
कोशी प्रदेश लगानी सम्मेलन २०२५
“कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान“ नारासहित पर्यटन वर्ष र कोशी प्रदेश लगानी सम्मेलन – २०२५ गत वैशाख १८ र १९ गते सम्पन्न भएको थियो । यो सम्मेलनमा सरकारले १ खर्ब ७३ अर्ब ४९ करोड अनुमानित लगानी जुटाउने लक्ष्यसहित कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आईटीलगायत क्षेत्रका ७१ परियोजना अघि सारेको थियो । प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको उक्त सम्मेलनमा लगानीको वातावरण पर्याप्त भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । लगानी प्राधिकरण कोशीका निर्देशक डाक्टर सरोज कोइरालाका अनुसार दुई दर्जनभन्दा बढी परियोजनाको सम्झौता भएका छन् ।
सम्मेलनको उद्घाटन सत्रमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशमा लगानीको ढोका खुला गर्न सम्मेलन आयोजना गरिएको बताएका थिए । निजी क्षेत्रको सहजताका लागि ८ वटा ऐन संशोधन गरिएको पनि बताएका थिए ।
विराटनगरमा आयोजना गरिएको यो पहिलो लगानी सम्मेलन थियो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कोशी प्रदेशको लगानी सम्मेलनले समृद्ध नेपाल निर्माणको अभियान सुरू भएको प्रतिक्रिया दिएका थिए । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लगानी सम्मेलन नयाँ सन्देश भएको बताए । एनआरएन अध्यक्ष बद्री केसीले देशको विकासका गैर आवासीय नेपालीले योगदान गरिरहेको र अझै गर्ने बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीको वातावरण अनुकूल छ, निर्धक्क भएर लगानी गर्न आग्रह गरेका थिए । कोशी प्रदेशका प्रमुख प्रतिपक्षी दल माओवादीका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशमा हुने लगानीले देशको आर्थिक विकासको ढोका खोल्ने उल्लेख गरेका थिए । कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीहरू शेरधन राई, उद्धव थापा र राजेन्द्रकुमार राईले लगानी सम्मेलनले अवसर सृजना गरेको र समृद्धिको ढोका खोलेको बताए ।
कोशी लगानी सम्मेलनमा सार्वजनिक–निजी साझेदारीका २७ परियोजनामा १ खर्ब ३५ अर्ब २० करोड र निजी क्षेत्रका १९ परियोजनामा १६ अर्ब ९६ करोड लगानीका लागि प्रदेशका मुख्यमन्त्रीकै उपस्थितिमा एमओयू भएको थियो । कोशी सरकारले लगानी प्रवद्र्धन गर्न कार्यविधि बनाएर कार्यान्वयनमा जाने स्पष्ट पारेको छ । ‘वैदेशिक लगानी संघ सरकारको क्षेत्राधिकारभित्र पर्छ, प्रदेशले स्वदेशी लगानी भित्र्याउँछ,’ एमओयु भएका सबै स्वदेशी लगानीका आयोजना हुन् ।
लगानी सम्मेलनमा एमओयू भएको सर्वाधिक ठूलो लगानी अर्थात ३२ लगानीको उदयपुरस्थित क्लिंकर उद्योग हो । त्यसपछिको २६ अर्ब लगानीको योजना सुनसरी र उदयपुरमा हरित हाइड्रोजन उत्पादन हो । तीभन्दा साना लगानीका अन्य योजनाहरू मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सोलु, झापा, ताप्लेजुड, इलाम, खोटाड्मा होटेल, रिसोर्ट, अस्पताल, सपिङ कम्प्लेक्स, बसपार्क, पार्क, पर्यटकीय ताल, विद्युतीय गाडी एसेम्बल प्लान्ट, क्लिंकर उद्योग, वाटरपार्क, हाउजिङ, फोहोर व्यवस्थापन, डिजिटल डाटा सेन्टर, केबलकार, पोडवे, कोल्ड स्टोर, बेसार उद्योग, चिया उद्योग, छुर्पी उद्योग, किबी र एभोकाडो खेती, जडीबुटी उद्योगदेखि कोदोको रक्सी उत्पादनसम्मका छन् ।
भेटवार्तापछि पूर्वमन्त्री गिरिराजमणि पोखरेलको प्रतिक्रिया
जारी अमेरिका भ्रमणको क्रममा हालै न्यु जर्सीमा अन्तर्राष्ट्रिय र नेपाली कानुनका ज्ञाता र अर्थशास्त्री गालब ढुङ्गानासँग भेटघाट भयो । भेटघाटको निष्कर्ष यही हो ः नेपालको आर्थिक रूपान्तरणको लागि उहाँसँग धेरै सकारात्मक सोचहरू छन् । चार दशकदेखि नेपालकै पासपोर्ट लिएर अमेरिकामा काम गरिरहनुभएको रहेछ । बाहिर सार्वजनिक ढंगले चर्चामा पनि आउन नचाहने र सामाजिक सञ्जाल पनि प्रयोग नगर्ने उहाँको मनमा अहिले पनि नेपालप्रतिको अगाध माया पाएँ । आर्थिक रूपान्तरण र विकासले मात्र नेपाललाई आन्तरिक रूपमा मजबुत बनाउन सक्छ भन्ने चेतनालाई सोलार इनर्जीको उत्पादनको दिशामा लागेर व्यवहारमै पुष्टि गर्न खोजिरहनुभएको रहेछ । मनमोहन अधिकारीको नाउँमा स्थापित मोरङमा रहेको प्राज्ञिक संस्थालाई परिवारको तर्फबाट जग्गा मात्र दिनुभएको छैन, त्यो प्रतिष्ठानसँग मिलेर काम पनि गरिरहनु भएको छ । पछिल्लो समयमा आएको ग्रीन हाइड्रोजनको अवधारणालाई काठमाडौँ विश्वविद्यालय र त्यसमा कार्यरत कतिपय बुद्धिजीवीहरूले मलाई बुझाउनुभएको थियो । त्यो अवधारणालाई अगाडि बढाउने एउटा स्वप्न द्रष्टाको रूपमा पनि मैले गालबजीलाई पाएँ । सत्ता र प्रतिपक्षमा बस्ने सबैले उहाँको कुरा सुन्नुपर्छ । र, जहाँ समस्या छन्, त्यहाँ समाधान गर्न अग्रसरता लिनुपर्छ । संयुक्त राज्य अमेरिकाको मेरो वैयक्तिक अध्ययन र अवलोकन जारी छ । अहिलेसम्मको एउटा बुझाईः देश छोड्नेहरू मात्र छैनन्, देश फर्किनेहरू पनि तम्तयार छन्, तर शर्त यसका लागि वातावरण बनाउन जरूरी छ । संसारमा छरिएररहेका गैर आवासीय नेपालीहरूलाई नागरिकता दिने सन्दर्भमा आएका जटिलताहरूलाई समाधान गर्ने दिशामा सरकार र संसद्का कदमहरू ज्यादै ढिला र सुस्त देखिन्छन् ।
(शनिबार, जुन १४, मेरी ल्यान्ड संयुक्त राज्य अमेरिका)
लौ बधाई छ, कोशी प्रदेशलाई
म अमेरिका आएदेखिन् सधै एक–आपसमा एकनासले कुरा गर्ने श्रद्धेय व्यक्ति, अन्तर्राष्ट्रीय वरिष्ठ कानुनविद्, अर्थशास्त्रीय विद्वान, तारा–किशन फाउण्डेसनका प्रेरक आदरणीय श्री गालब बहादुर ढुङ्गानाज्यूसँग अपर्झट भेट भयो । वहाँसँग भेट नभएको धेरै भइसकेको थियो, केहि बर्ष अगाडि मध्य म्यान्हाटनको भ्mउष्चभ क्तबतभ द्यगष्मिष्लन को ५७औं तलामा रहेको वहाँको निजि कार्यालयमा भेट भएको थियो ।
ठुल् ठुला ४–५ रमक्णीय कोठामा ५–६ जना सहायक र सुरक्षाको कडा जाँच पछि पुगिने वहाँको कार्यकक्षबाट न्युयोर्क सहरको पुर्व, दक्षिण र पश्चिम सहरको रमणिय दृश्य देखिने भएकोले कहिले काहि वहाँसँग भेट गर्ने निहुँले साथीहरूलाई निक्कै सुरक्षाका बाबजुद पनि सहर हेर्नका लागि लानेगर्थे ।
वहाँसँगको भेट नभएको भए पनि वहाँलाई भेटन जाने नै मनसाय थियो किनकि एउटा समाचार सुनेको थिए “प्रधानमन्त्रीले कोशी लगानी सम्मेलनको उद्धघाटनमा कोशी प्रदेशमा हाइड्रोजन उत्पादन गर्नका लागि श्री गालब ढुङ्गानाले २६ अर्ब रूपया लगानीमा न् ।क्ष् । क्इीब्च् ीक्ष्ःक्ष्त्भ्म् ँइच् ँइइम् ७ भ्ल्भ्च्न्थ् क्ष्ल्म्भ्एभ्ल्म्भ्ल्ऋभ् नामको उद्योगको उद्धाटन गर्नु भएको थियो ! प्रधानमन्त्री, मुख्य मन्त्री र सचिवहरूसँगको हस्ताक्षर साटासाट भएको देखेको र सुनेको हुनाले भेटगर्ने उत्सुकता जागेको थियो । मैले समाचार सुनेको र देखेको बेला ‘स्क्रीनसट’ गरेर राखेको
थिए । भेट हुँदा सोध्ने मौका पर्खेको थिए ।
वहाँले आफ्ना स्व. बुवा र आमाको नाममा बिराटनगरमा १० बिघा जमिनमा सोलार आयोजना जडान गरेको त भन्ने थाहा थियो तर हाइड्रोजन उत्पादनका लागि अरबौं लगानी गरेको थाहा थाहा थिएन, आज भेट भयो, सँगै खानपिनका साथ भलाकुसारी गरियो, मसँग भएका स्क्रिनसट देखाएँ ! हो रहेछ, अनि फेसबुकमै राखे .. लौ बधाई छ कोशी प्रदेशलाई । यो सफल र सम्पन्न भयो भने कोशी प्रदेशका जनता विश्वकै धनी बन्नेछन् साथै नेपाल देश विकसित राष्ट्रको सुचि भित्र पर्नेमा दुइमत नै छैन ! सफलताको कामना गर्दछौ । (गालव ढुंगानाका साथमा किशन धामी)
– किशन धामी