Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

हाम्रो देशमा के छैन ?

१३ शुक्रबार , असार २०८२४ दिन अगाडि

हाम्रो देशमा के छैन ?

अहिले लामो प्रतिक्षा पछि करिव नौ महिनाको अन्वेषण पछि आएको रिपोर्टले देशभरिका देश प्रेमिहरू खुसि भएकाछन्। दैलेखको पेट्रोलियम अन्वेषण गर्ने बारे चीनसँग सन् २०१६ मा प्रारम्भिक समझ्दारी भएको थियो। त्यो वेला झिनो आसाको जुनकिरिको उज्यालो जस्तै भएको मन् बिस्तारै सन् २०१९मा भएको काठमाण्डौमा चिनियाँ प्रतिनिधि आएर आफ्नै खर्चमा अन्वेषण गर्छौँ भन्दा यो कतै चिनले खुट्टा पसार्न खोजेको त होइन ? भन्ने सङ्का उपसङ्का मनमा जागेको थियो।हामि सधैँभरी ठगिएकाले पनि होला यदि कसैले सहयोग गर्छौँ भन्यो भने पनि सबैभन्दा पहिले सङ्का लाग्छ। हामि सदियौँ देखि ठगिंदै आएका बहुदल आएपछि पनि हाम्रा नेताहरू देशलाई झिलिमिलि पार्छौँ भन्दै देशको सार्भौमिक्ता सँग सौदा गर्दै खसी दिने फर्शि ल्याउँने परमपरा बनेको छ।यस्तो सास्ती झेलेका हामि कसैले राम्रै मनले पनि सहयोग गर्छु भनेपनि कतै यसमा पनि यसको शड्यन्त्र छ की भनेर एक पाइला पछि हड्छौँ।भुक्तभोगि भएको हुनाले पनि अस्वभाविक हो भनेर भन्न मिल्दैन। त्यही प्रकारले चीन सँगपनि त्यो वेला डर लाग्यो ।
जसरि तसरी चिनियाँ कम्पनि सँग सन् २०१९मा भएको खानी तथा भूगर्भ बिभाग सँग सम्झौता भएको थियो ।
उक्त सम्झौता भएको लामू समयपछि गत वर्ष २८बैशाखबाट औपचारिक रूपमा चिनियाँ प्राविधिक टोलिले अन्वेषण थालेको थियो। अन्वेषण कार्यका लागि आवस्यक उपकर्ण र जनशक्ति समेत आफै लिएर कार्य सुरू गरेको थियो । चीन आफैले त्यो कामका लागि दुई अर्ब रूपियाँ खर्चेको छ भन्ने समाचारमा जनाएको थियो । हामिले सच्चा मित्र चिन्न नसक्दा पनि समय समयमा धोखा खाँदै आएका छौँ ।
हुँन त कसैको निदारमा यो फटाहा हो शड्यन्त्रकारि हो भनेर लेखेको हुँदैन ।उसले अप्नाएको व्यवहारले उसलाई चिन्न सकिन्छ ,त्यो व्यवहारको मुल्याङ्कन गर्नसक्ने लियाकत भने आफ्नो हुनुपर्छ । तर कयौँ पटक हामिलाई रोजी बेटीको साइनो गाँसनेले ठगेर पनि फेरि कयौँ पटक ठग्गिनेहरूपनि छन्। पहिलो गलतिबाट शिक्षा लिन सके आर्को पटक फेरी गलति हुनबाट जोगिने थियौँ । हाम्रो मित्रता दिमाखले भन्दा आत्मियताले गर्दा हामि सधैँ चुकेका हुन्छौँ।
तर चिनसँग हामि त्यती ठगिएको देखिदैन।यसबारेमा अहिले चिनियाँहरूको व्यवहार मित्र देशले गर्ने यस्तै खाले व्यवहार हुनुपर्छ भन्न सकिन्छ।अहिले अन्वेषण टोलिले दिएको आफ्नो रिपोर्ट सन्तोष जनक आएको पनि छ ।
अहिलेसम्म उनिहरूले आफ्नै कर्मचारी र आर्थिक लगाएर अन्वेषण पुरा गरेकाछन् । बिभागले भने कुल ४५रोपनी जग्गा अधिग्रहणका लागि र करिव एक करोड रूपियाँ मात्र लगाएको बिभागका उप महानिर्देशक दिनेशकुमार नापितले बताएका छन् । बिभागले पेट्रोलियमको खानी रहेको सम्भावना देखिएका पाल्पा ,दाङ र सुनसरिमा समेत अन्वेषण कार्य अघि बढाउँने योजना बनाएको पनि उनले बताएकाछन् । यसरि यदि यिनी क्षेत्रहरूमा पनि ग्यास , पेट्रोलियम पथार्थ आदि प्राप्त हुन्छ भने हाम्रो देश विश्वको धनि देश बन्न समय लाग्ने छैन।यद्यपि यो देशबाट खनिज पदार्थ कोइला,चुन ढुङा र अन्य जडिबुटी कता गयो त्यो कुनै खातामा उल्लेख छैन्। कामना गरौँ यो ग्यास पनि त्यस्तो नहौस् ।
दैलख जलजलाको कुवामा मात्रै एक अर्ब १२करोड घनमिटर मिथेन रहेको पुष्टि सहितको चिनियाँ जिओलोजिकल सर्भे कम्पनीले सरकारलाई बुजायो।
यो ग्यास हलुको र एल पी भन्दा अब्बल श्रेणिको ग्यास मानिन्छ। हाम्रो देशले आउँने दिनहरूमा बिक्री वितरण गर्न नसकेपनि घरेलु उपभग्यमा आत्मनिर्भर हुनसके धेरै ठुलो उपलब्दी हुने छ।
यदि दुश्मनको नजर नलागे हाम्रो देश विश्वको सबैभन्दा आत्म निर्भर र शक्तिशालि हुनसक्छ।जुन देशले वीर पौरखि निडर सहासी यौद्धालाई जन्मायो त्यो देश कसरी कम्जोर हुन्छ ? देशभित्र तमाम जनजिविकाका उपभोग्य श्रोतहरू छन् । पानी विश्वमा बार्जिल पछि दोस्रो नमवरमा नेपाल हो । यदि यो ग्यासमा पनि देश धनी हुन्छ भने हामिलाई विश्वको भाग्यसालि भन्नुपर्छ ।
दुनियाँमा पुगेर त्यो देशको विकास गर्ने क्षमाता राखेका युवा शक्ती, आर्काको देशको रक्षक बनेर आफ्नो प्राणको प्रवाह नगरि युद्धमा हाम्फाल्ने बहादुरहरूको देश नेपाल।जसले आफ्नो देशलाई कहिल्यै गुलाम हुँन दिएन त्यो विरहरूको सन्तान आज मिठो जहरमा मह सम्झिएर फसनाले यो गति भएको छ ।
अब हामिले आफ्नै धर्तिमा नै आवस्याकताको खोजि गर्नु समयको माग भएको छ। सधैँभरी विदेशबाट आयात गरेर देश चल्दैन।यसै वर्षमा ५१ अर्ब ७करोड बराबरको ग्यास ४८करोड १६लाख २५हजार २५८ केजी ग्यास आयात भएको देखिन्छ।
चालु आर्थिक वर्षमा ११महिनामा ५७ अर्ब ३६करोड,६६लाख बराबरको ग्यास देशमा भित्रिएको देखिन्छ।नेपाल आफैले पनि उर्जाको क्षेत्रमा ४हजार ७ सय, उद्योगिक गतिबिधिबाट ३ सय र फोहोरबाट ९२४।६७ गिगाग्राम हरित ग्यास उत्सर्जन  गरेको पाइन्छ।
यदि दैलेखको ग्यासलाई उत्सर्जन गरेर व्यवस्थित गर्न सक्ने हो भने जलजलाको कुवामा मात्रै एक अर्ब १२ करोड घनमिटर मिथेन रहेको छ। जो नेपालको लागि करिव ५० वर्षको लागि धान्ने चिनियाँ कम्पनीको दाबी छ । उनिहरूले जलजलामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ४ हजार १३ सय मिटरको गहिराइमा पुगेर सङ्कलित नमूनाको परिक्षण गरेको थियो।
२८ बैशाख २०८१ देखि थालिएको डिलिङ कूल नौँ महिना पछि पुसमा सकिएको थियो।त्यसपछि सङ्कलित नमूना परिक्षण गर्दा त्यहाँ मिथिन ग्याँस रहेको उनिहरूले पुष्टि गरेकाछन् । यो जानकारी सर्वप्रथम आयल निगमकै पूर्व कार्यकारी निर्देशक समेत रहेका पेट्रोलियम विज्ञ सुशिल भट्टराईले मिथन उच्च कोटिको ग्याँस बताएका छन्। यसतो ग्यास एलपी ग्यासभन्दा पनि राम्रो ग्यास बताएका छन् ।
अब यसरि आफ्नै धर्तिबाट पेट्रोलियम पदार्थ प्राप्त हुन्छ भने देश आत्मनिर्भर अवश्य पनि हुन्छ । त्यसकारण देश विदेशमा फैलिएका नेपालीहरू खुसि हुनु स्वाभाविक हो।तर यसबारेमा अँझै पनि समय लाग्ने छ।यसलाई व्यवस्थित गर्न मिहेनत र लगनसिलता अप्नाए अलि छिट्टै देशका जनताले लाभ लिने छन् । अब दाङ पाल्पा र सुनसरिमा पनि छिट्टै पत्ता लाग्ने छ ।