Advertisement Banner
Advertisement Banner

१६ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद राष्ट्र शिर हो, अस्तित्व हो ।

०६ शुक्रबार , भाद्र २०८२१० दिन अगाडि

राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद
राष्ट्र शिर हो, अस्तित्व हो ।

नेपालमा अहिले चर्चाको विषय  राष्ट्र, राष्ट्रियता र राष्ट्रबाद छ । यो विषयमा चर्चा  चिया पसल देखि ठुला ठुला  महल  र विद्वानहरूको बीचमा पनि भएको पाइन्छ। विभिन्न पत्र पत्रीका, टीभी र रेडियो समाचार, विद्वान र नेताहरूको भाषण सुने र पढे पछि मेरो मगजमा एउटा सोच आउँछ कि नेपालका बिशिष्ट ब्यक्तिहरूले विभिन्न बादको नाममा ब्यक्तिबाद र स्वार्थवादलाई नेपाली नागरिक  माथि  थुपार्ने प्रयास गरेको जस्तो देखिन्छ । राष्ट्रको भौगोलिक क्षेत्र र  विकास बारे कसैलाई चिन्ता छ जस्तो देखिदैन। कुनै पनि राष्ट्रको बिकास र सम्वृद्धिको लागि नागरिकहरूमा राष्ट्रियताको भावना हुन आबश्यक हुन्छ सँगसँगै सही राष्ट्रवादले राष्ट्रलाई सही दिशा दिन्छ । जसले गर्दा देशको भौगोलिक अखण्डता, बिकास र नागरिक अधिकार सुरक्षित हुने गर्दछ । नेपाल राष्ट्रको सम्वृद्धि र बिकासमा मूल बाधक व्यक्तिबाद,स्वार्थबाद र नागरिकमा राष्ट्रिय भावनाको अभाव भएको बुझिन्छ । नेपालको भौगोलिक क्षेत्रको अतिक्रमण  भएको विभिन्न भौगोलिक  दस्तावेजले प्रष्ट पारेको छ । कृत्रिम राष्ट्रिय भावनाको भाषणको आडमा असल नागरिकको छबि कायम गर्नेहरू संख्यामा भारी वृद्धि भएको देखिन्छ । आफ्नो छोराछोरी, नातागोतालाई बिदेश पढाउनु, बिदेशको नागरिकता लिन प्रेरित गर्नु, त्यहाँ सेटल हुन सहयोग गरनु । आजभोलि फेसन भएको छ । यो रोगले गर्दा राष्ट्रमा असल राष्ट्रिय भावना र देशप्रतिको प्रेम भएको नागरिकहरूको संख्या कम हुँदैछ । यस बाहेक  शिक्षा प्रणालीमा नैतिक शिक्षा अभाव  पनि प्रमुख मध्यएउटा  कारण हो । पहिले परिवार, समाजबाट नैतिक शिक्षाको ज्ञान हुनेगथ्र्यो । अहिले  बिस्तारै  बिस्तारै यो समाज र परिवार पनि अभाव  भएको पाइन्छ । विभिन्न विद्वानहरूले राष्ट्र राष्ट्रियता र राष्ट्रवादलाइ विभिन्न किसिमले परिभाषित गरेको पाइन्छ । अबबिचार गर्ने कुरा के छ कि राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद एक अर्काको पुरक हुन वा होइन र एक अर्काको प्रति महत्त्वपूर्ण भूमिका पनि छ वा छैन । विभिन्न विद्वानको भनाइ अनुसार यसमा अलिकति  पनि असमानता देखिनु राष्ट्र  र जनताको लागी हितकर हुँदैन । त्यसर्थ एक आर्का बीचमा संतुलनको खाँचो  देखिन्छ । अहिले नेपालमा राष्ट्र्बाद र राष्ट्रियताको कमी छ । अर्को मुलुकबाट  आयात गरेको विभिन्न  बिदेशी वादहरू नेपालमा थुप्रैका छ्न् । जसलाई शिरोधार्य गरेर विभिन्न विद्वानहरू आफुमा गौरव महसुस गरेका पाइन्छ । बास, गाँस र कपासको समस्याले गर्दा नया पुस्ता जो संग राष्ट्र निर्माण र बिकासको भावना भए पनि अबसरको अभावले गर्दा  बिदेश पलायन हुन  बाध्य छन् । आर्कोतिर छिमेकी मुलुकबाट आएकाहरूले अलि अलि हुने अबसरलाई पनि अगोटेरको कारण अबसर न्यून भएको देखिन्छ । राष्ट्रलाई  सुरक्षित, समृद्ध र बिकासको बाटोमा  लैजाने कर्तव्यनिष्ठ, सच्चा राष्ट्रिय  भावना बोकेका नागरिकहरूको कमी छ । तसर्थ नयाँ सोच सगै सबैको अधिकार, स्वाभिमान, संस्कृति, धर्म र्  भौगोलिक अखण्डताको रक्षाको लागि राष्ट्रको माटो, संस्कृति र सभ्यतालाई केन्द्र  बिन्दुमा राखी सुआउँदो प्रणाली बिकास गर्नुपर्छ । त्यो सही अर्थमा नेपालबाद हुन्छ जसको संचालन राष्ट्रप्रती निष्ठा र इमानदार रहि राष्ट्र र जनताको समृद्धिका लागि जनप्रतिनिधि हरूले नयाँ खालको बैज्ञानिक पद्धतिमा आधारित राष्ट्रको माटोलाई सुहाउँदो शासन ब्यबस्था निर्माण गर्नुपर्छ । अब समय आइसकेको छ, जनताको राष्ट्रिय भावनालाई  केन्द्रबिन्दुमा राखी उहिले पुरानो नारा ‘हामीलाई नुन चाहिदैन, नेपाली कसैको अगाडि झुक्दैन’ (प्रधानमन्त्री मरीचमान सिंहको समयमा भये नाकाबन्दीको नारा) बाट राष्ट्रियताको शिक्षा लिएर अगाडि बढ्नु पर्दछ । समयसापेक्ष अनुसार राष्ट्रियता र राष्ट्रबादलाई परिमार्जन गराउनु आबश्यक हुन्छ । जसले देश कोभौगोलिक अखण्डताको रक्षा र नेपालीको आधारभूत आबश्यकता परिपुर्ति गर्न सक्छ । तर मुखमा राम राम र खल्तीमा छुरा बोकेर हिड्ने राष्ट्घातीसँग सावधान हुन आवश्यक हुनेछ । राष्ट्र, राष्ट्रियता राष्ट्रिय एकता र राष्ट्रबादलाई बलियो बनाउन । निम्नलिखित कुराहरू अपरिहार्य  हुन्छ  ।
(१)    नागरिकमा राष्ट्प्रति प्रेम र राष्ट्रियताको भावनाको महत्त्व र आबश्यकता बारे चर्चा ।
(२)    नैतिक शिक्षाको शिक्षण संस्थाको पाठक्रममा समाबेश गराउने ।
(३)    युवाहरूलाई बिदेश पलायनबाट रोक्नको लागि नया विभिन्न  उपायहरू खोज गर्ने ।
(४)    राष्ट्रभाषा, राष्ट्रगान, राष्ट्र झण्डा, राष्ट्र गौरवका सम्पदाहरूलाई भाषणमा मात्र सिमित नराखी व्यबहारको धरातलमा विकास र सम्बद्र्धन  गर्नेपर्छ ।
(५)    राष्ट्रिय भावना विकासमा मद्दत गर्ने नाटक, साहित्य, चलचित्र, हरूलाई हौसला र सम्मान गरिनु पर्छ ।