Advertisement Banner
Advertisement Banner

१९ बुधबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

डाइनामिजम किन खुइलियो ?

०७ शुक्रबार , चैत्र २०८११३ दिन अगाडि

डाइनामिजम किन खुइलियो ?

प्रचण्डको डाइनामिजम खुइलिन थालेको चर्चा बढेको छ । कांग्रेस एमालेले सरकार बनाउनासाथ, प्रमुख प्रतिपक्षी बनेको माओवादीले समाजवादी मोर्चाबाट पनि आफूलाई शक्तिशाली बनाउन सकेन, अब राजतन्त्रको माग गर्नेको प्रतिकारमा उत्रिनका लागि नेकपा स र नेकपा माओवादी सडक उत्रिदैछन् ।
१९ वर्षमा ३ पटक प्रधानमन्त्री बनेका, चुनाव हारेकालाई प्रधानमन्त्री बनाउन सक्ने, सर्वोच्चका प्रधानन्यायाधीशलाई सरकार बनाउन सक्ने र राजनीतिलाई आफूले चाहेको मोडमा मोड्नसक्ने डाइनामिक नेता प्रचण्ड र उनको नेतृत्वको माओवादी पार्टी गल्दै र श्रीहीन हुँदै गएको विश्लेषकहरूले टिप्पणी गरेका छन् ।
युवराज घिमिरेजस्तो पत्रकारले त प्रचण्डको पतन भएको लेखेका छन् । प्रचण्डका सामु राजनीतिक बाघ बन्ने हो भने राजालाई गाली होइन, राष्ट्रको अभिभावक बनाउन अघि सर्नुपर्ने अवस्था देखिएको छ । अन्यथा राजालाई गाली गर्नु उनका लागि बुमे¥याङमात्र हुने जोखिम बढेर गएको छ । जोखेर बोल्ने र जनआवाज सुनेर डाइनामिजम बचाउनपर्ने बाध्यतामा छन् प्रचण्ड ।