Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

कानुनव्यवस्था लथालिङ्ग, देश कता जादैछ ?

०२ मंगलबार , बैशाख २०८२७ दिन अगाडि

कानुनव्यवस्था लथालिङ्ग, 
देश कता जादैछ ?

सुरेशकुमार पान्डे----------------------
शासनपद्धतिप्रति जनआस्था ह्रासोन्मुख छ । नेताप्रति जनताको भर र भरोसा पटक्कै छैन । कानुनव्यवस्था लथालिङ्ग हुँदो छ । ठूलालाई चैन, सानालाई ऐनको स्थिति छ ।
यसकारण देशको अबस्था कहालीलाग्दो छ । देख्दा अत्यन्तै दुःख लाग्छ । देश भित्रभित्रै जल्दैछ तर सरकार मौन छ । आखिर कहिलेसम्म यस्तो कहाली लाग्दो अबस्था रहिरहला ?
एकातिर मोठीबाट पिडित किसान आफ्नो मोही हकका लागि शंघर्षरत छन्, उनिहरूको सडकमा दिनौँ नारा जुलुस हुन्छ । तरपनि सरकारको आस्वासन सेवाए केही हात लाग्दैन ।
डाक्टर, माष्टर, अध्यापकहरू आफ्नो अधिकारको लागि लामबध्द छन् । सडक संघर्ष गरिरहेका छन्, उनिहरूको पीडा कसले सुन्ने ? कोही सुन्न तैयार छैन । 
सङ्घीयताले देशलाइ ऋणको भारि बोकायो र यो हाम्रो देशको लागि अफाप सिद्द भयो भन्ने बारे कसैबाट पनि लुकेको छैन । देशबाट अबिलम्वन सङ्घीयता खारेज गर्नुपर्छ भनेर राष्ट्रिय जनमोर्चाले लामो आन्दोलन गरिरहेको छ ।
हुन त नेकपा मसालको इतिहास नै छ, उसले उठाएका मुद्दाहरू पहिले सबैले अनदेखी गर्छन् । बिस्तारै पछि त्यही मुद्दाहरू सबै राजनैतिक पार्टीहरूको मिलन केन्द्र बन्छ । त्यो एउटा मात्र उदाहरण सम्विधान सभाको चुनाव पनि हो । जसलाई राजा त्रिभुवन पछि मसालले उठान गरेको थियो ।
हिजो सङ्घीयतालाई भित्राउँनासाथ राजमोले बिरोध गरेको थियो । त्यो मात्रै होइन सङ्घीयताको बिरूद्धमा काठमाण्डौमा राजधानी केन्द्रीत गरेर दश दिने सङ्घीयता बिरोधी आन्दोलन गरेको थियो ।
त्यो वेला सरकारमा बसेका गोपाल किराँतीले यो असम्वैधानिक  राजमोलाई प्रतिबन्ध लगाउनुपर्छ भनेर लेखेका पनि थिए । सरकार पक्षको जोडले पनि त्यो आन्दोलन रोकिएन ।
अहिलेपनि राजमोले सङ्घीयताको खारेजीको लागि राजधानी रोज्यो । ताकी सम्पूर्ण कुमकर्णहरूलाई जगाउन सकियोस् । बिबिद् कारणले सात दिनबाट दुई दिन घटाएर पाँच दिने आन्दोलन राजधानीमा टुङ्गिने समाचार आएको छ । तर स्थानियमा आन्दोलन् जारी छ ।
आर्कोतिर राप्रपा राजावादीहरूले देशमा संबैधानिक राजतन्त्र ल्याउनुपर्छ भनेर राजधानीमा जुलुस् प्रदर्शन गरिरेकाछन् । उनीहरूको आन्दोलनलाई राजमोको आन्दोलनसँग जोडेर हेर्नेहरूपनि देखिन्छन् । यसबारेमा पनि प्रष्ट हुन अति आवस्यकता देखिन्छ । राप्रपाले सङ्घीयताको बिरोध जनाएर राजतन्त्र ल्याउँने प्रयासमा छ । उनिहरूले हीन्दु धर्म र संबैधानिक राजतन्त्र ल्याउन आन्दोलन गर्दै आएका छन् । राजमोले सङ्घीयताको खारेजी,  स्थानिय स्वायत्ततामा आधारित लोकव्यवस्था जो गणतन्त्रलाई बलियो बनाउनमा जोड दिएको छ ।
सङ्घीयताको बिरोध गर्नेहरूको पनि उद्देश्य भिन्दाभिन्दै छन् । यसबारे गहन अध्ययन र चिन्तन् मननको खाँचो छ । राजावादी र राप्रपाको समान आन्दोलन हुनसक्छ तर राजमोको र राजावादी राप्रपाहरूको एकैनासको हुन सक्दैन् ।
त्यस्तै रवी लामिछाने गीरफ्तार भएपछि उनिहरूको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी पनि अन्यौलमा परेको देखिन्छ । अहिले उनिहरूको बिचमा मैत्रिपूर्ण छलफल चलाएर हाम्रो भन्दा राम्रो के हो भनेर पत्ता लगाउने प्रयास गर्नु आवश्यकता देखिन्छ । यसबारे गरिएको गृह कार्यले नै सकारत्मक नतिजा प्राप्त हुने छ । रवी लामिछाने दोषी छन् भने उनको दोष प्रमाण सहित जनताको माझमा आउनुपर्छ अन्यथा एकजनाको पछि यसरी लगातार प्रताडित गर्नु ठिक होइन । नेपालमा भ्रष्टाचारी र अपराधीहरू बिभिन्न पार्टी पंक्तिमा भेटिन्छन् । सबैको छानबिन गरेर कार्वाही हुनुपर्छ । सरकारको ऋण खाएका डिफल्टरहरूलाई पनि कार्वाही गरियोस् ।
देशभित्र नेपाली कांग्रेस र एमालेको सरकार छ । प्रचण्डले रवीको बारेमा गरेको व्यवहारलाई गलत बताएकाछन् ।
हुन त हाम्रो देशभित्र अचेल नैतिकताको अनिकाल परेकै देखिन्छ । नैतिक पतन भएपछि सरकार वा पद प्रतिष्ठालाई मात्र टार्गेट बनाएर कार्यक्रम निर्धारित गर्ने गर्छन् । जुनसुकै दल ठुला भएकाछन् उनिहरू नैतिकताको आधारमा होइन बरू नैतिकताको बली चढाएर मात्र ठुला भएकाछन् । उनिहरू सँग राजनीति छैन, कुनै देशको हितमा विजन छैन । बरू जुनसुकै दाउँ पेच लगाएर भएपनि सरकारमा पुग्ने कुनीतिको प्रतिस्प्रधा हुनेगर्छ । खास गरेर आफुलाई कम्युनिष्ट भन्नेहरूको त झन बिस्वास योग्य कुनै शब्द नै हुँदैनन् ।
जनताले सय वर्ष देखि लडिरहेका छन् तर व्यवस्था परिवर्तन् हुन्छ अबस्था उस्तै रहिरहन्छ । नेता बदलिन्छन् तर नीति उहिरहिरहन्छ । फाइदा के भएको छ भने निरङ्कूशताबाट अंकूश त लगाइन्छ तर भरपर्दो त्यो पनि छैन । कुनवेला अंकूश फेल हुन्छ र निरङ्कूश तर्फ जम्प मार्छ यो अनिश्चित छ ।अर्थात बिरेक फेल भयो भने कस्तो अबस्था होला ? यसबारे राजनीति गर्नेहरूले सहजै बुझ्न सक्छन् ।
यदी गणतन्त्रलाई सही रूपमा यसको मूल्य र मान्यताको मर्म बुझेको भए दलहरूले हालको जस्तो अनिश्चितताको अबस्था सिर्जना हुँने थिएन ।
दलहरू खास गरि जनादोलनका मुख्य ठुला दलहरूले आ आफ्नो अभिमान त्यागेर देश र जनताको हितमा पाइला चाल्थे भने उनिहरूले मैत्रिपूर्ण छलफल गर्न लजाउने थिएनन् । आन्दोलन गर्दा सयुक्त गर्ने अनि जब भागबण्डाको समय आउँछ, पच्छारापच्छार गर्ने यस्तो घृणित उनिहरूको व्यवहार रह्यो । त्यसैको परिणाम देशले गती लिन सकेन ।
उनीहरू अहिले पनि जुवाँको लडाइमा व्यस्त छन् । जबकी देश इतिहासको सबैभन्दा तरल अवस्थामा पुगेको छ । २७ खर्ब ऋण अझै क्रमसै बढ्दै जाने देखिन्छ । देशमा आयश्रोत छैन् खर्च दिन दुई गुणा रातमा चौगुणा भनेको जस्तै अबस्था छ ।
जम्बो भिआईपीको टीम र उनीसरहका हाकिम कर्मचारी लगायतका लागी तलब भत्ता लगातार दिनैपर्ने हुन्छ । यसमाथि पूर्व विशिष्ट पदधारण गर्नेहरूलाई सत्ता, शक्ति, सुविधा, भत्ता, बढाउनेरे । यसरी बढ्दो खर्च रोकिदैंन ।
अनि खर्च पुरा कसरी गर्ने ? यसबारेमा कुनैपनि गम्भिर देखिदैनन् । कुनै एजेण्डा देखिदैन । अहिले जसरी भएपनि खाउँ देश रित्तेपछि देखाजालको तर्जमा यी नेताहरू हिंडेका छन् ।
हाम्रो देशमा एकातिर जनता वेरोजगार छन्, देशमा महंगी र भ्रष्टाचार बड्दै गएको छ । यसलाई रोक्नु भन्दा पनि झन जनताको घर दैलोमा चन्दा माग्नेहरूको पनि उस्तै भिड छ ।
नेपालमा कम्युनिष्ट आन्दोलनले क्रान्तिको नाममा जनताका छोराहरूलाई आ–आफ्ना झोला बोकाउन सफल भएका छन् । वेरोजगार युवाहरूको हातमा ठेली थमाएर जनताको बिचमा पठाइदिन्छन् । जनताबाट धन असुल गर तिमीले पनि खाउ हामीलाई पनि देऊ । यस्तो प्रकारको अबस्थाले देश कसरी उँभो लाग्ला ?
खास गरेर पेसाकै लागि पेसेबर बन्नेहरूले गर्दा आज देशमा धेरैजसो बेरोजगार र भिखारीहरू पैदा भएकाछन्  । उनैले गुण्डागर्दी गर्छन् । पार्टीमा आफ्ना केही समर्थक बनाए भने आफ्नो बिचार लागु गराउन पार्टीलाई दवाब दिन्छन् र यदी पार्टीमा आफ्नो बिचार लागु भएन भने समानान्तरको पार्टी निर्माण गर्छन् । यसरी देशभित्र कम्युनिष्टका हाँगाबागा जन्मिनुको पछाडी यहि कारण हो । हजारौँ युवाहरूलाई बेरोजगार बनाएर देशमा पार्टीहरू निरन्तर जन्माएर अराजकता सिर्जना गराइन्छ । यो देशको लागि वा हाम्रो समाजको लागि सही हुन सक्दैन ।
यद्यपि राजनीति गलत होइन तर राजनीतिले देश र जनतालाई सम्मोधन् गर्न सकिन भने वा राष्ट्रियता जनतन्त्र र जनजीविकाको पक्षमा आफुलाई उभ्याउँन सकिन भने त्यो राजनैतिक आन्दोलनको कुनै अर्थ र ओचित्य रहँदैन । राजनीति गर्नु देशको हितमा देशको रक्षाका लागि, नागरिको हक हित रक्षा रोजगार शिक्षा स्वास्थ्य आदि समेट्न सक्किन्न भने जतीसुकै राम्रो बिचार, घोषणापत्र बिधान होउन्, त्यो प्रायः मृत सरह नै हो ।
एक पटक भारतको हरियाणामा तत्कालिन मुख्यमन्त्री बन्शीलालले सराब (रक्सी) बन्द गराए । उनले गरेको राम्रो कामले पनि उन्को राजनीति हरियाणा बिकास पार्टी । फेल हुनपुग्यो । यद्यपि रक्सी बन्द गर्नु त्यो वेला अत्यन्तै राम्रो प्रगतिशील बिचार थियो । तरपनि बस्तुगत अबस्था अनुकूल भएन । परिणाम यो भयो की त्यहाँका जँड्याहरू छिमेकी राज्यहरूमा खास गरेर पंजाब दिल्ली आदी ठाउँहरूबाट रक्सी मगाउँन थाले । कैयौँ त घरबाट छिमेकी राज्यमा पुगेर हप्तौँ घर न आएपछि उनिहरूका परिवारले यो व्यवस्था भन्दा पहिलेकै ठिक थियो । बरू रक्शि खाएपनि घरै त बस्थे, खोज्न जान त पर्दैनथ्यो भन्नथाले । मुख्यमन्त्रीका आफन्तीहरू र उनिहरूको आशिर्वाद पाएका आसेपासेहरूले रक्शीको तस्करी गर्न थाले । त्यो रक्सीमा लगाएको प्रतिबन्धले बंशिलालको राजनैतिक क्यारिएर समाप्त नै पार्यो ।
यसबाट हामिले के बुझिन्छ भने कुनैपनि काम गर्दा यदि त्यो समय प्रतिकूल भयो भने त्यसले नकारात्मक प्रभाव पारेकै हुन्छ । हामीले गणतन्त्र ल्याएपछि त्यही प्रकारको  जनतामा संदेश दिन सकेनौँ । गणतन्त्रले फरक प्रकारको संदेश दिन नसकेपछिको यो बिकराल अबस्था हो ।
जनताले सोंचेका थिए देशभित्र गणतन्त्र आयो भने हामीले देशमा शन्ति बहाल गर्न सक्छौँ । युवाहरूले रोजगार देशमै पाउँने छन् । भूमिहिन किसानले जमिन पाउने छन् आदि तर यहाँ त्यसको ठिक उल्टा भयो । गोठीका किसानहरू जसले मोही हक पाउने पुर्जी पाएका थिए, उनैलाई पनि पुर्जी घांटीमा झुण्डाएर आन्दोलन् गर्नु परिरहेको छ । मोहियाना हकका लागि दिनौ सडकमा आन्दोलन गर्दैछन् ।
देशभित्र रोजगार छैन । युवाहरू देशभित्र भेटिनै छाडे । अहिलेको गाउँको अबस्था जस्तो छ त्यस्तो इतिहासमा कहिल्यै थिएन । कम्तिमा बारी बाँजो रहँदैनथ्यो । जसरी तसरी गाई भैँसी पालेर बारी खेत आफै जोतेर गुजारा चलाएका थिए । तर अहिले गाउँमा खेत बारी बाँजैछन् । छोरा खाडीमा बालबालिकाको सरकारी स्कुलमा पढाइ हुंदैन । बोडिङ स्कुलमा पढाउन बुहारी भाडामा रूमलिएर बजारमा बस्छिन् । बुढाबुढी टुप्लुकै आ आफ्नो काल पर्खेर बसेकाछन् ।
गाई, भैंसी बाख्रा पाल्न छाडे  । घ्यू चाहियो, दही दुध चाहियो । मासू माछा चाहियो । अनि त्यसपछि मोबाइल, नेट चाहियो । खर्च त बढेकै छ । त्यो मात्र होइन खालि दिमाख सैतानको घर भनेको झैं अन्य घुमफिर चलचित्र आदीको पनि खर्च बढेकै हुन्छ । बेरोजगार युवा खर्च पुरा गर्न नसकेर डिप्रेसनमा छन् । नसाको आदि बनेकाछन् ।
यसरी सरकारको व्यवस्थापनले गर्दा समाज र देश नै बिमार भयो । छाडा र पश्चिमा संस्कार हावी भयो । यो सबै कृयाकलाप देशमा आएको सङ्घीयताले पनि सहयोग पुराएको हो । जसलाई चोर ढोकाबाट भित्राएर विदेशीका दलालहरूले गणतन्त्र समेत धरापमा पारेकाछन् । समय रहंदै सङ्घीयता खारेज गरौं र देशलाई आत्मनिर्भर गराऊ । राजनीतिमा लाग्नेहरूलाई जनताप्रति जवाफदेही हुन बाध्य पारौं ।
नीति र नैतिकता भएन भने राजनीति छाडा हुन्छ । जो अहिले भएको छ । कानुन यिनैले कमजोर बनाएका हुन् ।