Advertisement Banner
Advertisement Banner

२१ मंगलबार, जेठ २०८२30th May 2025, 11:39:34 am

देश बचाउने कि डुबाउने ? के गर्छन् तीन नेता ?

०८ बुधबार , जेठ २०८२१३ दिन अगाडि

देश बचाउने कि डुबाउने ? 
के गर्छन् तीन नेता ?

केहीदिनको छुट्टीमा परिवार भेट्न अमेरिकाको बोस्टन युनिभर्सिटीबाट घर आएका नवयुवराज हृदयन्द्र जेठ ३ गते आएको खबरले राजनीतिलाई नै तरङ्गित पारिदियो । डा.जगमान गुरूङले जेठ १५ गते राजतन्त्र पुनस्र्थापना हुने जोग छ भन्नु र नवराज सुवेदी, राजेन्द्र लिङ्देन, कमल थापा र केशर विष्टले एकै स्वरले १५ गतेदेखि निरन्तर आन्दोलनको घोषणा गर्नु र नवयुवराज स्वदेश आउनु कतै  यो पद्धति नै फेर्नका लागि त होइन ? भन्ने भय लोकतान्त्रिक गणतन्त्र हाँकेका असफल नेताहरूमा छ ।
बहस चलेकै छ, १७ वर्षमा पनि यिनै नेताले राष्ट्रिय मुद्दाहरूको छिनोफानो गर्न सकेनन् । संक्रमणकालीन न्यायव्यवस्था मिलाउन असफल भए । सत्ता बचाउने, शक्ति हत्याउने र राजनीतिलाई अपराधिकरण गर्नेमात्र यिनको ध्येय भयो । नागरिकमा असन्तुष्टि अति बढेको छ । कुनै पनि नेता सुरक्षित छु भन्ने मानसिकतामा छैनन् । यसकारण पनि छायाँ देखेर पनि तर्सने नेताहरूको अवस्था छ ।
राजाले धेरै पटक सहकार्य, सहमति र संवादको आह्वान गरिसके । ती राजालाई सत्ता पल्टाउन खोजेको आरोप लगाउने यिनै हुन् । आफू असफल हुने, प्रजातन्त्रको बिकल्प छैन भन्ने राजालाई अखानो देख्ने यी तीन नेता हुटिट्याउँले सगर थामेको नियतिमा छन् । संघीयता र गणतन्त्र भ्रष्ट र असफल भइसक्यो । यिनका सामु एउटै बिकल्प छ– प्रजातान्त्रिक राजतन्त्र कि संघीय लोकतान्त्रिक गणतन्त्र ?