Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

नेपाल यथार्थमा उभिनुपर्छ

१० सोमबार , जेठ २०७३१० बर्ष अगाडि

रोशन कार्की - लान्चोउबाट प्रस्थान गरेको रेलमा अगाडि रातो ब्यानरमा लेखिएको छ– दक्षिण एसियाली अन्तर्रार्िष्ट्रय रेल यातायात, लान्चोउ―सिगात्से―काठमाडौं। यो रेल सिगात्से आयो, यही रेलबाट नेपालीले अर्डर दिएका सामान पनि बोकेको थियो। तर यो रेलबारे बेइजिङस्थित नेपाली दूतावासलाई थाहा थिएन, परराष्ट्र र नेपाल सरकारलाई पनि कुनै ज्ञान थिएन। यो रेलको खबर सुनेपछि प्रधानमन्त्री ओलीले उत्साही भएर हल्ला गरिहाले– अव यो रेल काठमाडौं–पोखरा, लुम्बिनीमा चल्छ।

दिल्लीसमेत चनाखो भयो। चर्चा गर्‍यो। यो के हो? चीन यसैगरी नेपालमा प्रभाविलो बन्दै गएको छ। भारत अनेक आशंकामा डुब्न पुगेको छ। यथार्थमा यस्तो रेलसेवा चल्न कम्तिमा १० वर्ष लाग्नेछ। चीनले काठमाडों महानगरपालिका र लान्चोउ नगरलाई भगिनी महानगर बनाउने घोषणा गरेको छ।

चीन दक्षिण दक्षिण नीति लिएर अघि बढेको छ र यो नीतिको प्रमुख आधार नेपाल बनेको छ। नेपालले चीनको यो नीतिबाट कसरी लाभ लिनसक्छ भन्ने विषयमा अझै राष्ट्रिय सोच बनाइसकेको छैन। मात्र सुरक्षानीति पारित गरेर अघि बढेको छ। सुरक्षानीति हुनु उपलव्धि हो तर राजनीतिक अस्थिरता बढिरहनुले यो नीतिसमेत सर्वसम्मत हुनसकेको छैन। राष्ट्रियनीति अझै पनि बन्न सकेको छैन। सुरक्षानीतिमात्र बन्नु राष्ट्रिय नीतिको महत्वपूर्ण पाटौ हो। राष्ट्रिय नीति बन्नसकेको भए सबै पार्टीको एउटै आधार बन्ने थियो ताकि राष्ट्रका लागि सबैको सहमति र एकता हुने थियो। यस्तो राष्ट्रिय एकताको आधार तैयार नभएसम्म चीन वा भारत, युरोप अथवा अमेरिकाले नेपालको सामरिक महत्वलाई आफ्नै प्रकारलाई चलखेल गरिरहने छन्। यसकारण नेपाल यथार्थमा उभिने प्रयत्नमा लाग्नुपर्छ।