Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

नयाँ पिर्ढीले उठाएका सामयिक आवाजहरू

२२ बुधबार , श्रावण २०८२२ दिन अगाडि

नयाँ पिर्ढीले उठाएका सामयिक आवाजहरू

– सुरेशकुमार पाण्डे-------------

हालै एउटा आयोजना आव्हान दाङले गरेको थियो ‘सामाजिक अन्तरक्रिया’ ‘हाम्रो आवाज–हाम्रो संदेश’ कार्यक्रममा सहभागी हुने मौका जुर्यो ।
त्यो कार्यक्रममा छात्र छात्राहरूले निम्न विषयहरूमा निम्न बक्ताहरूले आ–आफ्नो धारणा राखेका थिए ।
(१) लैङ्गिक भेदभाव र हाम्रो दायित्व– अदिति के.सी. ,
(२) हाम्रो शिक्षा प्रणाली–अनामिका घर्ती मगर,
(३) लागु पदार्थ दुव्र्यसन् र त्यसको प्रभाव–मेधावी बुढाथोकी,
(४) समाजिक सञ्जालको प्रयोग र यसको असर – सोम्या आचार्य,
(५) दाइजो प्रथा र सामाजिक प्रभाव – रितु महरा,
(६) अन्धविश्वस र सामाजिक प्रभाव–प्रवर्विण रिजाल ।
बालबालिका द्वारा यिनै छ वÞटा विषयहरू माथि अत्यान्तै गहन तरिका बाट प्रष्टपार्ने काम भएको थियो । आठ, नौँ कक्षाका विद्यार्थिहरूले जसरी कार्यक्रम प्रस्तूत गरेका थिए त्यो अत्यन्तै सह्राहनीय थियो । त्यसबाट उपस्थित् हरकसलाई प्रभाव परेको मैले महसूस् गरें ।
कार्यक्रमलाई हेर्दा हाम्रो देशको भविष्य उज्वल त छँदै छ, सुरक्षित् पनि छ । साथै आउने पिढिले समाजलाई परिवर्तन गर्नेछन् ।
बालबालिकाहरूमा देशभक्ति भावनाको गहिरो झलक् देख्न सकिन्थ्यो । आज देश चौतर्फिय अतिक्रमणमा परेको वेला र देशभित्र कयौँ लेण्डुप दोर्जेहरूको सञ्जालको यो अवस्थाम हाम्रा बाल बालिकाहरूमा देशभक्ति भावनाको विकास हुनु नै देश सुरक्षित हुनु हो ।
रूढिवादी संस्कारमा हुर्केका, गर्भै देखि धुम्रपान मदिरापान गर्दै आएका, व्यक्तिहरूलाई त्यो संस्कार भन्दा आफुले आफैलाई क्रमिक परिवर्तन् गर्न थालेका छौँ । आजको पुस्ताको यो प्रगति देख्दा हाम्रो समाज अत्यन्तै प्रगतीको पथमा लम्किंदै गएको महसूस् भयो । हुन त समाज र प्रकृति जगतमा क्रमिक विकास हुन्छ, परिवर्तन् हुन्छ । यो सबै प्राकृति समाज परिवर्तनशील छ, शङ्का छैन । 
हिंजो हाम्रो समाजमा सती प्रथा थियो,देउकी प्रथा थियो,त्यो सती प्रथा हटउन कयौँ वर्ष शंघर्ष पनि भयो ।सती प्रथा समाजको लागि खराब हो यसलाई हटाउनु पर्छ भन्ने थाहा हुँदाहुदै पनि त्यो कुप्रथा लम्विदै गएको थियो । सरकारमा जङ्ग बहादुरले वि.स.१९१० मा त्यो हटाउन प्रयास गरे । तर त्यो मात्र १२ वर्षकी किशोरी अर्थात त्यो वेलाकी महिला विधुवा भएपछि सती जान नपर्ने । १२वर्ष भन्दा पछिका किशोरीहरूको श्रीमान मरेपछि सती जाने । यसरी हामिले त्यो कस्तो समाजथियो भनेर बुझ्न सकिन्छ ।
पछि जङ्गबहादुरले नै त्यो आयु सिमा बढाएर १६ गराएका थिए । अब १६ वर्षसम्मका महिलाहरूलाई सतीजान छुट भयो । सती जान छुट हुनुको अर्थ उनिहरू अकालमै मर्नपरेन् । पछि वि.स.१९७७ मा मात्र चन्द्र शंशेरले सती प्रथा माथि ६७ वर्ष पछि पूर्ण रोक लगाएका थिए ।
एउटा कुप्रथा अथवा अपराधलाई हटाउन लामो शंघर्ष गर्न पर्दोरहिछ ।
यस्तै आर्को देउमाई जातीभित्र आर्को कुसंस्कार थियो । उनिहरूको जातमा जन्मिएकी पहिलो छोरीलाई देवÞताको नाममा छाड्ने (चढाउने) चलन थियो । त्यो महीलासँग विवाह हुँदैनथ्यो ।
बोक्शी प्रथा अँझैपनि छ । जसबाट  अँझैपनि मुक्त हुन बाँकी नै छ । नियम छ कानून् छ तर सोंच छैन ।
अनि कसरी समाज मुक्त हुनसक्छ ? यस्तै प्रकारको कुप्रथाले समाजमा घर जमाएको छ । त्यसलाई समाजमा दृष्टिकोणमा परिवर्तन् हुनुपर्दछ ।
अहिलेसम्म उचारण गर्दा पनि महिला र पुरूषलाई मात्र गरेका छौँ । तेस्रो लिङ्गलाई त हामि सम्झिनै चाहँदैनौँ । किन की हाम्रो त्यो बानी बसेको छ  । अब उप्रान्त हामीले यतातिर पनि ध्यान दिनुपर्ने हुन्छ । यद्यपि जनसंख्याको ०.०१ प्रतिसत अर्थात २ हजार ९ सय २८ उनिहरूको सङ्ख्यापनि देखिन्छ । नेपालको जनसंख्या २ करोड ९१लाख ६४ हजार ५ सय ७८ अर्थात् ५१.०२ प्रतिसत महिला छन् ।
छुई प्रथा अर्थात् मासिक धर्मको अवसरमा गरिने सामाजिक विभेदको बारेमा  । अहिलेको अबस्थामा यसबारे धार्मिक संग संस्था र स्वायम महिलाहरू सचेत हुनुपर्ने देखिन्छ । यद्यपि पुरूषहरू पनि उत्तिकै जिम्मेवार छन् । धेरैजसो स्वयम महिलाहरू यसबाट विद्रोह गर्न कताकतिले खोजेपनि परायजसो धेरै मात्रामा महिलाहरू यो कुप्रथालाई जोगाउने पक्षमा देखा पर्दछन् वा मौन समर्थनमा बसेका हुन्छन् । यद्यपि छाउ गोठमा कुनै घटना घट्यो भने गोठ भत्काउने हल्ला गरेको देखिन्छ । हल्लाले सुधार आउँदैन ।
जो अन्तरकृयाले प्रष्ट पारेको छ । यसबारेमा अथवा उपरोक्त शीर्षकहरू छुट्टाछुट्टै रूपमा मिहिन तरिकाबाट निरन्तर प्रष्टाउँदै जानुपर्दछ ।
हाम्रो शिक्षा प्रणालिमा सुधार ल्याउनुपर्ने बारे प्रष्ट छ । आज घोकन्ते शिक्षाले जीवीका चल्दैन् । ज्ञानका साथै रोजगारमूलक शिक्षाको खाँचो पनि छ । शिक्षामा किताबका भारि बोकाएर विद्यार्थिहरूलाई उनिहरूको प्रतिभाबाट बिमुख पार्ने काम हुँदै आएको छ । पढेका विद्यार्थीहरूको देशमा खपत छैन । १२ पास गरेपछि विदेश जाने तैयारी गर्छन् । 
लागु पदार्थ दुव्र्यसन् र प्रभाव–
गाँजा, अफीम, कोकाको झार पात, चरेस, हिरोइन, ब्रउन सगुर, मदीरा आदि जसको सेवनले व्यक्तिको शारीरिक र मानसिकरूपमा असर पुराउँछन् । सरकारले लागु औषध नियन्त्रण ऐन ल्यायो, ऐन प्रभावकारी छैन । नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सुचना प्रकासित गरि तोकिएका लागु औषध माथि प्रतिबन्ध लगाएको छ भने कतिपयलाई नियन्तरण गर्ने निर्देशन दिएको छ । तमाखु, गुट्खा आदिमा सिग्रेट, बिडी र सूर्तीजञ्य चीजलाई रोक्ने प्रयास गर्दै आएको छ । हाम्रो समाजमा सदियौंदेखि जरा गाडेर बसेको मध्य यो नशा पनि हो । कतिपयका घरमा त मदिरा उनिहरूले कुल पित्रिहरूलाई चढाउँने चलन नै छ । लागु पदार्थ, मदिरा सुर्तीजञ्य बस्तुको लतमा मानिस फस्यो भने उम्किन सक्दैन । यसले आफ्नो स्वास्थयको अलवा ,परिवार र समाजलाई समेत नर्क तुल्य बनाइदिन्छ । धेरैजसो अपराध, चोरी डकेती,हिँशा र हत्या समेत यस्तै नशाको मातमा अथवा लतका कारण भएका हुन्छन् । यसले मानसिक र सारीरिक रूपमा पनि रोगी बनाइदिन्छ । यसबारेमा जनचेतनाका लागि निरन्तर यस्तै कार्यक्रमको आयोजना गर्दै जानुपर्दछ ।
समाजिक सञ्जालको प्रयोग र यसको असर– कम्प्युटर वा मोबाइलमा इन्टरनेट प्रविधि मार्फत आफूले प्राप्त गरेका वा आफैले सिर्जना गरेका ट्वीटर,फेसबुक र ईन्स्टाग्रामजस्ता सामाजिक सञ्जलाले आफूलाई मनमा लागेका भावना ब्यक्त गर्ने ठाउँलाई भनेर बुझ्नुपर्छ ।युट्यूब र टिकटकजस्ता सञ्जालले पनि आफ्नो प्रतिभा निखार्ने, तिखार्ने र मनोरञ्जनको अवसर दिएको छ ।अहिलेको अवस्था विश्वमा क्षणभरमा सम्प्रक र वाइफैस कुरा हुनसक्दछ ।भिडियो र भ्बाइस मैसिज द्वारा, वड्सप आदिबाट थोरै शुल्कमा धेरैभन्दा धेरै कार्यक्रम प्रसारण गर्न सकिन्छ । यो मानव समाजमा ठुलो उपलब्दीनै हो ।
तर यसका कयौँ नकारत्मक पक्ष पनि छन् । बालबालिकाहरूमा पर्न गएको लत् भिडियो ग्याम, अश्लिल् तस्विरहरू, झुटा समाचारहरू, अपरिचित व्यक्तिद्वारा असमाजिक र नकारात्मक संदेशहरू आदिले यो दुषित बन्दै गएको देखिन्छ । कतिपयको घर नै वर्बाद पनि भएको देखिन्छ ।
यसलाई हामीले सदुपयोग गर्नेहो भने यसबाट धेरै ज्ञान आर्जन गर्न सकिन्छ । यसबारे केही जानकारीहरूः–  वल्र्ड सोसल मिडिया डे पहिलो पटक सन् २०१० को जून ३० देखि मनाउँदै आएको देखिन्छ । विश्वको पहिलो सोसल मिडिया प्लेटफार्म सिक्सडिग्रिज सन् १९९७ सार्वजनिक भएको थियो । जसलाई एन्ड्र वेनरिचले संस्थापना गरेकाथिए । तर त्यो ऐप दुर्भाग्यवस कुनै कारण २००१मा बन्द भयो । यसपछि विस्तारै फ्रेण्डस्टिर, माइस्पेस, फेसबुक जस्ता एपहरू आए । जसलाई मानिसहरूले सञ्चार तथा अन्तरक्रियाका लागि प्रयोग गर्न थाले । अब मानिसहरू टीवटर, इन्स्टाग्राम, लिङ्क्डिन्, स्नापच्याट जस्ता बिभिन्न प्लेटफार्महरू प्रयोग गरि जानकारीका स्रोत बनाइ रहेकाछन् । सन् २००४मा मार्क जुकरबर्गले हार्वर्ड विश्वविद्यालयमा छँदा उनका कालेज कोठामा  सँगै बसने सहपाठी साथिहरू जो कमप्यूटर विज्ञानका विद्यार्थिहरू थिए  एडवार्डो साभरिन,डास्टर्न मोसकविट्ज, क्रिस ह्यूजेस र एन्ड्यु म्याककोल्म सँग मिलेर स्थापना गरेका थिए । अहिले पचास करोड जना भन्दा बढीले एकाउन्ट खोलिसकेकाछन् । यसका सकारत्मक र नकारात्मक बारे जनचेतनाका लागि यस्ता क्लासहरू, अन्तरक्रियाहरूको नियमित आयोजना गर्दै जानुपर्छ । ताकि यसबाट हुने सकारात्मक र नकारत्मक बारे जानकारी होस् ।
अब यो दाइजो प्रथा र सामाजिक प्रभाव–  वास्तबमा दाइजो प्रथा र यसले पारेको सामाजिक प्रभाव, खास गरेर निम्न वा सामन्यातः स्तरका परिवारमा यसको भयानक असर देखा परेको देखिन्छ । कैयौँ किसोरीहरूको विवाह नै हुनसकिरहेको हुँदैन भने कयौँ पारिवारीक कलेसका कारण आत्महत्या समेत गर्नपुग्छन् । दैजो खास गरेर मधेश प्रदेशमा यसको बढि असर देखापर्दछ । यसरी हेर्दा यो समाजमा रहेको कलङ्क नै हो ।
तर सम्पती महिलाहरूको जन्मशिद्ध अधिकार हुनुपर्छ भन्ने लाग्छ । छोरा छोरी बराबर हुनभने छोरीको पनि छोरा सरह अधिकार हुनुपर्छ । यो दया र मायाले दिनेलाई अधिकार भन्न मिल्दैन । छोरा सरह पैत्रिक सम्पत्तिमा अधिकारको व्यवस्था हुनुपर्छ ।
आजको पुरूष प्रधान समाजमा महिलाहरूको अत्यान्तै दयनीय र पिछडियको अबस्था छ । उनिहरू पहिले बाबा,दाजु भाई अनि विवाह भएपछि उनिहरू श्रीमान र पछि छोराको अधिनस्त भएर उनिहरूको आश्रृतमा बाच्नु परेको हुन्छ ।उनिहरूको समान अधिकार नहुँदा आफ्नो जीविकोपार्जनका लागि ब्यश्यवृद्धी समेत गर्न बाध्य भएका हुन्छन् । महिलाहरू आजको युगमा पनि दुनियाभरिका बेश्यालयहरूमा पशुतुल्य नारकीय जीवन बिताइरहेका देख्छौँ । यो पुरूष प्रधान र पुँजिवादी समाजको ऐना हो ।
यसबारेमा कलिला बालिकाहरूले उठाएको आवाजले ठुलो र ऐतिहासिक महत्व राख्दछ । अधिकारका बहानामा छाडा र पश्चिमी संस्कृतीबारे समयमै सचेत हुने र अंकूश लगाउनु पर्ने देखिन्छ । अहिले कतिपय छाडा गीत नित्यहरू हाम्रै समाजभित्र ओइरो लागेको अबस्था छ । सचेत र सभ्य समाजको निर्माण गर्न यस्ता अन्तरकिर्याहरू गर्दै जानु समयको माग भएको छ ।