
भ्रष्टाचार र राष्ट्रघात बोक्ने नेताभन्दा अग्ला छन् नेपालको झण्डा बोक्ने हरिनारायण शिल्पकार ।
जनयुद्ध र जनआन्दोलन गरेका हुन् कि चुनाव जितेर आएका नेताहरु लोकतन्त्रे गणतन्त्रवादी हुन्, तीसबै भन्दा अग्ला देखिन्छन् हरिनारायण । हरेक दिन यी हरिनारायण देशको झण्डा उचोर उचालेर दिनभरि राजधानीका सडक घुमिरहने कालिमाटीका हरिनारायण शिल्पकार राष्ट्रवाद जगाउने प्रेरणा लाग्छन् । हरिनारायण शिल्पकार भन्छन्– सुरुमा रहरले झण्डा बोक्थेँ, अहिले झण्डाको महत्व र झण्डाको गरिमाको बारेमा जानकारी दिनमै व्यस्त हुन्छु । झण्डाले मलाई मेरो देश र नेपाली राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गराइरहेको छ ।
हरिनारायण नेपालका गर्व हुन्, जनप्रतिनिधिहरु गर्व बन्न सकेनन् ।
आज देश अस्तित्वको संकटमा छ । नेपाल र नेपालीत्व बचाउनका लागि हरिनारायणजस्ता राष्ट्रभक्त टोल टोल, गाउँ गाउँमा जन्मिन आवश्यक छ । तर युवाहरु विदेशीने र बुढाहरु भ्रष्टाचारमा लिप्त भइरहेका छन् । दुर्भाग्य ।