
रवि लामिछानेको सहकारी मुद्दाबारे पहिलोपल्ट कांग्रेस बोलेको छ । कांग्रेसले केन्द्रीय समितिको बैठकबाटै सहकारी मुद्दा छिटो टुङ्ग्याउन र दोषीलाई कारवाही गर्न आह्वान गरेको हो । रास्वपाले राजनीतिक प्रतिषोध साधियो भनेर देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको बेलामा कांग्रेस यसरी बोलेको हो । कांग्रेसले सहकारीमा ठगिएका बचतकताृको ५ लाखसम्मको बचत चाँडो फिर्ता गर्ने वातावरण मिलाउन पनि आग्रह गरेको छ ।
कांग्रेसको विज्ञप्तिमा भनिएको छ– ‘‘कतिपय सहकारी संचालकबाट ठगिएका बचतकर्ताको बचत सुरक्षित गर्दै बचतकर्तालाई ५ लाखसम्मको रकम यथाशीघ्र फिर्ता दिलाउन प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउँदै यस विषयमा कुनै विलम्व नगरी प्रकृयामा रहेका सबै मुद्दाहरु चाडै टुङ्गो लगाउन र दोषी देखिएकालाई यथाशीघ्र कानूनी दायरामा ल्याई समस्याको दीर्घकालिन समाधान गर्न आवश्यक रणनीतिक कदम चाल्न समेत सरकारसँग जोडदार माग गर्दछ ।’
सहकारी मुद्दामा कतिपय कांग्रेस नेता पनि आरोपित छन् ।