
के सधैँ हाम्रो देश गृहयुद्धको चपेटमा परिने हो ? एकले आर्कोलाई पछार्ने सत्ता लोलुप्ता बनेर देश नाङ्गेझार भएको तमासा हेर्नै पर्छ । एकले आर्कोलाई झोले भन्दै अपमान गर्दै गणतन्त्रको खैरो खनिरहने हो की मिलेर विकास गर्ने हो ?
गणतन्त्र घोषणा भएको १८ वर्षमा जनताले के पायौँ र के गुमायौँ ? यसको बारेमा चिरफार र गहन समिक्ष हुनुपर्छ । आजको यो ऐतिहाशिक दिनमा देशका तमाम दल, नागरिक समाज सबैले यसबारे चिन्तन् मनन् गर्नु सान्दर्भिक हुनेछ ।
गणतन्त्रलाई मुल्याङ्कन गर्न गणतन्त्र भन्दा पहिलेको अवस्थाको गहन समिक्षा पनि गर्नुपर्छ । त्यो उसैले गर्नसक्छ जो भुक्तभोती हुन्छ । नेपालमा गणतन्त्र वा सम्विधानसभाद्वारा देशको सम्विधानको निर्माणको लामो संघर्षको इतिहास छ । राणाहरूको शासनकाल देखि देशका जनताहरूलाई नियम कानुन र बिधिका विधानहरूले ठग्दै आएको ऐतिहासिक सत्य पनि हो । गणतन्त्र देशमा त्यत्तिकै आएको होइन । गणतन्त्रको स्थापनाको लागि हजारौँ होनहार नागरिकहरूले ज्यान गुमाएका छन् । प्रत्यक्ष शंघर्षमा सहभागी हुनेहरूले आफ्नो जीवनको आस नगरेर भविष्यमा आ–आफ्ना सन्तानहरूले त्यस्तो व्यवस्था व्यहोर्न नपरोस् भन्ने आकांक्षाका साथ लडेकाछन् र आफ्नो आफैले खुसिखुसी बलीदान गरेका छन् । तर गणतन्त्रमा देखिनुपर्ने इमान, प्रतिवद्धता, स्वच्छता देखिएन । गणतन्त्र हाँक्नेहरु भ्रष्टाचार गर्नतिर लागे । विधिको शासन देखिनुपर्नेमा अपराधीकरण भएको राजनीति गर्न थाले । दुःखद पक्ष हो यो । यो पक्षका कारणले गणतन्त्र जनतामा गनाउन थालेको हो ।
हो, २००७ सालको राणाहरूलाई लखेट्न सक्षम भएका उनै साहासी स्वतन्त्रता प्रेमीहरूको सपना आकांक्षासँग त्यो वेलाका आन्दोलनकै बिचबाट राजा त्रिभुवनले जनतालाई सम्विधान सभाले तजुर्मा गरे अनुसारको सम्विधान् दिनुपर्छ । र सम्विधान सभा हुनुभन्दा पहिले अन्तरिम सम्विधान निर्माण गरेर हामीले देश हाक्नुपर्छ भन्ने बिचार राखे । उनी पनि राणा शासन बिरुद्धमा लडेको हुँदा राजनैतिक पार्टीहरूले उनको बिचारमा सहमती जनाए । तर त्यसको विपरित २०१७ साल आयो ।
२०१५ सालको चुनावमा निर्वाचित भएको सरकारलाई अपदस्त गरेर राजा महिन्द्रले सत्ता आफ्नो हातमा लिए । त्यो वेला देखि लगातार देशभित्र शाह वंशको शासन चल्यो । भारत रिसाउला भनेर कालापानीबाट भारतीय फौज हटाउन सकेनन् । जसको फलस्वरुप बहुदल र बहुदलविरुद्ध जनयुद्ध भएकै हो ।
अहिले भन्नेहरू भन्छन्, गणतन्त्रमा केही हुन सकेन । यो भन्दा त राजतन्त्र ठिक थियो । गणतन्त्र चलाउनेहरुले अपराधिकरण गरेका र देशमा भ्रष्टाचारको महाभारत नै चलाएकाले जनताले पुरानै पद्धति, बंश सम्झेका हुन् । त्यो वेला देशभित्र राजतन्त्रको गुणगान गर्नेहरू ुिरक्षित थिए तर अरू थिएनन् ।
राजतन्त्र कुनैपनि अवस्थामा गणतन्त्रको तुलना योग्य हुनसक्दैन थियो तर गणतन्त्रवादी असक्षम र अकर्मण्य हुनाले अर्को परिवर्तनको कुरा उठेको हो ।
गणतन्त्रबाट जस्तो नागरिक समाजले अपक्षा गरेकाथिए त्यो भने हुनसकेको अवस्था छैन । जनताले राजतन्त्र फालेपछि देशमा ह्वात्तै विकास हुन्छ, युवाहरूले रोजगार पाउँछन् । देश विदेशीहरूको चलखेल मुक्त हुन्छ र देशले निकास पाउँछ । संसारमा हाम्रै देशले पनि समृद्धिको स्वाद चाख्ने छ । हाम्रो विश्वमा सम्मान् हुनेछ । देशभित्र कल कारखानाहरू निर्माण हुनेछन् । भूमिहिन किसाधहरूको हातमा लालपुर्जा हुने छ । सबैले खेती, व्यवसाय गरेर आफ्नो जीवन यापन गर्न सक्नेछन् । देश भ्रष्टाचार मुक्त हुनेछ, देशमा शान्ति सुव्यवस्था रोजेका जनताहरू जसले न्याययुद्ध लडे नरसंहार देखे र भोगे । त्यस्तो फेरि भोग्नुपर्ने छैन ।
यस्ता–यस्ता सपनाहरू सजाएका उनै जनताका आँखाले जब विदेशबाट रातो बाकसमा युवाहरूको लाश भित्रिन थालेको देखे । विदेशीहरूको पहिलेको तुलनामा बढी चलखेल हुनथालेको देखे । सरकारी सम्पत्ती निजी हातमा पुगेको देख्यो; र दुरुपयोग भएको देखे, देशभरी भ्रष्टाचार संस्थागत भएको देखे र देशमा अपराध झनै बढेको भोगे, यस्ता यावत घटनाहरू परिघटनाहरू आइलाग्लान् भन्ने कल्पना समेत नगरेका आँखाहरू स्तव्ध हुनु स्वभाविक थियो । त्यसैको परिणाम हो गणतन्त्रको बिरूद्धमा उठेको आवाजहरु । यो आक्रोश जवाफदेहीविहिनता विरुद्धको हो ।
संविधान असफल भएकैले संशोधनका कुरा उठेका छन् । सम्विधानमा समावेश भएका तमाम बुँदाहरूलाई संस्थागत गर्नमा जिम्मेवारहरु असफल भएकै हुन् । यही सबैभन्दा प्रमुख कम्जोरी हुनगयो गणतन्त्रवादीहरूको । नेताहरू लोभमा, भ्रष्टाचार र सत्तालोलुप र क्यारिरिष्ट बन्दै जानाले सम्विधान संस्थागत हुनसकेको छैन ।
समावेसी र समाजवाद उन्मुख भनेर त यसमा अनावस्यक र व्यर्थैमा राखिएको छ । किनकी त्यो कतैपनि लागु छैन । त्यस्तै सङ्घियता पनि देशको लागि अत्यन्तै खर्चिलो व्यवस्था हो; यो हाम्रो देशको लागि आवस्यकता नै थिएन ।
गणतन्त्रले सबैलाई बोल्न, लेख्न, बिचार फिजाउन स्वतन्त्रता प्रदान गरेको छ । तर सुनवाई नै नहुनु दुःखद पक्ष हो । धर्म निरपक्षले देशका तमाम धर्मावलम्बिहरूलाई सम्मान दिएको छ । धर्मपरिवर्तन रोक्न नसक्नु असक्षमता हो, लोभ देखाएर धर्मपरिवर्तन भइरहेका छन् । लोपोन्मुखहरूलाई खोजबिन गर्ने प्ररेणा दिएको छ । त्यो छिमेकी मूलुकलाई पचेन अनि उसैले हिन्दु राज्य नै हुनुपर्छ भन्दै भड्काउँदै छ ।
हाम्रो देशको इतिहास खंगाल्दा सम्विधानको सुरूवात भएको जङ्ग बहादुर राणाले गरेको मुलुकी ऐनको घोषणाबाट भएको भनिन्छ । २००४ सालमा वैधानिक कानुन बनाए २००४साल माघ १३ गते घोषणा भएको र २००५ साल बैशाख १ गतेबाट लागुहुने भनियता पनि त्यो राणाहरूको आपसी खिचलोमा लागुनै भएन । २००७सालमा अन्तरिम बिधान फागुन ७ गते त्रिभुवनबाट नेपालको शासन बिधान सभाले तजुर्मा गरेको गणतन्त्रत्मक विधान अनुसार हुनेछ भन्ने घोषणा गरेर काम चलाउका लागि भन्दै मन्त्रीपरिषदको सल्लाह बमोजिम २००७ साल चैत्र १७ गते नेपालको अन्तरिम बिधानको घोषणा गरियो । कुल ९वर्षमा छ पटक संशोधन गरियो । २०१५फागुन १ गते बिलायती सम्विधानवेत्ता समेतको सल्लामा सम्विधान बनाए । १७ सालमा संसदनै खारेज गरी एक्लौटे व्यवस्था सुरू गरे । जो २०१९ सालमा संविधान संशोधन गरेर बहुदल शब्द नै हटाएर निर्दलिय व्यवस्था राखेका थिए । यस्तो उनिहरूको इतिहास व्यहोरेका जनताले पछि ऐतिहासिक जनआन्दोलनले अपदस्त गर्न खोजेको राजा आफैले सम्विधान बनाएको सम्विधानलाई संशोधन आयोगले परिमार्जित गर्यो ।
त्यो सम्विधान कार्तिक २३ गते राजदरबारबाट नेपालको सम्विधान २०४७ घोषणा गरियो । नेपालमा बनेका यतिका सम्विधानहरूमा यो २०७२ को सम्विधान अब्बल भनियो । भन्न त २०४७ को संविधान ऐतिहासिक भनिएको थियो । जसले बनाए उनैले च्याते । संविधान खराव कि व्यक्ति ? यो मूल प्रश्न हो ।
गणतन्त्रलाई इनै अराजक र भ्रष्टाचारि पदलोलुप्ता र सत्ताका भोकाहरूले बद्नाम गरेका छन् । गणतन्त्रले जनताको अधिकार खोसेको होइन बरू दलहरूको अदुरदर्सियता र चरित्रहिनताले उब्जाएको समस्या हो । अहिले आपसमा एकले आर्कोलाई झोले भन्ने र आफु पानी माथिको ओभानो बन्ने जति प्रयत्न गरेपनि आफ्नो गल्ती लुक्न सक्दैन । देश र जनताको हितमा काम गर्दै जानु आजको आवस्यकता हो । अखण्ड नेपाल सबैको उद्देश्य हुनुपर्छ, झोले हुनुमा किन गर्व ?