Advertisement Banner
Advertisement Banner

१८ मंगलबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

चीन-भारत सांस्कृतिक समारोह र नेपालको अवसर

१० सोमबार , चैत्र २०८१८ दिन अगाडि

चीन-भारत सांस्कृतिक समारोह 
र नेपालको अवसर

प्रेम सागर पौडेल                    

चीनको राजधानी बेइजिङमा भारतीय सांस्कृतिक समारोहले चीन(भारत सम्बन्धमा नयाँ उत्साहको सुरुवात गरेको छ। भारतीय दूतावासले आयोजना गरेको यस एक दिने कार्यक्रममा चार हजारभन्दा बढी चीनियाँ नागरिकले भारतको सांस्कृतिक विविधताको अनुभूति गरे। राजस्थानी कालबेलिया नृत्यदेखि पंजाबी भांगडा, असमिया बिहु नृत्य, दक्षिण भारतीय शास्त्रीय संगीत, र विभिन्न प्रदेशका पक्वान्नहरूले कार्यक्रमलाई चर्चित बनाए। चीनको विदेश मन्त्रालयका उपमन्त्री ली किजियान र भारतीय राजदूत पी। कुमारनको उपस्थितिले यसलाई कूटनीतिक महत्त्व पनि प्रदान गर्यो। चार वर्षपछि पहिलो पटक यस्तो ठूलो आयोजना भएकोले दुबै देशबीचको सम्बन्धमा सुधारको संकेत मानिन्छ।  

२०२० मा गलवान घाटी द्वन्द्वपछि चीन(भारत सम्बन्ध चिसो भएता पनि हालका वार्ताहरू र सांस्कृतिक आदानप्रदानले नयाँ मोड ल्याएको छ। आर्थिक क्षेत्रमा दुबै देश एकअर्कामा गहिरो रूपमा निर्भर छन्। भारतले चीनबाट औषधीय कच्चा पदार्थ, मलखाद, मेशिनरी, र रेशम आदि ठूलो मात्रामा आयात गर्छ भने चीनले भारतबाट लोह अयस्क, इन्जिनियरिङ्ग उत्पादन, र पेट्रोलियम पदार्थ लिइरहेको छ। तर, २०२४ मा भारतको चीनसँगको व्यापार घाटा ६५ अर्ब अमेरिकी डलर पुगेकोले यसलाई कम गर्ने चुनौती बनीरहेको छ। यसैबीच, सांस्कृतिक कार्यक्रमहरू मार्फत दुबै राष्ट्रले आपसी विश्वास बढाउने रणनीति अगाडि सारेका छन्।  

नेपालले चीन र भारतबीच बढ्दो सहयोगबाट ठूलो फाइदा लिन सक्ने देखिन्छ। भौगोलिक रूपमा दुबै देशबीच अवस्थित नेपालले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ ९द्यच्क्ष्० र भारतको सागरमाला प्रोजेक्ट जस्ता महत्त्वाकांक्षी योजनाहरूबाट जोडिने अवसर पाएको छ। केरुङ्ग(काठमाडौं रेल्वे ९चीन० र रक्सौल(काठमाडौं रेललाइन ९भारत० जस्ता परियोजनाले नेपाललाई एसियाली बजारसँग जोड्ने सम्भावना बढाएका छन्। पर्यटन क्षेत्रमा पनि चीन र भारतबाट आउने पर्यटक संख्या नेपालको अर्थतन्त्रका लागि महत्त्वपूर्ण छ। २०२३ मा नेपालले ३ लाख चिनियाँ र २।५ लाख भारतीय पर्यटक स्वागत गरेको थियो। यसबाहेक, चीनले नेपालमा हाइड्रोपावर प्रोजेक्टमा लगानी गर्दै आएको छ भने भारतले पेट्रोलियम पाइपलाइन र सुचारु ऊर्जा सम्झौतामा सहयोग गरेको छ।  

कूटनीतिक दृष्टिले नेपालले दुबै देशसँग सन्तुलित सम्बन्ध कायम गर्दै आफ्नो सुरक्षा र विकासलाई प्राथमिकता दिन सक्छ। चीनबाट सीमा प्रबन्धनका उपकरण र भारतबाट सैन्य प्रशिक्षण जस्ता सहयोगले नेपालको राष्ट्रिय सुरक्षा मजबुत बनाउन सहयोग पुगेको छ। तर, नेपालले यी अवसरहरूबाट दीर्घकालीन लाभ लिन आन्तरिक नीतिगत सुधार गर्नु पर्ने चुनौती पनि छ। नेपालले बृहत् आर्थिक योजनाहरू साकार गर्न पारदर्शी नियमन र निवेशकलाई आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्छ।

भविष्यमा चीन-भारत सम्बन्धमा सुधार भइरहँदा नेपालले आफ्नो तटस्थतालाई कूटनीतिक शक्तिको रूपमा प्रयोग गर्न सक्छ। दुबै देशबीच व्यापार, पर्यटन, र सांस्कृतिक आदानप्रदान बढ्दै जाँदा नेपालले क्षेत्रीय सहयोगमा बृहत भूमिका निभाउन सक्ने छ। तर, यसका लागि स्पष्ट विदेश नीति, आर्थिक सुशासन, र राजनीतिक स्थिरता आवश्यक छ। चीन(भारतको सांस्कृतिक समारोहले जस्तै नेपालले पनि आफ्नो सांस्कृतिक पहिचान र आर्थिक योगदानबाट क्षेत्रीय शक्तिसँग आफ्नो स्थान क्षेत्रीय शक्तिसँग आफ्नो स्थान मजबुत गर्ने अवसर छ।