षको स्वतन्त्रता र अधिकारको रक्षा सम्मान तर्फ सचेत हुनु पर्छ। एक पक्षले अर्को पक्ष प्रति कुण्ठा आरोप प्रतिसोध होइन प्रेम सद्भाव बिबेक जिम्मेवार समझदारी सस्कारयुक्त ब्यबहार हुनु पर्छ। शिक्षित र आत्मनिर्भर हुनु प्रतिषोधको लागि योग्य हुनु होइन घर समाज र देशको जिम्मेवारीमा सहभागिता जनाउनु दायित्व निर्वाह गर्नु हो । सायद भारत र नेपालमा बाहेक अन्य मुलुकमा प्राय सुनिदैन “पितृ सत्तात्मक ब्यबस्था के के त र्मैले नबुझेको पितृ सत्ता राजा भए महिला स्वत महारानी पनि त् हुन्छिन नि होइन ? तर महिला महारानी  भए पुरूष स्वत महाराज भएको कहिँ छ त् ? सोचौ एक पटक। बिकसित मुलकमा कुनै पनि उपलब्धि सम्बन्धित व्यक्ति (महिला÷पुरूष)को इच्छा योग्यता दक्षता क्षमताको आधारमा पारदर्शिता पूर्बक प्रतिस्पर्धा गरेर मात्र हासिल गर्न सकिन्छ न कि लैङ्गिक जात आर्थिक अवस्था वा समूह हेरेर  आशिर्बाद खोजेर ÷मागेर अर्को योग्यको भाग खोजिन्छ । यहि कारण ल्इच्ःक् इँ NORMS OF STRONG CIVIC को मर्म बुझेको शिक्षित समाजमा हाम्रोजस्तो आरक्षण माग्नु बिबेकहिनता हो । क्षमतामा राष्ट्रपति, प्रधानमन्त्री बिशेष उपलब्धि गर्छन् ।
समय परिस्थिति यस्तो आयो कि  आज बिस्वकै समाजमा सामान्य घर परिवारको दैनिकीको लागि पनि खास अबस्था वा अपबाद बाहेक एकको मात्र कमाइ अपुग हुन् थाल्यो, त्यसैले महिलाले पनि आफु लाइ यो जिम्मेवारीमा सहभागिता जनाउनु अनिबार्य हुन् पुगेको छ । दुबैको एक आपसमा सम्बन्ध र सहयात्रा झनै प्रोत्साहित गर्नु पर्ने भएको छ । पुरूष भएको घरमा महिला पनि हुन्छन् अनि पुरूषले प्राप्त गरेको उपलब्धि महिलाले पनि उपभोग गर्छिन्, होइन र ? अनि किन हामी उही कुण्ठा युक्त मानसिकता बोकेर पितृ सत्ताको नकारात्मक रटान लगाई रहेछौ ? छोराको कमाइ आमाले खाँदिनन ? ज्वाइको कमाइ छोरीले खादिनन ? श्रीमानको कमाइ श्रीमतीले खादिनन् ? पुरूषले कमाउदा  घरकी महिला भोकै पर्नु परेको थियो र छ ? बरू अहिले एकाध महिलाले बिशेष शिक्षा र पदको उपलब्धि गर्दा पुरूष पिडित हुन् थालेका धेरै उदाहरण चर्चामा छन् । सक्षम हुनु को अर्थ भएको घर त्यागेर अर्काको घरमा वा अर्काको सम्पतिको आश्रयमा पुग्नु होइन। सृष्टि प्रकृति नीति नियमको सकारात्मक निरन्तरताको लागि महिला पुरूष लैंगिक प्रतिष्पर्धी होइनन सहयात्री हुन् प्रेरित र बिबेकपूर्ण हुनुपर्छ ।