Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

न्यायिक छानबिन आयोग ?

०५ शुक्रबार , बैशाख २०८२४ दिन अगाडि

न्यायिक छानबिन आयोग ?

तीनकुने लुटपाट, कुटपिट, प्रहरी दमन र गोलीकाण्डबारे संसदीय समितिमा राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले न्यायिक छानबिनको माग गरेका छन् । आवश्यकता नै नभएको स्थितिमा गोली, म्याद नाघेको अश्रुग्यास, लाठीचार्ज गरेकाले त्यो विषय के हो ? यसबारेमा न्यायिक आयोगले छानिब गर्नुपर्छ भनेका छन् ।
उक्त घटनामा राप्रपाका सांसद धवल शमशेर जबरा तथा नेता रवीन्द्र मिश्रलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ । राजनीतिमा जुलुस, नारावाजी हुन्छ, तीनकुनेमा राज्यविरूद्ध लागेको र हत्यामा संलग्न भएको भनेर उनीहरूलाई थुनामा राखिएको छ ।
त्यही संसदमा राजालाई बोलाएर सोध्नुपर्ने विषयको उठान कांग्रेसका सांसद जीवन परियारले गरेका छन् । कानुनविदहरू भन्छन्– राजालाई बोलाउनु पर्ने कुनै आधार देखिदैन । तर ओली सरकारले राजालाई कारवाही गरिन्छ भनेर फुइँकी हानेका छन् । यसैवीच यो सरकार नै फेरिने हल्लाखल्ला सुरू भइसकेको छ ।
राजतन्त्रवादी जो कसैलाई पनि निषेध र विभेदको दृष्टिले हेरेर प्रतिषोध साध्ने नीति सरकारले लिएको देखिन्छ । यो नीतिकै कारणले ठूलो राजनीतिक दुर्घटना निम्त्याउन सक्ने देखिदैछ ।