
यो सरकार असफल भइसक्यो, कुहिएर झर्छ । माओवादीका नेता दीनानाथ शर्माको भनाइ हो यो ।
यो सरकारले राष्ट्रलाई बदनाम गरायो, विश्वजगतमा नेपालको छवि बिगा¥यो भन्ने आरोप पनि शर्माको छ । माओवादी सरकार फेर्न वा सरकारमा जान इच्छुक छैन, प्रतिपक्षीको भूमिका निर्वाह गर्छ भन्दै शर्माले भनेका छन्– ‘यो सरकारलाई अब नालायक त के भनौँ, तर यो सरकार असफल भइसक्यो । देशलाई बदनाम गराउने विषयमा चाहिँ यो सरकार सफल छ । यो देशमा हामी मात्रै छैनौँ, १४० भन्दा बढी देशका कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरू यहाँ छन् । हरेक दिन राज्यको तर्फबाट भएका भ्रष्टाचार र अनियमितताका केसहरू चाहे संसदमा हुने गतिविधिहरू हुन् वा चाहे सरकारको तर्फबाट हुने गतिविधिहरू हुन्, या चाहे न्यायालयबाट हुने फैसला र हुने गतिविधिहरू हुन्, ती राष्ट्रको शिर निहुरिने प्रकारका देखापरेका छन् । आज विश्वभरि नै नेपाल भ्रष्टाचारीहरूको देश, दण्डहीन, मानव तस्करी गर्ने, तस्करहरूलाई संरक्षण दिने, शिक्षा स्वास्थ्यमा ध्यान नदिने भनेर सन्देश प्रवाह भइरहेको छ । यस कारणले यो सरकार सबै पक्ष र पाटोबाट नेपाल र नेपालीहरूको शिर निहुराउने र नेपाललाई बदनाम गराउने काममा सफल देखिन्छ ।
पूर्वमन्त्रीसमेत रहिसकेका शर्माको आरोप छ– सामाजिक न्याय र समृद्धि, राष्ट्रिय हितको पक्षमा यो सरकारले काम गर्नै नसकेको ठोकुवा गरेका छन् । मलाई लाग्छ गठबन्धनका साथीहरूको आत्माले पनि अहिलेको सरकार र नेतृत्वले राष्ट्रलाई हित ग¥यो भन्दैन होला । यो सरकारले राम्रो परिणाम दिन सकेन, दिनै सक्दैन । किनकि यो सरकार नीति र नैतिकतामा अडेकै छैन, चलेकै छैन । सरकार असफल भयो भन्दैमा आफ्नो दल माओवादी केन्द्र सरकार फेर्नमा सक्रियता प्रदर्शन गरेको छैन । उनले भनेका छन्– हामी ०८४ सम्म जनताको बीचमा जान्छौँ । हामीले धेरै धोका खाइसकेका छौँ । अब बेइमानीहरूसँग सङ्गत गर्दैनौँ । हामी त सङ्गठन निर्माणमा जान्छौँ, प्रतिपक्षको हैसियतले सडक र सदनबाट आवाज उठाउँछौँ । यो सरकारलाई हामीले गिराउनै पर्दैन, यो सरकार त आफैँ कुहिएर झर्न लागेको छ, झर्छ । यो सरकारका गठबन्धनभित्र उकुस मुकुस बढेको देखिन्छ । यो उकुस मुकुस फुट्छ, त्यो फुटेपछि यो सरकार आफै कुहिन्छ र ढल्छ । यस्तो सरकारबाट जनताले पनि आश मारिसकेका छन् । जनआस्था नै गुमाइसकेको सरकार पनि सरकार हो र ?
राष्ट्रिय रूपमा समस्या आएको र सरकार बदनाम भएको सन्दर्भमा आफ्नो दलका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच हिजो भेटवार्ता र गम्भीर कुराकानी भएको पनि शर्माले खुलासा गरे । राष्ट्रिय राजनीतिमा प्रचण्डले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र अहिले समस्या आउँदा पनि त्यहीअनुसार आफूलाई प्रस्तुत गरेको उनको भनाई छ । उनले भने,‘माओवादी जिम्मेवारीपूर्वक उभिन्छ । राष्ट्रिय हितकको लागि हामी गम्भीर हुन्छौँ । राष्ट्रिय रूपमा समस्या आयो, सरकार बदनाम भयो । नेपाली कांग्रेस सरकारमा छ, ठुलो दल भएको कारण पनि कांग्रेस जिम्मेवार हो । कांग्रेसले किन सरकारको दाबी गरेन ? ओलीको ठाउँमा देउवा किन बन्नुभएन ?’ उनले आफूहरू सरकार ढलाउनुपर्छ भनेर गणितीय खेलमा नलागेको दोहो¥याए । उनले कांग्रेस–एमालेको सरकार र गठबन्धन चलिराख्दा नै आफूहरूलाई फाइदा हुने हिसाब सुनाए ।