Advertisement Banner
Advertisement Banner

२१ मंगलबार, जेठ २०८२30th May 2025, 11:39:34 am

Image

अब फेरि जेठ १५ ?

शाश्वत शर्मा

०७ मंगलबार , जेठ २०८२१४ दिन अगाडि

अब फेरि जेठ १५ ?

राजतन्त्र र हिन्दुवादीको आन्दोलत आउँदो जेठ १७ गतेबाट फेरि सुरू हुने भनिएको छ । त्यसो त त्यही आन्दोलनमा जोडिएका कतिपयले उक्त दिन ठूलो आँधीबेरी नआउने, घोषणासभा वा कार्यक्रम सार्वजनिक हुने बताउँदैछन् भने त्यसै आन्दोलनका नेतामा दरिएका डा.जगमान गुरूङ चाहिं सोही दिन राजा ज्ञानेन्द्र पदास्थापन हुने बताउँदैछन् । डा.जगमान गुरूङको अध्यात्मिक ज्ञान र भद्रो हेराई बाट साइत जुरेको होला । यसअघि फागुन २५, चैत १५, वैशाखमा विभिन्न मितिहरूमा भउका भाषण, मोटरसाइकल ¥याली भइरहे, ठूलो जनविद्रोह खालको आन्दोलन हुनसकेन । अब जेठ १५ गते पद्धति परिवर्तन हुने र जनताको माग पूरा हुने प्रचारप्रसार भइरहेको छ । धेरै विश्लेषकरू भन्दैछन्– जेठ १५ गते राजतन्त्र र हिन्दुवादीका लागि अन्तिम अवसर हो । यो दिनमा पनि परिवर्तन हुने खालको जनविद्रोह हुनसकेन, त्यो विद्रोहले गणतन्त्रनामको भ्रष्टाचारवादीहरूलाई जोरको धक्का दिन सकेन भने राजतन्त्र र हिन्दुवादीहरू हल्ला बढी गर्छन्, जनविद्रोह गर्न सक्दैनन् भनेर सबैले बुझे हुन्छ । विश्लेषकहरू भन्छन्– वर्षा लाग्छ, रोपाइको सिजन सुरू हुनेछ, त्यसको लगत्तै चाडपर्वको अवसर आउनेछ, आन्दोलन हुने र सडकबाट भ्रष्टहरूविरूद्ध आक्रोश पोखिनेछैन ।
आन्दोलन गर्ने, जनताको आवाज र अपेक्षा पूरा गर्ने, भ्रष्टहरूबाट राष्ट्रलाई मुक्ति दिने र सुशासन तथा विधिको शासन सुरू गर्ने हो भने जेठ १५ उपयुक्त समय हो । वर्षा र चाडबाडको समय त आउँछ नै, आमनागरिकले राजतन्त्र र हिन्दु अधिराज्यका लागि कसैले केही गर्दैनन् भन्ने भाष्य बन्नेछ र जनतामा जुन अपेक्षा, आशा र आक्रोश छ, त्यसलाई सफल पार्ने विश्वास पनि समाप्त हुनेछ । यसकारण पनि जेठ १५ गते देखि सुरू हुने भनिएको आन्दोलनले आँधीबेहरी ल्याउनै पर्छ । होइन भने प्रम केपी ओलीले खिसिट्यूरी गरेझैं जेठ १५ आउँछ, राजा र राजतन्त्र केही पनि आउँदैन । भन्नुहो अर्थ भ्रष्ट र लुटाहहरूको साम्राज्य चलिनै रहनेछ । जनता र देशमाथि शोषण भइनै रहनेछ । जनताले खोजेको परिवर्तन केही पाउने छैनन् ।
हो, समय उपयुक्त छ । वातावरण पनि सहज छ । मात्र जो आन्दोलनको नेतृत्वकर्ता हुन्, तिनले सशक्त नेतृत्व दिने हैसियत देखाउनुपर्छ । रविन्द्र मिश्र, दुर्गा प्रसाईदेखि धवलशमशेर, रवि लामिछानेलाई जेलमा सडाउने, कानुनी चक्रव्युहमा पारेर दुःख दिने जुन नियत राज्यले देखाएको छ, त्यो भनेको जो आन्दोलनकारी हुन्, तिनलाई यसैगरी ठिक पारिनेछ भनेर राज्यले सन्देश दिएको हो । त्यो भ्रष्टाचारको जालो, साजिस र षडयन्त्रको जालो च्यात्नसक्ने हैसियत छैन भने तिनको नियति भनेको बिगत १७ वर्षदेखि चलेको राजनीतिक माफियाकरणको निरन्तरतामा सघाएको अर्थ लाग्नेछ । जेठ १५ गतेदेखि आन्दोलन गर्ने भनेर एउटै सिद्धान्त तर फरक फरक समूह बनाएर हिडेका केशरबहादुर बिष्ट, राजेन्द्र लिङ्देन, कमल थापा, नवराज सुवेदीहरू पहिलोपल्ट हातमा हात, काँधमा काँध मिलाएर एकता गरेका छन् । त्यो एकता देखावटी नहोस्, त्यो एकता जब्बर बनोस् र त्यो एकताले भ्रष्टाचारको लोकतान्त्रिक गणतन्त्र नामको पहाडलाई फोर्न सकोस् । यो उद्देश्यमा त्याग, तपस्या र बलिदान हुन तैयार हुने हो भने यो लुटसाम्राज्य बालुवाको महल ढलेझैं ढल्नेछ, ढाल्ने प्रतिवद्धता भाषणमा होइन, व्यवहारमा जेठ १५ गते देखिनुपर्छ ।
डराएर शान्तिपूर्ण आन्दोलन हुनेछ भनेर राजतन्त्रवादीले भनेको भन्यै छन् । राज्यले तिनलाई तर्साउन कुनै गडबढ, हिंसा नहोस् भनिरहेको छ । जसरी चैत १५ गते तीनकुने घटनामा २ जनाको हत्या भयो, आगजनी, लुटपाट भयो । राज्य आतंकको ठूलै दमन देखियो । पार्टी र स्वतन्त्र बुद्धिजीवीहरूले स्वतन्त्र न्यायिक छानबिनका लागि आयोग बनोस् भनेर माँग गरे, राज्यले टेरेन । यस्तो निरंकूशतन्त्र हावी भएको राज्यसंयन्त्र, पार्टी नेताहरूका विरूद्ध शान्तिपूर्ण आन्दोलन गरेर तिनको रजगज भइरहेको राज्यसत्ता परिवर्तन गर्नु चानचुने शक्तिले पुग्दैन । यसरकारण पनि शान्तिपूर्ण आन्दोलनमा कम्तिमा पनि लाख मान्छेलाई राजधानीको सडकमा उतारेर सहभागी गराउन सकियो र निरन्तर तीन दिनमात्र तिनलाई सडकमा धर्ना दिन लगाउन सकियो, संसद भवन, सिंहदरवार, शितलनिवास घेराउन सकियो भने सातोपुत्लो उडिसकेको निरंकूश गणतन्त्र नामको नेतातन्त्र ढल्नेछ । के त्यसप्रकारको तैयारी चलेको छ ? जेठ १५ गते लुटतन्त्र चलाउनेहरू गणतन्त्र दिवस मनाउने छन्, गणतन्त्र भ्रम हो, शोषण हो, यो गनतन्त्र हो भनेर जनतालाई बुझाएर जनताको नेतृत्व लिने साहस देखिएन भने जेठ १५ ले पनि गिज्याउने छ । चेत रहोस् ।