Advertisement Banner
Advertisement Banner

०७ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

कानूनी साक्षरता अभियान सक्रिय - अधिवत्ता बिष्णु गिरी

२२ बुधबार , जेठ २०८२१७ दिन अगाडि

कानूनी साक्षरता अभियान सक्रिय 
- अधिवत्ता बिष्णु गिरी

काठमाडौ । कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यबस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भन्दै अधिवत्ता बिष्णु गिरीले कानुनी साक्षरता अभियानमा सक्रिय बनेका छन् ।
ललितपुर महानगरपालिका बडा नं ६ कार्यालय कनिकबहालमा यहि जेष्ठ ९ र १० गते अधिबत्ता गिरीले स्थानीय दुई दर्जन भन्दा बढी युवाहरुको सहभागितामा कानून तथा निबेदन लेखन सम्बन्धी प्रशिक्षण दिएका छन् । प्रशिक्षणको आयोजना ललितपुर महानगर बडा नं ६ युवा समिति र अन्नपूर्ण प्रोडक्सन र टे«ड प्रा।लिको सयुक्त आयोजनामा भएको थियो ।
बिभिन्न पत्रपत्रिका तथा संञ्चारमाध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिदै आएका गिरीले स्थानीयत तहको समन्यममा बिभिन्न जिल्ला तथा स्थानीय निकायहरुमा कानूनी साक्षरता अभियानमा सक्रिय बनेका हुन् महिला कानूनी साक्षरता तालिम तथा जनप्रतिनिधीहरुलाई कानून सम्बन्धी तालिम लगायतको कार्यक्रमको उनको सहभागिता बढ्दो छ । मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानून सम्बन्धी बिबिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिदै आएका छन् । स्थानीय तहमा रहेका न्यायीक समितिमा न्याधिसकै ब्यबस्था गर्नु पर्ने पक्षमा बकालत गदै आएका अधिवत्ता गिरी जनसरोकारका बिषय भेटयो कि त्यसको कानुनी उपचारको लागि अदालतको ढोका ढक्ढक्याउन पुगि हाल्छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहायता गदै आएका छन् । बहुआयामिक अनुभव भएका अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ । सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरु पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने अधिवत्ता गिरी शूरुमा कुनैपनि मुद्धा नआएपछि सार्वजनिक सरोकारका मुद्धालाई अदालत सम्म पुरयाए । सार्वजनिक महत्वका बिषयलाई उठान गरर न्यायिक लडाईमा उनी अधि बढे र मुद्धा पनि जित्तै गए र पछि उनको चर्चा पनि बढ्दै गयो । निरन्तरको मेहनत र अथक प्रयासबाट मात्र कुनैपनि कुरामा सफलता हात पार्न सकिन्छ भन्ने मान्यता राख्दछन् ।