Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

राष्ट्रले बैज्ञानिक जन्माउनु पर्छ

११ बुधबार , असार २०८२६ दिन अगाडि

राष्ट्रले बैज्ञानिक जन्माउनु पर्छ

हाम्रो देशको भूगौलिक संरचना र प्रकृतिक विविधताको गहिरो गरि अध्ययन गर्छौँ भने प्रत्येक घरमा कम्तिमा एकजना बैज्ञानिकको जन्महुनुपर्ने हो । बिडम्वना घर घरमा एउटा धामी झाँक्री र बोक्सी र पेसाको लागि परोहित लाई जन्माएका छौँ । त्यो मात्र होइन विवेकहिन दाश र झोलेलाई जन्माएका छौँ ।
पाठशाला भनेको अध्ययन केन्द्र अर्थात् शिक्षण संस्था हो । स–साना बाल बालिका भनेको तरल मानसिक र सारिरिक स्वरूप हुँन । उनीहरू काँचो माटो जस्तै सरिर मात्र होइन मष्तिक पनि उस्तै हुन्छ । जता पनि ढाल्न सकिन्छ त्यसकारण उनिहरूलाई शारीरिक र मानसिक रूपबाट भौतिकवादी बिचारधारामा डोराउने गुरूहरूको कर्तव्य हुनुपर्छ । हाम्रो देशमा अन्य देशको तुलनमा विज्ञानका प्रकृतिक श्रोतहरू बढी भेट्न सकिन्छ । यो देशकै बनावट मधेश, पहाड र हिमाल अत्यन्तै रमाइलो र रोचक छ । जसलाई बुझ्न सकेपछि धेरै समस्या नै समाधान हुनसक्छ ।
हिमाल र पर्वतहरूबाट धेरै सिक्न सकिन्छ । उस्तै पहाड र तराईबाट पनि थुप्रै विज्ञानका श्रोतहरू भेट्न सकिन्छ । हामी बनमा काम गर्दै घाँस, दाउरा काट्दै रूखका हाँगाहरूमा बाँदर गुनाहरू जस्तै गर्दै आएका साइन्टिक हौँ ।
कसरी उक्कालो–ओरालामा भारि बोकेर हिँड्यो, कसरी अग्ला रूखमा चढ्यौँ कसरी ठुलाठुला ढुङ्गा पल्टायौँ । यस्ता यावत विषय साइन्स नै हुन् । हामीले गरेकोलाई ब्याख्या गर्न न सकेर न जानेर पिछडिएको हुनसक्छौँ । त्यस्तै प्रकारले रूढिवादी बिचारधाराको शृङ्खलावद्ध विकासले पनि विज्ञानलाई पछाडी धकेल्दै आफु अगाडि आएको परिणामले देश परनिर्भर बन्दै गएको छ । कसैलाई यो भनाइ अपच हुनसक्छ किन की हामीले जुन काम गरिरहन्छौँ, बाटो पच्छाएका छौँ त्यही ठिक सम्झिन्छौँ ।
आजपनि एकाइसौँ शताब्दीमा स्वर्ग नर्क, देवी देवाता र बोक्शी झाँक्री जस्ता बिचारहरू समाजभित्र छताछुल्लै छन् । नेताले भाकल गर्नु कस्तो लाजमर्दो कुरा ।
देशमा जातीय बिभेद हुनु समाजलाई टुक्रा पार्ने बिधि हो । धर्मको नाममा पाप गर्दै आएका मानव समाजले विज्ञानलाई बुझ्न सकिन । देशमा वेलाबखतमा लुटेराहरू धर्मात्मा बनेर समाजलाई गाइड गरेकाा हुन्छन् भन्दा अतिशयोक्ती नहोला ।
हामीले संसारबाट शंघर्षका कुरा त सिक्यौँ तर को सँग र कुनवेला कसरि संघर्ष गर्नेबारे अनभिज्ञ रह्यौँ । व्यवहारमा सकारात्मक रूपमा अप्नाउन सकेनौँ । लडाईका लागि लडाई, बिरोधका लागि बिरोध गरेर बालबालिकालाई हिंश्रक बनायौँ ।
बालबालिकाहरूलाई बिभिन्न गह्र र ताराहरूको परिचय दिन सकेनौँ । न्यूटनको गुरत्वकर्षणको नियमबारे जानकारी दिन सकेनौँ । डार्विनको विकासवादी सिद्धान्तको बारेम बुझाउँन सकेनौँ, चारबगको सिद्धान्त बारे र गौतम बुद्धकोबारेमा बुझाउन सकेनौँ । यथार्थवादी चिन्तन् आदि भन्दापनि हामी आफैले उब्जायका शास्त्र स्वर्ग,नर्क, भूतप्रेत, बोक्सी ,झाँक्री र कयौँ भँदै नभएका चमत्कारको कथा सुनाएर बालबालिकाको मष्तिकमा कुपोषण भरिदिएपछि उनिहरू कस्ता हुनसक्थे ? 
हाम्रो समाज कण्तमूलबाट मुक्त भयो तर सिकारी रोगबाट मुक्त हुन अझै सकिरहेको छैन । अझैपनि हाम्रो कुलकुलानीहरूलाई बली दिने चलन छ । मासिक धर्म भएको महिलालाई अछुत बनाएर छाउगोठमा पठाउने चलन छ । जातीय छुवाछुत बिरूद्धमा नियम बनाएका छौँ तर त्यो अझै लागुहुन सकेको छैन् । यसको लागि समाजमा भौतिक ज्ञान हुनुपर्छ । जनचेतनास्तर उठ्नुपर्छ । संसारका कुनैपनि देशको इतिहासको अध्ययन गर्छौँ भने हामी देख्छौँ देशको विकास विज्ञानद्वारा नै भएको पाउछौँ । कतै कुनै चमतकारी रूपबाट विकास भएको देखिदैन ।
हाम्रो छिमेकी मुलुक भारतको इतिहासमा पनि विज्ञानको उद्भव ईसा ३०००वर्ष देखि भएको देखिन्छ । हडप्पा तथा मोहनजोड्डौँको खनाईबाट प्राप्त सिन्धुघाटीको समाज त्यहाँका बासिन्दाहरूले विज्ञानिक दृष्टी अप्नाएको पाइन्छ । विज्ञान भनेकै समाजमा न भई नहुने शब्द ज्ञान हो । भारतमा प्राचीनकालका वैज्ञानिक जगदीश चन्द्र बोस पहिलो विज्ञानिक मानिन्छन् । उन्ले आबिस्कार गरेको एउटा रूखको लम्बाई र चौडाइ नाप्ने यन्त्र हो । यसरी आर्यभट, भाष्कर हुंदै आधुनिक विज्ञानिक ए पी जे अब्दुल कलाम लगायत हजारौं वैज्ञानिक जन्मिन सफल भएका छन् ।
तर हाम्रो देशमा त राजनैतिक पार्टीहरूले भागबण्डा लगाएर देशको ढुकुटी रित्ताउंदै आएकाछन् । यदि हाम्रो देशका विद्यार्थिहरूलाई पर्याप्त सुबिधा प्राप्त हुन्थ्यो भने हाम्रै देशले पनि सयौं हजारौँ वैज्ञानिकहरूलाई जन्माउन सक्छ । 
पहिले अवस्था थिएन, अहिले गणतन्त्र आएपछि पाठशालालाई राजनैतिकका कर्मी उत्पादन गर्ने नर्शरी बनाइयो । अनि देशले कसोगरी वैज्ञानिक जन्माओस् । एउटा सियोदेखि उपभोग्य सबै बस्तुहरू आयात गर्ने मण्डी बन्यो हाम्रो देश । त्यो मात्र होइन मजदुर जन्माउने र निर्यातगर्ने विश्वको पहिलो देश नेपाल नै हुनुपर्छ ।
विश्वमा सुन्दर देश सबैभन्दा पौरखी र बहादुर निडर विरहरूको देशका नौजवान आज रोजगारको खोजिमा दुनियाभरी भौंतारिन्छन् । अनि विदेशी मुलुकहरूले चाहिंदाको भाँडो नचाहिंदाको ठाँडो गराएर देश निकाला गर्छन् । कसरी शान्ति आउछ ?
हामीले ठुला ठढुङ्गाहरूलाई गुल्टाउँन साप्लो प्रयोग गर्छौँ भने त्यो पनि एक प्रकारको विज्ञान हो । साप्लो बनाउंने, बञ्चरो र कृषिका समान बनाउंनेहरूलाई त समाजले अछुत भनेर पाखा लगाउँछ । निदार खुम्चाएर गर्नु ?
विज्ञानले समाजमा मानिसहरूलाई जीवनको आधार सुख सुबिधा प्रदान गर्दछ । र नयाँ नयाँ खोज र आविस्कर विज्ञान कै देन हुन । 
चार्वाकले भन्छ यो चराचर जगतमा चार तत्वहरू बिधमान छन् पृथ्वी, अग्नि, वायु, जल, यही सृष्टीका मूलभूत तत्व हुन् । बाँकी स्वर्ग नर्क र इस्वर भनेका वाइहात र मनगढन्ते तत्व हुन् । आजको दुनियाँ खोजमूलक हुनुपर्छ  ।
नीति बनाउने सवालमा हाम्रो समाज अब्बल छ । घर घरमा प्रत्येकले गफ लगाउँदा घन्टौँसम्म लगाउँछन् । आफैले भनेको बिषयलाई कार्यन्वयनको सम्बन्धमा एउटा सिन्को पनि सार्दैनन् । कुरा माक्र्स देखी माओ सम्मका, पृथ्वी नारायण शाह देखि ज्ञानेन्द्रसम्मका गफ लगाउँछन् । नेताका गफ लगाउँछन् । हरेकको जीवन रहस्यवादमा अल्झिएको छ । वैज्ञानिक भनेका त आकास पाताल खोजबिन गर्ने जटिल बाटो अप्नाएका ब्यक्ती हुन । हाम्रो देशमा त वैज्ञानिकहरूको उपहास गरिन्छ ।
निकोलस कोपरनिकस खगोल शास्त्री उन्ले पृथ्वीको बारेमा जो पत्ता लगाए त्यो पुरानो भएन बरू त्यसको थप विकास हुन्छ  । उनले करिव १५०० वर्ष पुरानो गलत टालमीको बिचारलाई ओखलेर फाले ।,गैललियो ले पछि उनैको सिद्यान्तमा टेकेर पृथ्वी घुमने र सूर्यको स्थिरताको बारेमा थप पुष्टी गरेका हुन । यसरी विज्ञान भनेको प्रमाणित गरेको सिद्धान्त हो । त्यसको विकास हुन्छ विनास होइन । आजको संसारले प्रविधिको विकास गरेको छ जो विज्ञानबाटै सम्भव भएको हो । संसार अगाडी बढेको यो समाजिक राजनैतिक सन्दर्भमा हाम्रो समाजलाई कुनै नकुनै बहानामा रहश्यमय बातावरण तैयार पारेर पछिल्तिर ढकेल्दै पुनः उही रूढीवादी दलदलमा भास्न थालेका छन् । यसको सम्पूर्ण जिम्मेवार आजका नीति निर्माताहरू हुन् ।
नेपालको भगौलिक सम्रचनाले यहाँ विश्वमा सबैभन्दा बढी वैज्ञानिकको जन्म हुनुपर्ने । तर हाम्रो सामाजिक परम्पराले यहाँ त्यसको ठिक उल्टा बनाइदियो । समाज सचेत हुनुको सट्टा अचेत बन्दै छ । प्रत्येक बिषयलाई नकारात्मक ढङ्गबाट बुझ्ने र ब्याख्या गर्ने व्यवहारले हाम्रो देश नै पिछडिएको हो ।