
भारतीय स्वतन्त्रता : जोडिएका महत्वका प्रश्न र प्रसङ्गहरू
कुनैपनि देशको आजादीमा त्यो देशका नागरिकहरूको महत्वपूर्ण योगदान हुनेगर्छ । हाम्रो देशमा पनि बिभिन्न कालखण्डमा जनताका भावनाहरू कुण्ठित गर्ने व्यवस्था र शासकहरू बिरूद्धमा बलिदानीपूर्ण शङ्घर्ष हुदैआएका छन् । हाम्रो छिमेकी मूलक भारत तथा चीनमा पनि क्रान्तिकारी आन्दोलनहरू भएका छन् । चीनमा नौलो जनवादकोलागि क्रान्तिकारी ससस्त्र शङ्घर्ष सन् १९४९मा सम्पन्न भएको थियो ।त्यो भन्दा दुई वर्ष पहिले भारतमा स्वाधिन् आन्दोलनले विजय प्राप्त गरेको थियो । यो छुट्टै कुरा हो भारतीय आन्दोलन विदेशीहरूको बिरूद्धमा केन्द्रीत् थियो भने चीनको विदेशी साम्राज्यवाद र देशीय सामन्तवादको बिरूद्धमा कम्युनिष्ट नौलो जनवादी क्रान्ति थियो ।
हाम्रै देशमा पनि राणाकालिन अबस्थामा धेरैले सहादत् प्राप्त गरेका थिए । गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्दलगायतका सहिद भएपछि राणाहरूको बिरूद्धमा जनाक्रोश फैलियो । उनै अंमर सहिदहरूकै प्ररेणाले राणाहरूको जहानिया व्यवस्था भत्किन सक्यो । यो छुट्टै कुरा हो त्यसबाट ककसले फाइदा उठाए तर जनताहरूले गरेको त्याग बलिदान सर्वहितका लागि नै हो ।
ममताको त्याग, श्रीमतिको सिन्दूर , बाबाको प्रेणा र छोराको बलिदानले बिद्रोहको रफ्तार बढेको हुन्छ ।
भारतमा मानव सभ्यताको विकासको कथा सिन्धु–घाटीको सभ्यताको खोजबिनपछि मात्र प्रमाणिक रूपले साम्ने आयो । प्राचीन सभ्यताको विवरण वेद, पुराण, उपनिषदहरूले प्रस्तुत् गरे । सिकन्दरको आक्रामणले प्रमाणित गर्यो की त्यो कालमा पनि भारतीयको व्यापारिक सम्बन्ध यूनानसम्म थियो । विदेशीहरूले भारतमा मात्र हमला गरेनन् हाम्रै देशमा पनि बंगालका शासक सुल्तान् समसुद्दिन इलियासले वि.स.१४०६मार्ग महिनामा हमला गरेका थिए । सात दिनसम्म आतङ्क फैलाएर ठूलो धन माल लुट्न सफल पनि भएका थिए । त्यो वेला नेपालमा राजदेवको राज थियो । भारतमा पनि विदेशीहरूको शान्तिपूर्वक प्रवेश भयो । उनिहरूले व्यापारी बनेर नै भारतमा आएका थिए ।
चन्द्रगुप्त मौर्यको सत्ताले भारतीय राजवंशहरूको ऐतिहासिक प्रमाणिक विवरण दिन प्रराम्भ गर्यो । पृथ्वीराज चौहानको हारले सल्तनात काल र बाबरको हात इब्राहीम लोदीको पराजयले मुगल सत्ताको दैलो भारतमा खोल्यो । औरंगजेÞब पछि राज्यहरूको विघटनले यूरोपीय व्यापारिक कम्पनीहरूको हौसला बढायो । उनिहरूले देशमा व्यापार गर्नकालागि अनुमती मागे र आफ्नो बिस्तारै हुकूमत स्थापित गरेर भारतलाई गुलाम बनाए । मंगल पाण्डेजस्ता देशभक्तहरूले बिद्रोहमा विरता देखाएर एउटा गुलाम देशलाई जागरूक गराए ।महात्मा गान्धीले अहिंसाको बाटोबाट देश आजादीका नाराहरू लगाए ।१५अगस्त सन् १९४७ ई.देशलाई आजादी मिल्यो तर कसरी ? के महात्मा गान्धि र उनको अहिंशाले मात्र भारत आजाद हुनसक्थ्यो त ? हामि सबैले जान्नै पर्ने यस्तै बिचारहरूको बारेमा शंक्षिप्तमा चर्चा चलाउँनु समय शान्दर्भिक नै होला । किन की यो अगस्तको महिनो सँग भारतीय आजादीको अटुट् सम्वन्ध छ । भारतिय आजादी सङ्ग हाम्रो पनि अटुट् सम्बन्ध छ ।
लामू समयसम्म गुलाम रहेको भारत त्यत्तिकै आजाद भएको होइन । थुप्रै देशभक्त स्वतन्त्र प्रेमिहरूको सहदातमा भारत आजाद भयो । कैयौँले विद्रोहलाई उक्साउन आफ्नो बलि चढाएका थिए ।
भारतको इतिहासमा थुप्रैले आफ्नो प्राणको बली दिएकाछन् । जस्मा मंगल पाण्डेहरूको सुरूवाती दौरमा महत्वपूर्ण योगदान रहेको छ । एउटा हातमा तरवार आर्को हातमा बन्दूक बोकेर अंग्रेजकै किल्ला भित्र संघर्ष गरे । क्षणभरमै दुईजना अंग्रेज आफिसरहरूको हत्यागरे । अंग्रेज हुकूमतले सन् १८५७ को अप्रिल ८ तारिखमा उनलाई फाँसीमा झुण्डायो । उनको यो हत्याले सारा देशलाई जगायो । प्रहरीभित्र पनि बगावत र विद्रोह सुरूभयो । त्यसपछि एकलाख सैनिक विद्रोहका लागि तैयार भए । मंगल पाण्डेको सहदातको १६ दिन पछि २४अप्रिल मेरठमा पनि विद्रोह भयो । विस्तारै विद्रोहले देशब्यापि रूप लिन थाल्यो । अंग्रेजहरूले मंगल पाण्डेलाई फाँशी दिएर विद्रो रोक्न खोजेका थिए तर उन्को हत्याले देशभरि नै विद्रोह सुरूभयो । नाना साहबले बैरकपुरबट क्रान्तिको ज्वाला बाले । यो आन्दोलनमा ४ हजार नेपाली सहभागी थिए ।
शुभाष चन्द्रबोश जसले क्रान्तिका लागि छुट्टै फौज बनाएर आन्दोलन गरे । उनी जस्ताको पछिल्लो जीवन रहश्यमय बन्यो । नेपाली जनताहरूहरूले व्यापक रूपमा भारतीय क्रान्तिकारीहरूलाई सहयोग गरेकाथिए । नाना साहाबलाई तीन वर्षको उमेरमा बाजीराव पेशावाले गोद लिएका थिए । तात्यटोपे,मनुबाई,झाँसीकि रानी रानी लक्ष्मीबाई, आदिले अंग्रेजी हुकूमतको विरूद्धमा लडे । उनले आफ्नो बालकलाई बोकेर लडाइको मैदानमा कुंदिन् ।लड्दालड्दै १८५८ मा १९जुन २४वर्षको आयुमा उनको मृत्यु भयो ।
यसरी सुतेका जनताहरूलाई त्यो वेलाक बिभिन्न प्रान्तमा राजगरेका शासकहरू समेतले राजगद्धी छाडेर आन्दोलनमा आएकाथिए ।उनिहरूको मुख्य उदेश्य देशलाई आजाद गर्नुथियो ।त्यसको लागि जनताहरूलाई जगाउनु नितान्त खाँचो थियो ।
यस्तै भगत सिहँ,राजगुरू ,सुखदेव, चन्द्रसेखर आदि भारतको आजादीका सहिदहरू हुन् । भनिन्छ जस्तो बिउ रोप्यो उस्तै फल्छ । भगत सिहँलाई क्रान्तिकारी प्रेणा आफ्नै आँमा र बाबाबाटनै प्राप्त भयो ।उन्को २४ सितम्वर सन् १९०७ ई.मा पंजाबको कल्याणपुर जिल्लाको एउटा सिक्ख परिवारमा भएको थियो । उनि बाल्याकालबाटै असामन्य र चञ्चल स्वाभावका जिज्ञासु स्वभाबका थिए । उन्लाई परिवारबाट संस्कारको रूपमा देशभक्ती र क्रान्तिकारी बिचारधारा मिल्यो ।युवा अवस्थामा पाइला टेक्दैगर्दा उनि क्रान्तिकारीहरूसँग जुडे ।उन्को विद्यार्थिकालका दुइजना साथि यसपाल र सुखदेवपनि उनिसँगै क्रान्तिकारि बिचारधारामा सामिल भए । उनले आफ्नो आँमालाई एउटा प्रश्नको उत्तरमा भनेकाछन् । छोरा अब तिमिले विवाह गर्नुपर्छ– आमाको यो प्रश्नको उत्तरमा भगतसिहँले भनेकाथिए । “आँमा मैले आजैबाट आफूलाई देशको लागि अपर्ण गर्दछु ।त्यसकारण अहिले म विवाह सोंच्न सक्दैन । २३ अक्टुवर सन् १९२८ मा लाला लाजपत रायसँग एउटा जुलुसमा सामिल भएकाथिए की पोलिस सुपरिण्टेण्डेण्ट स्काँटले डि एस पी.साण्डर्सलाई आदेश दियो । प्रदर्शनकारिलाई रोक्न साण्डर्सले प्रदर्शनकारी माथि अंधाधुंध लाठीचार्ज गर्ने आदेश प्रहरीलाई दियो ।
यो लाठीचार्जमा जुलुसको नेतृत्व गरेका लाला लाजपत रायलाई गम्भिर चोट लाग्यो । त्यही चोटले गर्दा १७नवम्बर १९२८मा उन्को मृत्यु भयो । उनको मृत्यु पछि क्रान्तिकारीहरूले “रगतको बदला रगत“भन्ने नारा लगाएका थिए । यसरी आन्दोलनले झनै उग्र रूपलिन थाल्यो । भगत सिहँ,राजगुरू,सुखदेव,तथा आजादले स्काँटलाई मार्ने जिम्मा लिए ।चारैजनाले घात लगाएर स्काँटसम्म पुगे तर गोली चलाउने वेला साण्डर्स सामुन्य आयो र उसलाई गोलि लाग्यो । उसको हत्या भयो ।चारैजना त्यहाँबाट बचेर भागे ।उन्को यो कार्यले देशभरिमै भगत सिहँ र उनिहरूको कार्यको प्रसंसा हुन थाल्यो ।उनिहरू भूमिगत भएर आफ्नो मिसन जारि राखे । १९२९को अप्रिलमा असेम्बलीमा एउटा दमनकारी विध्यायक प्रश्तूत् हुनेवाला थियो ।भगत सिहँले बटुकेश्वर दत्तसँग असेम्बली भवनमा दाखिल भएर इन्कलाव जिन्दावादको नारा लगाउँदै असेम्वली घरभित्रै बम फाले । यो बम सिर्फ त्यो अंग्रेज सरकारलाई चेतवानी दिनका लागि थियो । असेम्वली हल भित्रै बम फालेपछि बटुकेश्वर दत्त र भगतसिंहले योजना अनुसार आफ्नो गिरफ्तारी दिए । उनिहरूमा मुद्दा चलाइयो र सुखदेव, राजगुरू, अजय घोष, शिव वर्मा आदिलाई असेम्बली बम काण्डका अभियुक्त बनाइयो ।
मृत्युदण्ड पाउनुभन्दा केही समय पहिले भगतसिहँका माता पिता भेट्न आएका थिए ।उन्को आँमाले भनेकि थिइन “ आफ्नो हड् (अडान) नछाड्नु ,एकदिन त मर्नुनै छ, तर यस्तो मृत्यु अगाल्नु जसमा गर्वको साथ विश्वले याद गरोस् । मेरो हार्दिक इच्छा छ की मेरो छोराले फाँसीको तख्तासम्म इन्कलाव जिन्दावादको नारा लगावास् । यस्तो अद्भूत भावनाले लेश थिइन भगतसिंहकी आमा । आमाले आफ्नो छोरालाई फाँसीको फन्दामा जान यस्तो प्ररेणा दिएको इतिहास भेटिदैन ।
२३मार्च १९३१ को बिहानै चत्तरसिहँ नामक व्यक्तिले भन्यो तपाईँहरूको इच्छा पुरागर्नलाई मसँगै पाठ गर्नुहोस् ! उसको जवाफमा भगतले भन्यो – तपाईको इच्छा पुरागर्नमा मलाई केही इत्तराज थिएन यही विषय पहिले भन्नुभएको भए साहिद् पुरा हुनसक्थ्यो होला तर अहिले अन्तिम समयमा मैले पर्मात्मा लाई याद गरेंभने मानिसले मलाई बुझ्दिल सम्झिने छन् ।
पुरा उमेर मैले परमात्मालाई संझिन अब मृत्यु देखेको वेला याद गरेर आफुलाई कायर बनाउन चाहँदैन । इतिहास साक्षी छ, यी सहिदले फाँशीको फन्दा सम्म जाँदा हत्थकडी लगाएनन् तीनैजनाले एक आर्काको हातमा हात राखेर फाँशीको तख्तासम्म आजादीको गीत गाउँदै पुगे । आ–आफ्नो घाँटीमा फन्दा हाले । साँझको ७बजेर ३३मिन्टमा भगतसिहँ,राजगुरू र सुखदेवलाई लाहोरको सेन्ट्रजेलमा सँगसगै फाँशीमा झुण्डाएर मारियो । भारत सन् १९४७मा आजाद भयो ।तर आजादीका लागि आजद हृदयले बाटो देखाएको थिए ।
कयौं अन्य नेताहरू पनि थिए जो अंग्रेजबाट आफूलाई जोगाउन भागेर नेपाल आएका थिए ।जसलाई नेपाली वीरहरूले सहयोग पुराए ।राम मनोहर लोहिया र जय प्रकाश नारायणलाई नेपाल सरकारले नै गिरफ्तार गर्यो । नेपालीले हनुमाननगर जेल नै तोडेर उनीहरूलाई मुक्त गराए । पछि राणाहरूले जयप्रकाशलाई आफ्नो घरमा राखेको भनी कृष्णप्रसाद कोइरालालाई गिरफ्तार गर्यो । पछि उनको जेलमै मृत्यु भयो । यस अभियोगमा राणाहरूले २००जना नेपालीहरू माथि मुद्दा लगाएको थियो ।
हाम्रा पूर्वजहरूले भारतको स्वतन्त्रताका लागि बलिदानी पूर्ण संघर्षमा ठुलो योगदान छ । तर उनिहरूको व्यवहार आफ्नो आजादी पछिको उस्तै अंग्रेजहरूले उनिहरू सँग अप्नाउँदै आएको व्यवहार छिमेकीहरूमा लागु गर्ने प्रयात्न गर्दै आएका छन् । जुन दुःखद इतिहास र वर्तमान हो ।