Advertisement Banner
Advertisement Banner

२० बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

चीनले हतियार निर्माण र प्रयोगमा निर्देशन गर्ने संकेत दिएको छ

२८ आइतबार , बैशाख २०८२६ महिना अगाडि

चीनले हतियार निर्माण र प्रयोगमा निर्देशन गर्ने संकेत दिएको छ

प्रेम सागर पौडेल---------------------

भारत र पाकिस्तानबीचको ताजा द्वन्द्वमा एउटा असाधारण मोड देखिएको छ र त्यस मोडको केन्द्रबिन्दुमा चीन उभिएको छ। युद्धका प्रत्यक्ष सहभागी भारत र पाकिस्तान भए पनि, यो भिडन्तले विश्वको ध्यान आकृष्ट गराएको मुख्य कारण भने चीन निर्मित j-10c फाइटर जेटको अप्रत्याशित सफलता हो।

यस घटनाले केवल एक युद्धको प्रवाहलाई मात्रै मोडेको छैन, चीनको रक्षा प्रविधि, आत्मनिर्भरता र विश्व हतियार बजारमा उसको उपस्थितिलाई पुनः परिभाषित गरिदिएको छ।

चीनबाहिर पाकिस्तान एक मात्र देश हो, जसले j-10c प्रयोग गरिरहेको छ। 4.5 जेनेरेशनको यो जेट लडाकु अवधारणामा आधारित आधुनिक डिजाइन, सक्रिय electronically scanned array (AESA) राडार, बियोंड भिजुअल रेंज मिसाइल (BVRAAM), सुपरसोनिक क्रुज क्षमताजस्ता विशेषताले भरिएको छ। तर पेचिलो प्रश्न के थियो भने, के कागजको विवरण यथार्थ युद्धमा पनि उस्तै प्रभावकारी देखिन्छरु ब्यवहारिक जवाफ आयो—स्पष्ट र शक्तिशाली ढंगले। रिपोर्ट अनुसार, पाकिस्तानले दुईवटा Dassault Rafale जेट खसाल्न सफल भएको छ र त्यसमा J-10C को प्रयोग भएको छ। विश्वका लागि यो केवल एउटा युद्धक्षति होइन, फ्रेन्च अत्याधुनिक जेटको विश्वसनीयतामाथिको चुनौती पनि हो।

चीनले विगतका दशकमा आफ्नो रक्षा उद्योगलाई नाटकीय रूपले उकासेको छ। तर अझैसम्म पनि पश्चिमी संसारले ूचीन निर्मितू युद्ध प्रविधिलाई शङ्काको दृष्टिले हेर्दै आएको थियो।तर यो भिडन्तले चीन उत्पादित सैन्य हार्डवेयर युद्धमैदानमा कसरी विश्वासिलो र प्रभावशाली हुन सक्छ भन्ने प्रमाण दिएको छ। खासगरी, यो चीनकै रणनीतिक लक्ष्यहरूसँग मेल खान्छ,"Made in China" ले अब केवल उत्पादन होइन, प्रदर्शन पनि गर्न सक्छ भन्ने सन्देश।

J-10C को सफलताको प्रत्यक्ष फाइदा चीनको हतियार निर्यात क्षेत्रमा पर्नेछ। इजिप्टलगायत विभिन्न देशहरू पहिले नै यसको खरीदमा रुचि देखाइरहेका छन्। वास्तविक युद्ध परिणामले त्यो विश्वासलाई बल पुर्‍याउनेछ। अब विश्व युद्धकला छैटौं जेनेरेशनतिर अग्रसर भइरहेको छ। चीन आफैं पनि आफ्नो ँऋ(घज्ञ प्रोजेक्टमार्फत पाँचौं र छैटौं जेनेरेशनका जेटहरू उत्पादन गर्दैछ। यसले चीनलाई अब केवल उपभोक्ता नभई, नवप्रवर्तनशील उत्पादकको रूपमा उभ्याउनेछ।

यद्यपि हालका वर्षहरूमा ड्रोन्स र साइबर युद्धले सैन्य सन्तुलनमा नयाँ पाटाहरू थपेका छन्। फाइटर जेटहरू राष्ट्रको हवाई शक्ति र भू(राजनीतिक प्रभावको संकेतक बन्न अझै पनि सशक्त छन्। यसकारण, J-10C को सफलता केवल एउटा सामरिक विजय मात्र होइन, चीनको दीर्घकालीन रणनीतिक आत्मबल, टेक्नोलोजिकल परिपक्वता र विश्वस्तरमा प्रभावको एक सशक्त संकेत हो।

J-10C को सफल प्रयोग र Rafale को घातक क्षति एउटा युगान्तकारी क्षण हो। जहाँ चीनले न केवल युद्ध मैदानमा, तर रक्षा प्रविधिको विश्व सन्तुलनमा पनि आफ्नो सशक्त उपस्थितिको घोषणा गरेको छ।

चीनको यो विजय केवल पाकिस्तानको लागि होइन, समग्र पूर्वी विश्वको आत्मविश्वासका लागि हो। अब हतियार निर्माण र प्रयोगमा चीनले केवल अनुकरण होइन, निर्देशन गर्ने क्षमताको संकेत दिएको छ।