Advertisement Banner
Advertisement Banner

०८ बुधबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

प्रेमको लत ड्रग्सको भन्दा गाढा

०७ मंगलबार , श्रावण २०८२२ दिन अगाडि

प्रेमको लत ड्रग्सको भन्दा गाढा

नेपालगञ्ज आसपासको एरिया र यहाँ भएको प्रसिद्ध रानीतलाउलाई लिएर साहित्यकार कल्पना खरेलले एउटा अर्को उपन्यासको रूपमा २०७९ मा ‘रानीतलाउ’ लेखेकी छन् ।
जसलाई संपादन रोशन दहालले गरेका छन् र मञ्जरी प्रकाशन गृहले प्रकासित गरेको छ, अशोक खनालले सुन्दर आवरणमा सजाएका छन्, मुद्रक दिदी बहिनी प्रिन्टिङ् प्रेसले गरेको छ । भूमिका डा.दामोदर पुडासैनी ‘किशोर’ले मिहिन तरिकाबाट लेखेकाछन् । चितपरिचित लेखिका किरण आचार्यको पनि शुभकामना लेख छ, अन्तिममा लेखिका खरेलको धन्यवाद लेख छ । नेपालगञ्जको बारेमा मध्यपश्चिम स्रष्टा नेपालगञ्जले ‘सद्भावको सहर नेपालगञ्ज’नामक पुस्तक प्रकासित गरेको थियो । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर सन् १८६१ तिर अंग्रेजबाट जङ्गबहादुरले फिर्ता पाएको भूभाग हो । 
यस कृतिमा हिंदी भाषा पनि ठाउँठाउमा प्रयोग भएको छ । 
मुख्य पात्र– रेखा (म), बब्लु, पिङ्की, लतिफ, र उनिहरूको बा आमा, अनि सहायक बुधनी, रञ्जन्, प्रशान्त, चाँदनी लगायतका छन् । यहाँ गरिब, धनी र जातिय आधारमा भएका बिभेदहरूको बारेमा गहन प्रश्नहरू र त्यसको समाधान पनि खोज्ने सक्दो प्रयास गरिएको छ । अन्तरजातीय प्रेमलाई समाजले हेर्ने दृष्टिकोण र अन्तरजातिय प्रेम पछि प्रेमिल मनहरूले खेप्नुपर्ने पिडालाई कथाले जीवन्त बनाएको छ ।
कथा सुरूसुरूमा केटीहरूको सारिरिक अबस्था र उनिहरूलाई हेर्ने सामाजिक दृष्टिकोण, त्यसबाट पर्ने मानसिक प्रभावलाई मिहिन ढङ्गबाट उठान गरिएको छ । कथा सामयिक छ ।
आजको पुरूषप्रधान समाजमा यसरी निडर भएर लेखिकाले सबै सामाजिक जालोलाई च्यात्ने आँट गरेकी छन् ।
लेखिकाबाटे ‘रानीतलाउ’ उपन्यास प्राप्त गरेको हुँ । पुस्तक पढेपछि पाठकीय प्रतिकृया लेख्ने जमर्को गरेँ ।
रेखा सँगसँगै पाठशाला जाने चाँदनीको कथा अत्यन्तै मार्मिक छ, जसले पाठकलाई भाबुक मात्र बनाउँदैन, लज्जित पनि गर्दछ । एउटी तेह्र वर्षिय केटी जसको भबिष्यनै जातीय परमपराको बली चढ्न पुग्छ । ऊ अचानक स्कुल आउन छाडेपछि रेखा उसको पत्ता गर्न उसका घरमा पुग्छे र उसैको मुखबाट जो कथा सुन्छे त्यो हरेक व्यक्तिको लागि पिडादायक छ । आजको समाजमा पनि जातीय विभेद, देहव्यापारले सर्मसार बनाईदिन्छ । रेडलाईट एरियामा भएका यस्ता घटनाहरूलाई भण्डाफोर गरेको छ । कथाले समाजमा हलचल ल्याउँछ ।
लतिफ पनि स्कुल आउन छाड्यो । एउटा धर्म इस्लाम धर्म उनिहरूको कानुन जसले बाल बच्चाहरू जन्मिनु अल्लाहको देन भनेर रोक्नुलाई पाप सम्झिन्छन् । जब रेखा उसका घरमा पुग्छे । लतिफ भाई बहिनीहरूलाई पाल्न पढाई छाडेर कलिलै उमेरमा रिक्सा चालाउन थालेको हुन्छ  ।  उसको बाउले माटाका भाडा बनाएपनि त्यो बिक्री 
हुन्न । गरिबी झन झाँगियो अनि नौ दश भाइबहिना कसरी पाल्ने ? लतिफलाई  सम्झाएर परिक्षा दिन रेखाले लगाउँछे । 
रानीतलाउ एउटा संसार नै बनेको छ । नेपालगञ्जको गर्मी लामखुट्टे र खुल्लामा पाइखाना जाने अहम मुद्दाहरूलाई कथाले उठाएको छ ।
पिङ्की, लतिफ, बल्लु, रेखा, एउटै ग्रुपमा ट्यूसन पढ्न थाल्छन् । किसोर अवस्थामा प्रवेश गरेसँगै शारीरिक र मानसिक रूपमा पनि केही फरक हुनु स्वाभाबिक हो । उनिहरूको सहयात्रा र चिसो मौसमले पनि उनिहरूलाई झन् नजिक तान्दै गयो । ट्यूसनको आर्को ग्रुपमा बुद्नी, सायदा, रोशन र आतिक पनि छन् । उनिहरू छुट्टै समयमा जान्छन् । उनिहरूको बिचमा पिङ्की र लतिफहरूको विचमा एक वर्षमै प्रेम गाढा हुदै जान्छ । उनिहरूलाई देखेर ब्बलु र रेखामा पनि प्रेम बस्छ । कथामा भनिएको छ “प्रेमको लत भनेको ड्रग्सको लतभन्दापनि  गाढा हुन्छ ।’ वास्तबमा प्रेमले जातभात, धनी गरिब रूपरङ्ग यी सबै देख्दैन । उनिहरू एसएलसीमा अब्बल नम्वर लिएर उत्कृष्ट भएपछि रानीतलाउ महिन्द्र बहुमुखी कलेजमा भर्ना हुन्छन् ।
उनिहरू त्यहाँ गएपछि नयाँ साथीहरू भेटघाट हुन्छन् । रूप र टाइलेन्ट छ भने त्यसले छिट्टै अरूलाई आकर्सित गर्छ । उनिहरूलाई देखेर नयाँ साथिहरू रञ्जनले पिङ्कीलाई मनपराउन थाल्छ । प्रशान्तले पनि रेखालाई ।
टीकापुर भ्रमणबाट फर्कदा बसमा नाचगान चलेको वेला पिङ्कीलाई लतिफले र रञ्जनले मनपराउनुकै कारण झगडा हुन्छ । कथाले एककोहोरो प्रेम पनि अत्यन्तै खतरनाक हुन्छ भन्ने देखाएको छ । साथै मधेशीहरूले पहाडीयालाई हेर्ने दृष्टिकोण पनि उजागार गरेको देखिन्छ । साथै त्यो वेला कालेजहरूमा गरेको दादागिरी पनि कथाले प्रष्ट सङ्ग देखाएको छ । यसबाट पनि प्रष्ट हुन्छ स्वयम रञ्जनका बाबाले बिवाह पछि केटाहरूमा सुधार हुनसक्छ की भनेर आशा गरेका छन् । रञ्जनका बाबा र पिङ्कीका बाबा प्रकाश र बिष्णु  पञ्चायतकालका काग्रेसका भूमिगत नेताहरू मध्यका हुन्, जसले प्रजातन्त्र ल्याउन सङ्घर्ष गरेका थिए ।
उनिहरू दुबैजनाले आ–आफ्ना छोरा छरीको बिवाह गर्ने समझदारी 
बनाउँछन् । तर पिङ्कीलाई एक आखिर सोध्न पनि उचित सम्झिंदैनन् । छोरीहरू कतिको कम्जोर मानसिकताका हुन्छन् भन्ने कथाले प्रष्टाएको छ । यहाँ पिङ्कीले उनिहरूका कुरा सुनेकी छ, रोएकी छ तर बिरोध गर्न सकिन । पछि उसले रेखालाई भने सुनाउँछे ।
एकातिर रञ्जनले आफ्नो र पिङ्कीको बिवाहको बारेमा कालेजमा व्यापक प्रचार गर्दैछ । लतिफ डहन 
मुरमुराउँछ । झगडा हुन्छ ।
यो झगडा पहाडी र मधेशी विचको युद्ध बन्न पुग्छ । जसरी भएपनि पिङ्कीलाई प्राप्त गर्ने रञ्जनको योजना छ । प्रजातन्त्र आएको प्रथम वार्षिक उत्सव सात फागुन २०४७ पुरा हुन्छ । यही दिन बिष्णुकै घरमा प्रकाश र निरञ्जन बाबा छोरा र अरू दुइजना आइपुग्छन् । जनई सुपारी गरेर बिवाहा पक्का गर्ने सल्लाह हुन्छ । अहिले पनि पिङ्कीलाई 
सोधेनन् । समाजमा छोरीको हैशियत देखिन्छ । रेखाले लतिफको पत्र पिङ्कीलाई दिन्छे, घर बसाउने भन्छ । रेखाले दिएको साथ सहयोग र सपोटले पिङ्कीको हिम्मत बढ्छ । उनिहरू भागी बिवाह गर्छन्, भारततिर लाग्छन् ।
रञ्जनले लतिफको घर घेरेर आन्दोलन गर्छ । नेपालगञ्जमा हिन्दु मुसलमानविच दङ्गानै फैलिन्छ । मारकाट हुन्छ र सरकारले कर्फू लगाउनुपर्छ । पछि सबै राजनैतिक प्रमुखको मिटिङ बसेर सम्झौता गरेको कथामा उल्लेख छ । बिष्णु गौतम एउटा प्रतिष्ठित् व्यक्ती हुन् । उनैको छोरी एउटा गरिब रिक्सावाला मुस्लिमले भगाएपछि उनि आफैपनि मृत्यूतुल्य भएका छन् । छोरीको इच्छा मार्दाको परिणति ।
बिस्तारै माहोल समान्य हुदैजान्छ । फेरी सबै जातजाती मिलेर होली पर्व मनाउँछन् । पिङ्कीको यो घटनाले रेखाको परिवारमा शङ्कालु बनाई दिन्छ । उनिहरूले केटा खोज्छन्  । रेखाको आमा साबित्रीको माइती तर्फबाट फौजीको प्रस्ताब आउँछ । यहा रेखाले हिम्मत देखाउँछे । उसले साफ मना गर्छे फौजी सङ्ग बिवाह गर्न । आफुले बब्लुलाई मनपराएको कुरा पनि आफ्नो बाबालाई भन्छे । बब्लु एउटा कुमाल परिवारको रिक्सावाला । रेखाको बाबाको सोंच सकारात्मक भएकोले दुर्घटना हुन पाउँदैन । त्यही वेला रेखाको हजुर आमाको जुठो पर्छ । बिवाहा रोकिन्छ । आर्को वर्षको होली पर्वमा पिङ्की र लतिफ काखमा छोरी बोकेर घर फर्किन्छन् । 
त्यही वेला सीता पिङ्कीको आमालाई अटेक आउँछ । अनि यो काममा लतिफको परिवारले रगत दिएर उन्को प्राण जोगाइदिन्छन् । यहाँ जुनसुकै जातको पनि रगत एउटै हुन्छ भन्नेबारे राम्रो संदेश कथाले दिएको छ । विष्णुले सुनका बाला कल्ली मात्र होइन घडेरी र छोरीलाई आधा जमिन समेत दिन्छन् । बक्सपत्र गर्छन् । यसरी उनिहरू लतिफहरू बराबरका हुन्छन् अब यहाँ धनी गरिबको उपट खपट रहेन । कथामा आर्को मोड आउँछ, रेखाको प्रेमी बब्लु जापान 
गयोे । समय बित्दै गए बब्लुले प्रसस्तै धन् सम्पत्ती कमायो । त्यो देखेर सावित्री रेखाको आमाले पनि बब्लुको बारेमा सकारात्मक सोंच बनाईन् । यहाँ पैसालाई मान्छेले दिएको महत्व प्रष्ट हुन्छ ।
एकदीन बब्लुको संदेश आयो छिट्टै घर फर्केर बिवाह गर्ने र साथै रेखालाई सङ्गै लिएर जाने बिचारको पत्रले ऊ अत्यन्तै खुसि थिई । २५गते बब्लु आउने ऊ बाटो कुरेकी थाई । आठ वर्षपछि उनिहरूको मिलन हुदैथियो । तर त्यहीवेला आर्को संदेश आयो बब्लुलाई हार्टअट्याक भयो । उसको शब बाकसमा राजधानी आइपुगेको समाचारले रेखालाई गइरो झट्का 
लाग्यो । आठ वर्षे प्रेमको मृत्यु 
हुनपुग्यो । प्रवासी जीवनको दुःखद घटना देखाइएको छ । रानीतलाउ, यो उपनयास जीवनको एउटा सिङ्गो दस्तावेज हो । जीवन र समाजलाई कुना कुनाबाट चियाएको छ ।  उपन्यासकार कल्पना खरेलको यो कृतिले समाजका र बिसंगति उधिन्न सकोस्, सुधार आओस् । 
हार्दिक शुभकामना ।