Advertisement Banner
Advertisement Banner

११ बिहिबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

जनप्रतिनिधि किन लेण्डुपजस्ता ?

१० बुधबार , बैशाख २०८२एक दिन अगाडि

जनप्रतिनिधि किन लेण्डुपजस्ता ?

जनमत र जनबलमा उठेका नेताहरू किन लेण्डुपजस्ता ? सरकारमा छन्, संसद र निर्णायक तहमा छन् । तर गरेका निर्णय र चलाएको सरकार लोककल्याणकारी देखिएन । यो विषय यति गम्भीर बनिसकेको छ कि कारण र निदान खोजिएन भने नेपाली नेता लेण्डुप दोर्जीजस्तै कलंकित हुनेछन् ।
कुशासन व्याप्त छ । परिवर्तन चाहियो भनेर घरघरबाट सडकमा निस्कने जनता र जनअधिकारका लागि बोल्ने बुद्धिजीवी, अधिकारकर्मी सबेको मुख टालिएको अवस्था छ आज । शासन, प्रशासन, सत्ता, संसदमा जे भइरहेको छ, जनअपेक्षाअनुसार भएका छैनन् । देशहितमा केही पनि भइरहेको छैन । लामो समय जनताले दलको पक्षधर भएर र चुपचाप बसेका थिए । जनताको कमजोरी ठानेर यिनले राष्ट्र गए जाओस्, पद्धति बिग्रे बिग्रोस, भ्रष्टाचार गर्ने हो भनेर गरिरहे । शासक बदनाम भए, प्रशासक बदनाम भए । क्रान्तिकारी परिवर्तनकारी जनता भित्रको देशभक्ति अब बिद्रोह गर्न बाध्य हुनपुगेको छ । जनता जति जागरूक भए, देश उति नै जिवन्त र जिउ“दो रहनसक्छ । देश मर्नु हुन्न, देश जाग्नुपर्छ, देश अस्तित्वहीन हुनसक्दैन ।
नेतृत्वमा लेण्डुप प्रवृत्ति उवालमा छ, लेण्डुप संस्कृति नेताहरूको मनमष्तिष्कमा छाप बस्न थालेको छ । विदेशभक्तिमा रमाउने लोकतान्त्रिक भनाउ“दा नेताहरूलाई छुट दिनुहुन्न भनेर जनता सडकमा उत्रिएका छन् । यो जनउवालले कतै पद्धतिमात्र होइन, नेतृत्वलाई नबगाओस् । नेताहरू लेण्डुप पढ, लेण्डुप नबन ।  – फणिन्द्र पन्त