
देशभित्र यति धेरै घटना घटिरहेका छन्, नागरिक समाज पटक्कै मुख खोल्दैन । किन होला ?
राज्य र आमनागरिकवीचको पुल हो नागरिक समाज । न त ठूला मिडियाले उचित आवाज उठाएका छन्, न त नागरिक समाजले ? देशभित्र छुट्टै सकस छ, बालबालिका र बुढाबुढीको समस्या र छटपटी बेग्लै छ, देश छोड्न बाध्य हुने युवाहरूको पीडा कति छ कति ? जो देशभित्र छन्, युवाहरू असन्तुष्टिका आवाज निकालिरहेका छन्, राज्य दमनमा उत्रिएको छ । नागरिक समाजले नबोलिदिनु भनेको लज्जाजनक मानिएको छ ।
देश हाम्रै हो । जो देशभित्र वा बाहिर छन्, तिनीहरू सबैको साझा देश हो यो । गाउँ, सहर, समाज, ढुङ्गामाटो, हिमाल, पानी देश, गाउँ, समाज, माटो, परिवार र सपनाको बेदना कति धेरै ! देश युवा बिहिन हुँदा पनि नेतृत्व कुर्सीकै खेलमा हुनु देश, व्यवस्था, दल र राजनीतिक संस्कारका निमित्त सुखद हुँदै होइन ।