Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

भुइ नागरिकलाई कसले हेर्ने ?

१८ मंगलबार , चैत्र २०८१२ दिन अगाडि

भुइ नागरिकलाई कसले हेर्ने ?

सुरेशकुमार पाण्डे - - - -   -  -

देशमा तिनकरोड नागरिकहरू छन् । सरकारको ध्यान मठ्ठीभर भीआइपी तर्फ मात्र छ । जसले हात पाखुरा सही सलामत हुँदाहुँदै पनि अरूको परिश्रमिकबाट ऐयासी गरेका छन् । देश २७ खर्ब ऋणमा छ । एकजना नागरिकलाई लगभग ९१ हजार ऋण पुगेको छ । सरकार भिआइपीलाई थप भत्ता र आजिवन आर्थिक सहयोग दिन्छ ।
गरिब परिवार रोगले उपचार नपाएर अकालमै ज्यान गुमाउँछ । त्यसको लागि सरकार जिम्मेवार छैन । जसले आफु सत्तामा मोजमस्ति गरे आआफ्ना आसेपासेलाई पुस्तौँसम्म पुग्ने देशकै ढुकुटीबाट दिए । उनैलाई जनताको कर र रेमिटेन्स बाट धनराशि जुटाइन्छ । साँचै भन्नुपर्दा स्वस्थ व्यक्ती  काम नगरी खान्छन्, त्यो शोषण नै हो ।
बृद्धा, बालक र बिकलङ्गाहरू र कुनै खास रोगी बाहेक सबैले आफुले खाने, लगाउने खर्च आफैले परिश्रम गर्नुपर्छ ।  भिआइपिहरू र उनिहरूको आश्रित समेतलाई देशले पालेको छ । संसदमा एक पटक पुगेपछि त्यो भिआइपी सरह भयो । उनिहरूको खर्च राज्यले व्यहोर्ने हो भने देश नाङ्गेझार हुन्छ ।
एउटा कर्मचारीलाई अवकास प्राप्त गर्न आफ्नु पुरा जीवनको चालिस वर्ष खर्चिनुपर्छ । आफ्नो सारा उर्वर अबस्था खर्चेपछि पनि उनिहरूलाई वृद्धा अवस्थामा पेन्सन् मिल्दैन् वा मिल्छ भनेपनि उनिहरूको तलबको केही प्रतिशत काटेको रकमको व्याजबाट मिल्छ । यद्यपि उनिहरूकै पसिनाबाट यो देशको थोरै भएपनि बिकास भएको हुन्छ । हुन त कर्मचारी पनि अहिले पहिलेका जस्ता इमानदार नैतिकवान देशलाई मायाँ गर्ने र आफ्नो काममा जिम्मेवार बफादार काफी हद्सम्म कम हुँदै आएका छन् । तर पनि भ्रष्टाचारमा उनै कर्मचारी बढी लिप्त हुन्छन् जसलाई  शक्तिको साथ सहयोग हुन्छ । अन्य सर्वसाधारण कर्मचारी गल्ती गर्न डराउँछन् । सितिमिती घूस लिने हिम्मत पनि उनिहरूले गर्दैनन् । त्यस्तै कर्मचारीहरूले देशको विकासमा सहयोग पुराएका हुन्छन् । अहिले राजनैतिक पार्टीहरू आफैले पनि पेसेवरको नाममा थुप्रै झोले अल्छि र कामचोरहरूलाई जन्माउने हुर्काउने गर्दैआएका छन् । तिनको खर्च आम सर्वसाधारण नागरिकमा पर्दछ ।
एउटा राजनैतिक पार्टीमा पचास जना होलटाइम्पर हुन्छन् भने देशभित्रका सत्ताईस अठ्ठाइस राजनैतिक पार्टीहरूमा थोरै धेरै चौध पन्द्र हजार व्यक्तीलाई र उन्का परिवार समेतको खर्च जनताले नै बहन गर्नुपर्छ । त्यो भार देशका नागरिकहरूलाई नै परेको हुन्छ । एकातिर भिआईपी, पेसेवर, अनि कर्मचारीलाई पाल्ने देशका गरिब जनतानै हुन । किनकी उत्पादन छैन आयश्रोत भनेको कर र रेमिटैन्स नै हो । जो जनताको पसिना हो ।
अहिलेसम्म देशका यी छोटे बडे राजाहरूलाई पाल्दा देशको आयश्रोतले नपुगेपछि बिभिन्न दाताहरूबाट अनुदान लिने अथवा सन्धि श्रम सम्झौता गर्ने त्यसले पनि नपुगेर ऋण लिने व्यवहारले देशमा ऋणको भार ह्वात्त बढ्यो । सङ्घीयता आएपछि एक जना नागरिकको काँधमा लाखको कर्जा पुगेको छ ।
देशका नामि कम्पनिहरू डिफाल्टरको सूचिमा छन् । कसले असुल गर्ने ?।
हामीले भन्छौँ देशभित्र फेरी प्रतिगामीले सिर उठायो । कीन उठायो ? यसको असली जिम्मेवार को हो ? के जनतालाई आफ्नै छोरा –छोरी, श्रीमान श्रीमतिको सहादत् बाट आएको गणतन्त्र घाँडो भयो त ? नेतृत्वले आफ्नै मुहार किन हेर्दैनन् ?
कुनै रोग नभैकन शरीर अस्वास्थ हुँदैन, यदि शरीरमा रोग छ भने उपचार मागेकै हुन्छ । हाम्रो देशपनि एकप्रकारको शरीर नै हो । गणतान्त्रिक शक्तिले देशको हित हुने कार्य गर्दथ्यो भने देश बिमार हुने थिएन । अहिले गणतन्त्रलाई जती नोक्सान पुराएका छन् त्यो गणतन्त्रवादीहरूले नै पुराएका छन् । यथार्थ यही हो ।
विदेशी शक्ति वा राजावादीहरूले गणतन्त्रमाथि हमला गरे भनेर भन्नु आफ्नो गलतीलाई लुकाउँने प्रयात्न पनि हो । विदेशीहरूलाई भित्राएको र राजावादीहरूलाई जगाउनेहरू यिनै गणतन्त्रका ठेकेदारहरू नै हुन् । देशको विकासमा सिन्को नभाँच्ने एकले आर्काको सत्ता ढाल्ने दाउमा रहन्छन् । यसरी गणतन्त्रमाथि हमला गर्ने बातावरण बनेको छ । विदेशीहरूलाई भित्राउने कामपनि यिनैको हो । दोष नेतृत्वमै छ ।
यावत कमि कमजोरीका बाबजुद आजको परिवेशमा राजतन्त्र ठिक हो वा थियो भनेर भन्नु पनि ठिक होइन । तन्त्र ठिक वा बेठीक के हो ? यसका लागि सञ्चालकको चरित्र मुख्य हो ।
जसरी आज राजा आऊ देश बचाउका आवाज उठेकाछन् । भोलिका दिनहरूमा साम्राज्यवाद आऊ देश जोगाउको आवाज विदेशीका दलाल एजेन्टहरूले उठाउने छैनन् भन्न गारो छ । सिक्कममा पनि राजतन्त्र हुँदाहुँदै प्रजातन्त्रको नाराभित्र विदेशी षड्यन्त्र घुसेर स्वतन्त्र देश नै सकियो ।
त्यसकारण अहिलेको अबस्थामा जनता र देशले खोजेको तन्त्र, नैतिकतन्त्र, जनमतको कदर गर्ने तन्त्र जरूरी छ ।
राजतन्त्र जिन्दावाद वा मूर्दावाद, गणतन्त्र जिन्दावाद वा मूर्दाबाद भनेर मात्र केही हुनेवाला छैन ।
देशको सङ्घीय साशन व्यवस्था हाम्रो देशको लागि अत्याधिक खर्चिलो व्यवस्था भएकोले सङ्घीयतालाई खारेज गरेर त्यो आर्थिक देशको विकास वा ससाना उद्योग खोल्ने र युवाहरूलाई देशभित्र रोजगारको व्यवस्था गर्न सकिन्छ । सबै देशका जनताहरूले यो सङ्गियता चाहेका पनि छैनन् ।देशका जनताले नचाएको व्यवस्था लाधेर देशलाई कस्को इसारामा टुक्रापार्न खोजिएको छ भन्नेकुरा प्रष्टै छ ।
यस्तो परिस्थितिमा आफुलाई बुद्धिजिवी भन्नेहरू बिभिन्न पार्टीमा लागेर त्यही पार्टीले जे भन्छ त्यही गरेका हुन्छन् । आफ्नो विवेक र स्वाभिमानको हत्या गरेर जस्को सिता खाई उसैका गीत गाई भन्ने उखान अनुसार कार्यरत छन् । त्यस्तै खालका झोलेहरूको व्यवस्थापनका लागि प्रदेशको सरकार खारेज गर्न सकिरहेका छैनन् ।
अहिलेपनि यी ठुला दलहरूले चाहने हो भने देशको काया पलट हुनसक्छ । तर यहाँ त कसरी सरकारमा जाऊँ र आफ्ना आसेपासे र गासेहरूको लागि केही गरौँ । ताकी आगामि चुनावमा आफ्नो सीट सुरक्षित् गर्न सकियोस् भन्नेनै छ । सबैलाई सङ्घीयताले देशलाई नोक्सान भएको छ भन्ने लागिरहेको छ तर उनिहरूले त्यसको बिरोधमा चुँ सम्म गर्न नसक्नुका पछाडि उपरोक्त दाशताले काम गरेको छ । दासता जुनसुकै तन्त्रमा त्याज्य हुन्छ, आलोचित हुन्छ ।
भिआईपी लगायत सबैलाई सत्ता, भत्ता, कमिसन चाहिएको छ तर सर्वसाधारणलाई भने काम गरेर खाने ठाउँ चाहिएको हुन्छ उनिहरूलाई कसले हेर्ने ? देश विदेशमा उनिहरूले काम नपाएर पशुतुल्य जीवन यापन गर्न बाध्य छन् । कयौँले आफ्नो अमूल्य जीवनलाई हत्या गर्न बाध्य भएकाछन् । यो सबै यिनै भिआईपीहरूकै देन हो । तसर्थ सबैले काम गरेर पसिना बगाएर नै आफ्नो र परिवारको भरणपोषण गर्नुपर्छ ।
हामी आफुलाई अब्बल परिबर्तनकारी ठान्नेहरू आफैले शोषणको बिरूद्धमा आवाज उठाउदा उठाउदै कतै हामी आफै शोषक त भएका छैनौं ? आफुले भाषण गरेकोलाई काम सम्झिने भूल नगरौं । हामी सबैको कर्तव्य हुन्छ सकेको परिश्रम गरेर आफुलाई र आफ्नो परिवारको भ्रण पोषण आफैले गर्नुपर्दछ । बाँच्न पाउने हक सुनिश्चित हुनुपर्छ । हामी सबैले आफैलाई खरी घस्नुपर्छ ।
अहिले देशमा गरिबी, वेरोजगारीले गर्दा जनताले निकास खोजिरहेको वेलामा परिवर्तनका आस देखाउने जुनसुकै अवसरबादहरूलाई जनताले सहयोग गर्न सक्छन् । सबैभन्दा अहेम मुद्धा अहिलेको सङ्घीयता हो । जसले गर्दा देश नाङ्गेझार भएको छ । समयमै सङ्घीयता खारेर गरेर आफ्नो देशलाई जोगाउने सबै नागरिकको पहिलो कर्तव्य हो र हुन्छ ।
सरकारले एकपछि एक गलत कृयाकलाप गर्दै आएको छ अहिले फेरी कुलमान घिसिङलाई हटाएर जनतालाई सडकमा आउन बाध्य गराएको छ । यस्ता झिना मसिना गलतिबाट पनि देशलाई आर्थिक नोक्सान् हुनेगर्छ ।
कृपया जनतालाई आन्दोलनमा उक्साएर उनिहरूको हत्या नगरौँ । देश बर्वाद नगराऊँ । देशमा सबै जात जाति धर्माबलम्बीह लाई जोगाउन पहल गरौँ । सबैको जिउने नैसङ्गिक अधिकार हो ।
विदेशीको इसारामा आन्दोलित भएर जनताहरूको जिउने अधिकार न खोसौँ । जोसुकै मरेपनि यहि देशका नागरिक मर्नेछन् भन्ने कुरालाई मनन् गरौँ, आत्मसाथ गरेर सबैले आफ्नो देश जोगाउन हातेमालो गरौँ । देश संकटमा छ, यसको अर्थ हामी संकटमा छौं है ।