
मटिङ्गरे १ तलाई देश विदेश जहाँ मौका मिल्छ उँही सिद्धाइदिन्छुस बाँचौँला भनेको होलास् लेखेर राख स बुझिस रुडाँका थुक्क, नमे रातोपिरो हुँदै मटिङ्गरेलाई भन्यो।
बीहनै देखि घरमा कलेस छ, सबैका गाई बस्तुहरू बन पुगे तर यहाँ अगेनो चिसो छ, सबैका मन मष्तिकम आगो दन्केको छ।
उसाई रिश थियो घरबाट मटिङ्गरे घर छाड्न मानेको थिएन। सानै भएपनि मटिङ्ग्रे केही जानकारहरू सँग ग्वार माग्न पुग्छ। उसले नमेको बिरूद्धमा भलाद्मीहरूलाई जानकारी गराउंन गएको थियो।
नमे नजिकैको उधिनमा खुकुरी उधाइ रहेको थियो।कतिवेला प्रहार नै गर्छ की भन्ने डर। ूआफ्नो भाइलाई यस्तै भन्छन् तँलाई लाज स्रम छैन रु ू( मतिले नमेलाई हकार्दै भनिन्।आफ्नो मुटुको टुक्रालाई कसैले मार्छु भन्दा कसलाई पो मन दुख्दैन हो।
त्यो पनि अरू कोही त थिएन ,आफ्नै छोराले भाई मार्छु भन्दा मतिको आँखाबाट आसु छचल्किन थाल्यो तर उसको मर्म कसले पो बुझ्थ्यो।जसको लाठी उसैको भैंशी भनेको त्यत्तिकै कहाँहोर र?
नमेका शब्दहरू मतीको मुटुमा झिर जस्तै गएर बसेको छ।
तिमि पनि धेरै नकराऊ चिरदिन्छु यही खुकुरीले तिमिलाई पनि आमा न सामा, नमेले खुकुरी फन्काउदै आमालाई भन्यो।
उसको मनमष्तिकमा राक्षश प्रेवेश गरेको भान हुन्थ्यो।आफ्नाबाटै फतफताउँदै कहिले भित्र कहिले बाहिर गर्दै छ। मार्नै त सकेको थिएन उसले। अरू त भन्ने नभन्ने कुनै कसर पनि बाकी छाडेन।
आज रूवाबास छ। घरमा केही दिन पहिले देखि सुन्दर घर बनाउदै गरेका गहुँथलीहरू पनि चुपचाप छन्।साहिद उनिहरूले पनि घरको कुरा बुझेर बैराकिएका छन् १
मतिले नमेलाई न जन्माए पनि आफ्नै छोरा जस्तै गरेर पालेको त हो तर पनि किन यस्तो मुर्खाईं गर्दैछ नमे रु
के आजको समाजमा नाता सम्बन्ध मरिसक्यो रु कत्तिपनि मान मरियादा बाँकी छैन।एउटा पाटोको लागि आपसमा मार्ने र मर्ने अबस्था सिर्जना भयो। कसले न्याय दिने यी बिना बाउका टुहुराहरूलाई र?
आखिर सधैँभरी त को पो बाँचि रहन्थ्यो र? जन्मेकाहरूलाई कसैले नमारेपनि त अवश्य मर्नै पर्छ एकदिन।
आफ्नो बाले बिवाह गरेर ल्याएको सौतेनी आँमा भएपनि आमा समान त हुन्।उनको कसुर नै के थियो र?
नमेलाई कसले सम्झाव़स् बरू भड्काइदिने आफ्नती लडाउने सारा समाज सम्झाउने त अपबाद छन् मिल्नै गारो हुन्छ।
नमेको सानि बहिनी जन्मेपछि आमाको मृत्यु भयो।त्यसपछि रविले मटिङ्गरे की आँमालाई धोकासँग अरू कसैलाई देखाएर ल्याएका रहिछन् ।
उनि र मतिको आयुमा पनि आधा भन्दा बढीको फरक थियो।
सारा जीवनभरि जुवामा मस्त रविलाई बिवाह नगरेको भएपनि त हुन्थ्यो। सन्तानको कमि त थिएन।तर पुरूषहरूलाई बिवाह गर्ने थुप्रै बहाना हुन्छन्। पुरूषप्रधान समाज मर्दका दशौटी भन्ने नेपाली समाजमा उखाननै छ
खाने मुखलाई जुँवाले छेक्दैन भनेको जस्तै स रविलाई पनि छोरी सानै छ ,रेखदेख गर्न आमाको खाँचो पर्छ भन्दै मतिलाई ल्याएउँने प्रसस्तै बहाना मिल्यो।
पुरूषहरू आफ्नो इच्छा जाग्यो भने ,आफुलाई नपताएपनि अरूलाई देखाएर केटी फकाउने प्रयास गर्छन्।जसरी तसरी आफ्नो जालमा पारेरै छाड्छन्।
अहिले पछिल्लो वर्ष रविको मृत्युपछि लगातै उनिहरू बिचमा आपसी बिवाद झाँगिदै थ्यो । नमे आफ्नो बाको १३दिन पुग्दै छुट्टिएको आफै घोषणा गर्यो ।उसले यो घरमा आफ्नो मात्र अधिकार बताउँदै ूतिमिहरू गासे हौ गासा लागेर आएका यहाँबाट निसकिहालू( भन्दै कराइ रहेको थियो।मति स(साना बालबालिका बोकेर कहाँ जान्थिन्।
एउटा सानु चारपाखे घरमा सौताका छोराछोरी स्यारन आएकी आफ्नै कोखबाट पाँच छ भाइबहिना जन्माएकी ।दुःख गरेर एउटा राम्रो घर बनाउँन सफल मती आज त्यही घरबाट पनि बिस्थापित हुनुपरेको थियो।
आफ्नो पक्षमा बोल्ने कोही थिएन टाडाको माइत आफ्नो भनेकै यिनै हुन् जसले आज काट्छु ,मार्छु नत्र यो घर खालि गरेर भागिहाल भन्दैछन्।
भर्भराउँदो उमेरमा लोग्ने गुमाएकी मतीलाई आज गहभरी आसु लिएर आफ्नै घर गुमाउँनु परेको थियो।यो हृदयबिदारक घटना नेपाली समाजमा नौलो त होइन तरपनि उन्को लागि त नौलो नै हो।
डोकामा केही आबश्याक भाडा र कपडाहरू राखिन र अगाडी काखको बालख च्याँप्दै डोको बोकिन। आमा अब हामि कहाँ जान्छौँ र? भर्खर टुक्रु टुक्रु हिंड्न थालेकी फुच्ची आमा तिर हेर्दै भनी। जवाफमा बोल्न सकिनन् मतिका आखाबाट आसुका थोपा तप तप खस्न थाले।
मटिङ्गरे ले गुन्टो बोकेको थियो । आमा तिर पिर्लुक्क हेर्यो आमाको आसु बगेकै थियो,बहिनिको हात चपक्क छोप्यो र भन्यो ू अब हामि आफ्ना घरमा जान्छौँ।त्यहाँ धेरै राम्रो छ।हाम्रो बहिना खेल्ने ठुलै आगन पनि छ।ू मटिङ्गरेले फुच्चिको हात डोराउँदै हिंड्यो। गोठमा गाई कराई रहेका थिए ,एककोहोरो कान ठाडा पारेर नियाली रहेका लालाबाला दाम्लै छिंडाल्छन की जस्तै गरेर कराउन थाले।
मटिङ्गरे बहिनाको हात थामेर हिंड्यो अनि आमा पनि सगँसगै उक्कालो लागे।
यही त थियो थोरै भएपनि आमाको मर्म बुझ्न सक्ने बाह्र वर्षिय जवान छोरा।जसलाई यो सबै परिवारको हेर देख गर्ने जिम्मा दिएर बा खसेका थिए।आफुले लगाएको केही ऋण पनि त यसैको जिम्मा थियो तिर्ने। भनिन्छ बाउले लगाएको ऋण छोराले तिर्न कर हुन्छ।
तीन चारव़टा गाई बाच्छा अगाडी अगाडी आफुहरू पछिपछि एक घन्टाको पैदल यात्रामा लागे।कहिले फुच्छीलाई गुन्टामा राख्छ कहिले गाइका बाच्छा डोराउँ छ।आमाले काखको छोरा र पछाडी गरूङ्गो डोको बोकेर हिंडिरहिन घायल मन आसुमा तिता सम्झनाहरूलाई आशुमा बगाउदै छिट्छिटो पाइला चाल्दै उनिहरू आफ्नो गोठे घरमा पुगेर समान थन्काउन थाले।
यहा त हाम्रो दादालाई कसैले मार्दैन नि आमाँ । आमाको काखमा टांसिदै फुच्चीले भनि।अँझैपनि मतिका आँखा रसाउन छाडेका थिएनन्।कसैले मार्दैन तेरो दादालाई ।यति भनेर उनि जोड जोडले रून थालिन।
आज भोक तिर्खा भन्ने त कोसौँ टाडा थियो। ती कालु गाई पनि भोकाएको थिएन।उसैको बाच्छोलेपनि दुध मागेको थिएन।उनिहरू पनि चिन्तित् थिए होलान्।
एकछिनमै जुरूक्कै उठिन मटिङ्गरे अगेनामा आगो बाल्न थाल्यो।उसले नजिकैको घरबाट आगो मागेर ल्यायको थियो। आमालाई आफ्नो भन्दा आफ्ना बचेराहरूको चिन्ता त हुन्छनै। उनले अगेनामा भाडो राकेर मैकै भुट्न थालिन्।