
प्रधानमन्त्री ओलीले राजतन्त्रवादी निस्तेज हुँदै गए भनेर टिप्पणी गरेका छन् तर यथार्थ के हो भने राजसंस्थाप्रति झन झन आकर्षण बढेको छ, यसको अर्थ गणतन्त्रवादीको मुटुमो ढ्याङ्ग्रो ठोक्न थालेको छ । नवयुवराज हृदयेन्द्र शाहको जुम्ला भ्लग सर्वाजनिक भएपछि प्रम ओलीले निवासमै आयोजित एक कार्यक्रममा ज्ञानेन्द्र शाह कुशका राजा हुन् भनेर बेमौसमको बाजा बजाएका थिए । यसअघि पूर्वराजाका संवाद सचिव डा.फणिराज पाठकलाई सन्देशहरूमा श्री ५ भनेर लखेवापत नै प्रहरी लगाएर दिनभरि नियन्त्रणमा राख्न लगाएबाट पनि गणतन्त्रवादीको पसिना छुटेको बुझ्न सकिन्छ । हिजोआज आफ्ना निकटका सञ्चारमाध्यममा राजसंस्थाप्र िनकारात्मक सन्देश प्रवाह गर्ने गराउने कार्य भएको छ । गत बुुधबार एक साप्ताहिकमा त्यस्तै भावको समाचार छाप्न लगाइएको देखियो । गत चैत १५ को तीनकुने घटनामा पूर्वराजाका भतिजी स्व. धीरेन्द्रकी छोरीलाई जोड्न खोजिएको छ । एक पत्रकारसहित दुईजना सर्वसाधारणको मृत्युमा सिताष्मा शाहलाई जोडेर सरकारले नियन्त्रणमा लिन खोजेको तर त्यसपछिको परिणामलाई मध्यनजर राखेर सरकारले राजाका संवाद सचिवलाई मात्र नियन्त्रणमा लिएर सोधपूछ गरेको समाचार लेखाइयो । सबैलाई थाहा छ, त्यस दिनको घटनामा सरकारकै दमननीति र दुराशयबाट हुनपुगेको थियो ।
राप्रपा, आन्दोलनकारी र राजसंस्थावादीले त्यस दिनको घटनाको न्यायिक छानबिन गर्न माग गर्दा सरकारले अटेर गरेकै हो । यसबाट पनि थाहा हुन्छ, किन र कुन उद्देश्य राखेको छ, सरकार कति प्रतिषोधकारी छ भनेर । सिताष्माले धवल शमशेरलाई फोन गरेकै कल रेकर्डका आधारमा सिताष्मालाई जोड्नु भनेको निर्मल निवासलाई उक्त घटनामा दोषी देखाउनु र सत्यलाई विषयान्तर गर्नु हो । भन्नैपर्छ, यो गणतन्त्र, यी गणतन्त्रवादीहरू जनताको नजरमा खस्की सके । यो पद्धति चल्न नसक्ने खोटो भइसक्यो । यो नेतृत्व असक्षम, भ्रष्ट र राष्ट्रघाती सावित भइसके । नजतालाई अझ पनि झुक्याउन खोजिरहेका छन् । हो, द्वन्द्व बढाएर राजसंस्थावादीलार्य कमजोर पारिएको छ । प्रश्न छ, कति दिन ? जनता सचेत भइसकेका छन् ।
कांग्रेसका वीपीलाई जननायक, गिरिजालाई क्रान्तिनायक, एमालेका मदन भण्डारीलाई जननेता, माओवादीका प्रचण्डलाई गणतन्त्र नायक संवोधन गर्न रूचाउने तर दुईपल्ट राजा भइसकेका ज्ञानेन्द्र शाहलाई श्री ५ लेख्न नहुने अचम्मको तर्क छ गणतन्त्रवादीहरूको । पूर्वराजा ज्ञानेन्द्रप्रति जनआकर्षण बढेको र नवयुवराजप्रति जनताको क्रेज बढेको देखेपछि गणतन्त्रवादी आत्तिन पुगेका छन् । त्यो आकर्षलाई रोक्न र बितृष्णा फैलाउनकै लागि यस्ता खाले बकम्फुसे समाचार बजारमा ल्याएर गणतन्त्रवादीले न्यानो अनभूति गरेका हुनसक्छन् । राजसंस्थावादी सचेत हुनुपर्छ, संगठित र सहकार्यमा विश्वास गर्ने हुनुपर्छ । गणतन्त्रवादीको दमनमा पिसिने कि प्रतिकारमा उत्रने ? राजसंस्थावादीले बुझ्नुपर्ने सत्य हो । आन्दोलन गर्ने, तात्ने सेलाउने प्रकृया लामो भयो । १८ वर्षदेखि राजसंस्था र हिन्दुवादीहरू असन्तुष्टि देखाउँछन्, आक्रोश पोख्छन् तर निरन्तरको प्रतिकारमा उत्रन र आफ्नो भावना, अपेक्षा पूरा गर्न एकतावद्ध भएर लाग्न सक्दैनन् । यही कमजोरीको फाइदा उठाएर गणतन्त्रवादीको हिम्मत बढेको हो, भ्रष्टाचार गर्दा हुन्छ भन्ने तिनलाई लागेको हो । फलस्वरूप जनता आशा मार्दै उदासीन र निराश हुनपुगेका हुन् ।
जनता जताबाट पनि धोखामा परेका छन् । राप्रपा र अन्य विभिन्न अभियन्ताहरू सलबलाएजस्तो गर्छन्, परिवर्तन हुन्छ भनेर सन्देश दिन्छन्, फेरि चिस्सिन्छन् । यतिबेला परिवर्तन चाहनेहरू चिस्सिएको अवस्थमा छन् । यिनलाई सन्निपात लागेजस्तो देखिन्छ । अगुवाले अगुवाई गर्न सकेनन्,असंगठित जनताले आन्दोलनलाई निरन्तरता दिन सकेनन् । राजाले आह्वान गरेकै हुन्, जनताले साथ पनि दिएकै हुन्, जो अगुवा नेतृत्व छ, त्यो नै परिवर्तन हुनलाग्यो भनेपछि पलायन भएपछि कसरी परिवर्तन सम्भव हुन्छ र ? अब जनता सलहजसरी निस्कने भए भनेपछि सत्ताधारी गणतन्त्रवादीले राज्यदमन गर्न सबै अस्त्र प्रहार गर्छ, अनि आक्रोश सेलाउँछ ।
सोच्ने आमनागरिकले हो । राज्यदमन सहँदै जाने, राष्ट्रघात हेर्दै रहने कि अस्तित्वरक्षाका लागि जुध्ने ? नेतृत्व जो छन्, ती त अवसरवादी जस्ता छन्, राजतन्त्र आइहाले, खाइहाल्ने । सर्वस्व त देश र जनताको सकिन्छ । यसकारण जनताले बिद्रोहको बिगुल बजाउनुपर्छ, अग्रसर हुनुपर्ने समय आयो ।