Advertisement Banner
Advertisement Banner

२८ मंगलबार, माघ २०८२10th February 2026, 12:33:31 am

अन्जान भय, रहस्य, स्वीकार अनुभव र अलमल

२५ बुधबार , असार २०८२७ महिना अगाडि

अन्जान भय, रहस्य, स्वीकार अनुभव र अलमल

   ससानै हुँदा शङ्ख बजेको सुनेपछि मुटुको धडकन बढ्ने गर्थियो, पुजा र मृत्युको सङ्ख बजाइको अवस्था जानकारी  भएपछि केही राहत महसुस हुन्थ्यो, लास बोकेर ल्याउदा बाटो छाडेर भिर कान्लामा पुग्थे, गुरुङहरुले मृत्यु हुदा ढ्याङ्रो बजाउदा त मुटुमै बजाए जस्तो अनुभव हुन्थ्यो, एक समय तत्कालीन अवस्थाका उमेरमा दाजु परेपनि निक्कै हेलमेल भएका पारिवारिक आर्थिक अवस्था पनि सबल भएका तेक्वान्दोमा ब्ल्याक बेल्ड छिमेकी सरोज श्रेष्ठको असामयिक निधन भएपछि तिनाउ घाटमा पुर्याएर चितामा राखियो, जल्दै गरेको त्यो शवलाइ बेला बखत लौरोले पिट्दै दाउरा थप्दै गरेको ध्यानपुर्बक हेरेपछि मेरो केही भय तिरोहित भयो, लास भनेपछि परै भाग्ने ज्यानले अब छिमेकी र नातेदारका लास बोक्न पनि अग्रसरता देखाउन थाल्यो।
  समय अनुसार उमेर गुज्रिदै आउँदा ओशोका ज्ञान ध्यान सङ्ग साक्षत्कार हुन पुगियो र रहस्यको खोजीमा अलिक समय लगानी हुन पुग्यो, मृत्यु शास्वत र स्वभाविक लाग्दै गयो, काठमाडौं आएपछि त झन पटक पटक आर्यघाट, समाधि र सुन्सान ठाँउमा पुगियो, तन्त्र बिज्ञान सम्बन्धि चासो बढ्यो, मृत्यु ध्यानबाट मृत्युका अनुभव गरिए पनि सामान्य अवस्थामा रहदा जिवनका उद्देश्य प्राप्तिका कामना कुरा गर्दा मृत्युको भय पैदा हुन्थ्यो, कसैको मृत्यु हुँदा बखतको त्यो बेजोड अवस्थाको साक्षी भने हुनसकेको थिइन तर आफ्नै नाडि अशान्त भएपछि कसरी अर्कोको नाडी शान्त भएको थाहा पाउनु रु तर यसरी हेरचाह र माया गरेको शरिरका हरेक अङ्ग पोलिदै जादा पनि पोलिनेले हार्दिकतापुर्बक स्वीकार हुने, त्यो देख्दा लाग्छ एकदिन त सबै जानुपर्छ भन्ने, तर कहिले रु सामयिक या असामयिक रु
   साधनाको जोड बल र सिद्धि द्वारा कतिपयले इच्छा मृत्युवरण गरेको सुनिएको हो तर सान्सारिक ब्यक्तिले जिवनका महत्त्वपूर्ण भोग र प्राप्तिका लागि लाग्ने कि मृत्युको तयारी गर्ने रु कहिले पुग्छ भोगको समाप्ति रु सायद त्यहि आकाङ्क्षा गर्दागर्दै यमराज आएर यमपुरीको यात्रा गराउछ , मृत्यु हुनुभन्दा अगाडि राम भन , नारायण भन , हरि हरि भन भनेपनि चेत गुम्दै गएर अध्यारो हुदै गरेका अवस्थामा कान आखाका ज्योतिले पनि ठाँउ छाडीसकेका हुनन तर कोहि कसरी मृत्युको घोषणा गरेपछि पनि जिवनमा फर्केर आउछ रु प्राण कहाँ अडकिएको हुन्छ रु कि यमराजको गल्तिले मृत्यु भैसकेको मान्छेले पुनस् जिवन प्राप्त गर्छ । 
    खैर यावत अनुभव भए पनि ति पनि पोलिने रहेछन्, मानव खोपडिमा गोपनिय तवरबाट मृत्युपर्यन्त संग्रह गरिएका तमाम किसिमका स्मृति दृश्य सबै केही घन्टामै जलेर खरानी हुनेछन्, मलामी र जानकारहरुले उ सङ्गका स्मरण सम्झेर मुर्ति बनाउलान्, कथा लेख्लान्, कविता लेख्लान् वा मस्तिष्कमा फ़ेरि अर्को फाइल बनाएर संग्रह गर्लान् ।  
  
स्वा. अमानो 
सागर पाण्डेय 
काठमाडौं, खाल्डो