
सुरेशकुमार पाण्डे--------------
लघुकथा कल्पध्वनि विश्वनेपाली साहित्य महासंघ नेपालकी अध्यक्ष , ज्ञानयोग निरोग साधना केन्द्रकी अध्यक्ष, अन्तरराष्ट्रिय नेपाली प्रगतिशील साहित्य प्रतिष्ठानकी अध्यक्ष लगायत बिभिन्न संघ संस्थामा कार्यारत तथा बिभिन्न संघ संस्थाबाट पुरस्कृत र सम्मानित् । बिभिन्न बिधाकी लेखिका साहित्यकार कल्पना पौडेल जिज्ञासुको छैटौं एकल कृतीको रूपमा जन्मिएको लघुकथा लघुकथा कल्पध्वनिभित्र पसेर सरसरति नियाल्दा उब्जिएको बिचार।
लघुकथा संग्रहको आवरणमै प्रष्ट देखिन्छ यसभित्र के छ भन्ने बारे। विद्रोहका तरङ्गहरू एउटी नारी खुल्ला हवामा पंक्षि झैं उड्न खोजेको।अदिश्य आकृती जसले कुसंस्कार र समाजिक बिभेदका जन्जिर चुँडालेको छ। अहिलेको समयमा यस्ता बन्धनहरूले भावना र आस्थालाई रोक्न सक्दैन भन्ने बिषयलाई आवरण चित्रले इङ्कित र पुष्टि गरेको छ ।
पुस्तकको पछिल्लो आवरणमा लघुकथाका प्रख्यात भिष्लेसक तथा समालोचक डा.पुष्करराज भट्टको प्रसंस्निय शब्दहरू द्वारा सजिएको छ। कल्पना पौडेल जिज्ञासुको बारेमा मैले नै जानकारी गराउँनु पर्दैन।उहाँ चितपरिचित फाँटकी लेखक मध्य हुनुहुन्छ।महिँलामा हुने तमाम असमानताको ,रूढीवादी र कुसंस्कार बिरूद्धमा लगातार आवाज उठाउँदै आएको अथक र जुझारू नेत्रृको रूपमा मैले बुझेको छु।
दयालु र उद्दार स्वभावकी जिज्ञासुसँगको मेरो चिनजान पनि लेखहरूबाट नै सर्वप्रथम भयो। पछि उहाँको इजराइलको बसाइकै दौरान फेसबुकको माध्यामबाट देखभेट भएको हो। हाम्रो मझेरीबाट प्रकासित हुने सयुँक्त गजल संग्रहको लागि उहाँलेनै मलाईपनि आफ्ना रचना पठाउँन आग्राह गरेपछि हाम्रो सयुँक्त गजल संग्रह प्रकासित भयो।यही नै हाम्रो पहिलो सहकार्य थियो।
त्यसपछि उहाँको एकल रचना भावनाका भेलहरू गजल संग्रह ,जून हराएको रात पनि पढ्ने मौका पाएं । कचहरी नीति कथाको विमोचनमा पनि म उपस्थित थिएँ।यसरी हाम्रो चिनजान भेट घाट सहकार्य लेखन नै हो। उहालाई प्रगतिशील महिंला लेखिकाको रूपमा बुझ्न सकिन्छ।
अहिले लघुकथा - कल्पध्वनि मलाई अलि पहिले रातो डाडांको भेटमा मिलेको थियो।पुस्तकहरूका चाङ्का बिचमा त्यो कथा सरसर्ती पढेर राखियो, मैले अध्यायन गर्न पाएको थिएन । अहिले त्यसभित्र फेरी पसे र अध्यान् गर्दा निम्न बिचार लेख्न त्यो सानो पुस्तिकाले प्रेणा दिइयो।
यसको पाठकिय समिक्षा गर्दा कत्तिको न्याय दिन सक्छु त्यो त भन्न सक्दैन,तर प्रयास गर्ने जमर्को गरेको छु।स्रजक र कृतिलाई सकेसम्म अरूलेपनि बुझ्नैपर्छ भन्ने मेरो जिज्ञास हो।
जिज्ञासुले यो कृती आफ्नो दाजु भाउजु प्रति समर्पणगर्नु भएको छ।यसले उहाँको मनमा उहाँहरू प्रति भएको अघात सम्मान जनाउँछ। सन्तान् देखि सद्भावसम्म कूल ५५व़टा लघुकथाहरू यो कृतिमा समाबिष्ट छन्। कल्पना फाउन्डेसन नेपालले प्रकासित गरेको छसजस्को उहाँ आफै संस्थापक हुनुहुन्छ। प्रकासकिय लेख स्वायम फाउन्डेसनका उपाध्यक्ष तथा श्रीमान ऋषिराम सापकोटा सर आफैले लेख्नु भएको छ।र लेखिकाको भनाई पनि छ।प्रथम संस्करण १००० पर्ती, मूल्य २५०, पेजहरू कथा सुरू भएपछि १ देखि ७६ उल्लेख छ तर असिको हाराहारिमा छन्।
लघुकथा सकेसम्म अढाई सय शब्दहरूमै टुङ्गाउनुपर्छ भनिन्छ।लघुकथामा आकास्मिक उठान, एउटै परिवेस सललल बगेको कथा थोरै पात्रहरू र झट्केदार समापन संदेशमूलक, व्याङ्ग्यत्मक र कालखण्ड दोश नभएका लघुकथाका मुख्य बिशेषताहरू हुन्। लघुकथाको नियम भन्दा पनि यसभित्रका प्रत्येक लघुकथा संदेश मूलक छन्। खास गरेर सबैजसो लघुकथाले प्रगतिसिल धार पच्छाएका छन्। यही लघुकथा कल्पध्वनिको मुख्य बिशेषता हो।महिँला माथिहुने बिभेद,जातिय छुवाछुत, साहित्यमा भएको धांद्ली, घोकन्ते पढाइको असरको बारेमा,स्वास्थयका लागि योग ,मानिसले कम्जोरीको फाइदा उठाउँन सक्छन् ,भन्ने संदेशका साथै परदेशिका पिढाहरू समेतको जानकारी कथाले दिएको छ।
गरिबहरूले आफ्नो उपचार गर्न सकिदैन । सरकारले दिएको सहयोगबाट ठुला सर्ने न सर्ने रोगको उपचार हुनसक्दैन तसर्थ रोग लाग्नु दिनुहुँदैन।योगा गर्नुपर्छ। खानपानमा पनि ध्यान् दिनुपर्छ। ध्रूमपान, मध्यपान, मदिरा र लागु औषधको पनि प्रयोग नगर्न लघुकथाले चेतवानी दिएको छ।बालिकाहरू समेत घरेलु हिंशामा पर्नसक्छन् भन्नेबारेमा पनि लघुकथाले सचेत गराएको छ।निम्न अनुसार सटिकमा केही लघुकथाको लगु शमिक्षा गरिएको छ।
सन्तान् : व्याङ्ग्यत्मक झट्का दिएको छ। जसलाई सन्तान सम्झेर रूपा र मदनको उपहास भएको थियो । जस्तै मर्ने वेलामा हरियो काँक्रो अर्थात बुढा भएपछि पनि बच्चा जन्माउँने भन्दै उपहास गरिरहेकैवेला बल्ल त्यो सन्तान् एउटा कृती थियो भनेर पाठकले बुज्छन् ।अन्तिममा यसले पाठकलाई कोतहोलता र झट्का दिन सफल भएको छ।
औकात-दैजो प्रथा समाजमा झाँगिदै गएको देखाएको छ।
सम्मान्वृ-द्धा सासु ससुराको सम्मान् स्यार सुसार गर्ने बुहारीको सम्मान् हुनुपर्छ भन्ने संदेश दिएको छ।अचेल बुहारीहरूको सासुससुरा प्रतिको व्यवहारले आवक भएको अबस्थामा यस्ता कथाहरूले समाजिक सोंचमा केही टेवा पुग्न सक्छ।
छोरी - पुरूष प्रधान समाजमा छोरीको भविश्यमाथि प्रश्न चिन्ह लागेको छ।उनिहरूमाथि जघन्य अपराधले कतिसम्म खौफ सिर्जित भएको छ भन्ने कुरा यो शम्बादले छर्लङ्गै पारेको छ। मन्दिराले आफ्नो सात महिनको गर्भ मसार्दै भन्छिन् - छोरी नजन्मिए हुन्थ्यो।ूएउटा आमाले यस्तो जिज्ञासा राख्छन् भने छोरीको अबस्था हाम्रो समाजमा कस्तो रहिछ होलारु छोरीको कारुणिक अवस्था झल्किने खालको लघुकथाले हर कसैको मन छुनसक्छ। आमाले गर्भमा रेहेको शिशु सकेसम्म छोरानै जन्मिए हुन्थ्यो भन्न बाध्य भएकाछन् ।
ू सङ्कल्पू( हाम्रो समाजमा गर्भै देखि बिंडी सिग्रेट,ककड सुल्फा पिउँने लत बसेका अँझैपनि थुप्रै भेटिन्छन्।जब ताकत हुन्छ रोगले दस्तक दिएको पत्ता लाग्दैन त्यो वेलासम्म देखाजाला भन्ने चलन छ।तर जब ला(इलाज बनेर प्रकट हुन्छ त्यो वेला बुद्धी आएर के गर्ने रु यसले एस्तै प्रकारको संदेश बोकेको छ।हामिले ध्रूमपान गर्नै हुँदैन भनेर समाजमा सचेत गराएको छ।
मानवता- सबैभन्दा माथि मानवता नै हुन्छ।बिपरित दुई समूदायको बिचमा जुन सद्भाव देखिन्छ रगत दिएर ज्यान जोगाइदिएको देखिन्छ । यसमा कुनै जात धर्म भन्दा पहिलो मानवता नै हो भन्ने संदेश छ। जमाना पहिलेका सुत्केरीहरू बच्चा जन्माएर आफै भात पकाएर खानसक्थे,पानी आफै ओसार्थे , दश पन्ध्र दिनपछि पिस्ने कुट्ने आफै गर्थे ।त्यो वेला बाध्यता पनि थियो र बलिया पनि थिए त्यो समयलाई अहिले तुलना गर्न मिल्दैन।अहिले पहिलेकै जस्तो आर्गेनिङ्ग खानकी पनि छैन र सारिराक काम सँग लगातार जोडिएका पनि छैनन्।
यस्तो अबस्थामा सुत्केरी भएकी महिँला सँग योन सम्बन्ध गर्नु त्यो एक प्रकारको अपराध पनि हो।पहिले पनि त्यसता अपराधहरू नभएका त होइनन् तर त्यो मोनतामा बिलाउथे।अहिले यदाकदा बिद्रोहमा छचलकिन्छन्। यसबारेमा पुरूषहरूलाई सचेत हुन चेतवानी दिएको छ।
ूप्रकृतीू( देशमा विकास त्यत्तिकै हुँदैन। त्यसको लागि प्रकृति श्रोत र साधनको उपयोग त गर्नैपर्छ तर त्यसको दुर्पयोगले अहिलेको अबस्थामा हुने बाढी पहिरो, भुइचाल आदि विनास्कारी गतिबिधि हुँदै आएको छ। प्रकृतीको दुर्पयोग नगरौँ। वृक्ष लगाउँ अनावस्याक फडानी नगरौँ जस्तो संदेश कथाले दिएको छ।
ूआँमाू( एउटा महिलाँ र पुरूष बिचमा प्रेम सम्बन्ध पछि जन्मिएको पुरूष भागेपछि शिशु जन्माएर आफ्नो बद्नाम हुनेडरले छाडेको पछि बच्चाको मोह जाग्छ र टेस्टट्यूव प्रकृयाबाट बच्चा जन्माउँने प्रयासपनि बिफल हुन्छ तर उहि बालिका ठुलि भएको अबस्थामा पुन उही अस्पत्तालमा भेटिन्छे।यसता घटनाहरू हाम्रो समाजमा घटेका समाचारहरू आइनै रहन्छन्।
बौद्धिक चोरी साहित्यकारहरूको लागि यो लगभग यो अनौठो कुरा लाग्दैन तर एउटाको पाण्डूलुपी चोरेर कृति निकालेर सम्मान समेत पाएको यो घटनाले हर कसै साहित्येकारलाई सचेत पार्नसक्छ।अहिले यस्ता घटनाहरू हुँदै आएका समाचार भेटिन्छन्।
कसैको प्रतिभा चोरी गर्नुपनि एकप्रकारको अपराध हो। पुस्क पढौं किनेर पढौं जसले लेखकलाई उर्जा दिनसक्छ।
यसरी प्रत्येक लुघुकथाले पाठकलई अमूल्य शिक्षा प्रदान गर्ने छ भन्ने मलाई लाग्छ।यसमा भएका सबै लघुकथाहरू पठनिय छन् ।
एउटि महिँला ले आफ्ना श्रीमानका छरिएका रचनाहरूलाई पुस्तकको आकारमा तैयार पारेर श्रीमानलाई जन्मदिनको उपलक्षमा उपाहर दिन आफ्नो साख्खै भाईसँग सहकार्य गरेकी हुन्छे तर उनिहरूबिचको कुरा हुँदा स्वायम श्रीमानले आफ्नै श्रीमति कतै सल्किएको ठान्द छ उसको चरित्रमा सङ्का गर्छ।यसले पुरूषहरू कत्तिको सङ्कालु हुँदा रहिछन्, आफ्नै जीवनसाथि प्रति अबसिवास गर्दा रहेछन भन्ने देखाएको छ।महिंलाहरू कत्तिको प्रेम गर्दा रहिछन् भन्नेपनि यो लघुकथाले देखाएको छ। कथा रोचक छ शिक्षामूलक पनि छ।
उनमुक्ति( पुरूषप्रधान समाजमा महिँलाहरूको अस्तित्वनै छैन जस्तो देखिन्छ ।स्वायम श्रीमान आफैले लाहुर जान बाख्रा दश हजार हात पारेर भएपनि बच्ने कुरा गर्छ , तर उसको गैर हाजिरिमा श्रीमतिले बाह्र हजार पारेर उसैको हातमा थमाउँदा उसलाई चुट्छ हकार्छ ू कसलाई सोधेर बेचेकी हौस् भनेर हकार्छ ।यस्तो घटनाले समाजमा पुरूषकै रजाई छ भन्ने देखाउँ छ। ू(जीवन बुटीलेू(योगा गर्नुपर्छ भनेर संदेश पुराएको छ। अधिकारकर्मिू सकेसम्म संगठित भएपछि मात्र न्याय मिल्नसक्छ भन्ने कथाले संदेश बोकेको छ।यसकथामा सौतेनी आँमाले संतानकै लागि आत्मात्यग गेरर राम्रो गर्छु भन्दा पनि नराम्रो हुनजान्छ भनेर देखाएको छ।आर्को तिर सौतेनी आमाँले छोरा छोरिले जति नजिक्किन खोजेपनि सौताका बचेरा हुन भन्ने सोंच पनि हुन्छ भनेर प्रष्टाएको छ। लघुकथाले बिभिन्न कोणबाट सचेत गराएको छ। लघुकथाले धेरैजसो अविस्वास,कुरिती र महिलामाथि हुने हिँशा, दलितहरूमाथि हुने सामाजिक भेदभाव, परदेशीका पिढा,सामाजिक कुरिती लगायतका तमाम बिषयमाथि ध्यान पुराएको छ।यसभित्रका ५५ कथाहरूले यस्तै यस्तै संदेशहरू बोकेका छन् ।धेरैजसो प्रगतिसिल बिचारधारामा उनिएकाछन्।कथा बस्तु ठिक छ ।पठनिय छ यो सानो लेखमा शंक्षिप्तमा यसरी लागेका बिषयमा प्रकास पारें।
अन्तमा लेखिका कल्पना पौडेल जिज्ञासुलाई बधाई तथा कृति सफलताको शुभकामना छ।