
शेखर ढुंगेल ----------------
महाराज गोमन साँपहरु साधुको भेषमा वरिपरि बस्छन र मौका पाउँदा डस्छन् । पंचायत असफल पार्नुमा सुर्य बहादुर जस्ता फंडितहरुलाई दरवारले नचिन्नु ठूलो भुल थियो । बहुदल असफल हुनुमा पनि गिरिजा मात्र होइन, सूर्य बहादुर प्रब्रितिकै ठूलो भूमिका रह्यो । गणतन्त्र घोषणा पछि दरवार छोड्दा कुन पूर्ब पन्चे हामी छौ भनेर दरवारको ढोकामा पुग्यो ? हो गणतन्त्र आउनुमा आन्तरिक भन्दा बाह्य शक्ति हाबी थियो । जुन महाराजलाई बोध भएर नै हाँसी हाँसी श्रीपेच जनताको जिम्मा लगाएको बुझ्ने धेरै छन् । तर पनि अन्तिममा राजाको साथ सहानुभूति गर्न सम्मान प्रकट गर्न कुनै पन्चे दरवारको ढोकामा पुगेका थिएनन् । बरु राजाको नाममा राजनीतिको ताउ सेकेर सभासद्को टाउको गनेर भुक्तानी लिए । अनि बर्तमान संबिधान बिश्वकै उच्च भन्दै सत्ता मनोरंजन गर्नेमा प्रचण्डले बाबुराम ओलीहरु भन्दा अगाडी पन्चेहरुनै थिए । अब समयले त्यो परिबर्तन देशको हित बिपरित हुँदै गएको मात्र होइन अस्तित्व समाप्ति तर्फ उन्मुख भएको असफल नेतृत्व र पद्धतिको विस्थापन र नागरिकले परिबर्तनसँगै एक विश्वासिलो नेतृत्व र संरक्षक खोजेका छन् । यो सत्य हो नागरिकले देश बचाउन परिबर्तन खोजेका छन् । महाराज पूर्ब पन्चे जो छन् छदै छन् तर रङ्ग न पोतिएका नयाँ पुस्ताको नेतृत्व खोजौ । आम नागरिकको परिबर्तनको चाहना र महाराजको संरक्षकत्वले एक महाथिर र लि क्वान जन्माउन असफल भयौ हो भने अब यो पौराणिक देशको अस्तित्व हेर्दाहेर्दै सकिने हुन्छ । तन्त्र र गुटको नामका ऐंजेरुहरुले देशको अस्तित्व समाप्तिको मुखमा पुर्याई सके । त्यसमा राप्रपा नामको दलको भूमिका पनि कम छैन । हिजो आज र भोलि पनि राष्ट्रबादी नागरिकले महाराजालाई साझा नै देख्न खोज्ने हो । अमुक दल वा गुट बिशेषको होइन । राजसस्था नेपालको अनिबार्य आबश्यकता हुँदैहुँदै पनि यो सस्थाको वरिपरि रहने स्वार्थी झुण्डहरुले सस्थाको अबमुल्यन र बदनामी मात्र होइन । विस्थापन सम्मको अबस्थामा पुर्यायो यो बास्तबिकतालाई आजको समयमा गहन मनन गरि अगाडी बढ्नु अनिपार्य छ ।
राजाले गम्भीर भएर बुझ्नु पर्ने कुरो युवा पुस्ताले देश र आफ्नो भविष्य खोजिरहेका छन् । देश बचाउन राजाको संरक्षकत्वमा युबा महाथिर र लिक्वान बन्न तयार छन् । यो समयको यथार्थतालाई स्वीकार गरि सम्बोधन गर्न चुक्यौ भने पछुताउनु पर्ने छ र दोषको भागिदार नेता मात्र होइन महाराज पनि हुनुपर्ने छ । युबा पुस्ताले राजसस्था होइन एक बिश्वास गर्न सक्ने स्वतन्त्र राष्ट्रबादी संरक्षक खोजेका छन् र त्यो संरक्षकत्व महाराजप्रति लक्षित हो । पंचायतकालिन प्रवृतिको नेतृत्व वा संरक्षक बनेर देश, महाराज दुबैको लागि सकारात्मक परिणाम आउनेमा आम नागरिक र खास गरि युबा पुस्ता बिश्वास राख्दैनन् । महाराजको वरिपरि अझै सूर्य बहादुर प्रवृतिको ठुलो जमात छ, त्यो जमात छिचोल्न ढिला गर्नु हुँदैन। महाराज साझा हुन् पर्छ र छन् भन्ने बिस्वास युबा पुस्तामा हुनु पर्छ । महाराजले बिहान आपÞmुकोमा चिया खाने दौडेर खुमलटार पुगेर नास्ता गर्ने अनि हत्तर हत्तर बुढानिलकण्ठ पुगेर दिउसोको खाना कार्यालय पुग्ने र साँझ बालकोट पुगेर बार्गेनिङ्ग गर्ने कथित राजाबादी बुद्धिजीवीहरुको पहिचान गर्न ढिला नगरौ र आफ्नो संरक्षकत्वमा देशको अस्तित्व रक्षा सहित निम्न अबधारणा पनि सार्बजनिक हुनुपर्ने मान्यता यो लेखक राख्दछ ।
महाराज आज परिबर्तनको सम्बाहक बन्ने पुस्ता मात्र बालेन शाह प्रवृति चाहन्छ अर्थात कम बोल्ने देश चिनेको भिजन भएको मतदाताको मनमा बसेको नेपाल लाइ नेपाल जस्तो बनाउने प्रतिबध्तता रहेको । त्यसैले हामीले बिस्वासिलोको नाममा परिबर्तनको सम्बाहक बन्न खोजेका युबा पुस्ता भन्दा टाढाको प्रवृति लाइ अगाडी लेराउनु स्वाभाविक नहोला। आम नागरिकको अर्को गहन प्रशं राजा आऊ देश बचाऊ त् सुन्यौ तर कसरि रु यसको उत्तर बिना परिबर्तनको सम्बाहक युबापुस्तालाई आस्वस्त पार्ने कसरि रु यता गम्भीर ध्यान जानु र सम्बोधन हुनु अनिबार्य हुन्छ ।
कम्तिमा १ देशको आर्थिक हैसियत अर्थात स्रोत र साधन अनुसारको राजनैतिक प्रशासनिक संरचना कस्तो हुने रु२ निर्मम आर्थिक मितव्ययिता र अनुशासन कार्यन्वयन गर्न कस्तो नीति बिधि अपनाउने ३ भ्रष्टाचार र दण्डहीनताको अन्त गर्न अर्थात सुशासनको मोडालिटी कस्तो हुने रु४ हिमाल पहाड को समानुपातिक बिकास पलायनको न्यूनीकरण, रोजगारी को अवसर ,को मार्गचित्र कस्तो हुने रु राजनैतिक स्थायित्व शान्ति र बिकासको अबधारणा के हो ? अबको परिबर्तनका सम्बाहक युबपुस्ता लाइ जानकारी दिलाउनु पर्छ । उदाहरणको लागि–
१ बढीमा ३ दल अस्तित्वमा हुने बहुदलिय ब्यबस्था, संघियताको खारेजी वा गभर्नर पद्धतिको ३ प्रदेश बढीमा ७ कार्य समिति,
२ एक जिल्ला एक सासद र बढीमा ११५ सदस्यीय केन्द्रिय सदन निर्वाचित बाहेक बिज्ञ हरुको मनोनयन बढीमा ११ सदस्यीय मन्त्रीमंडल,
३ सबै सेता हात्ती आयोगहरुको खारेजी र स्थानीय सरकार लाइ सम्बन्धित समस्याको समधानको अधिकार र जिम्मेवारी,
४ उपत्यकालाई ग्रेटर महानगर बनाउने र सडक बिजुली खानेपानी ढलनिकास यातायात आदिको एक द्वार परनाली मार्फत सेवा प्रदान गर्ने,
५ निर्यात लक्षित कृषि पशुपालन फलफुल जडिबुटी उत्पादन र बजारीकरण उउउ मोडेलमा कार्यन्वयन गर्ने र युबा लाइ स्वरोजगार हुन् प्रेरित गर्ने आर्थिक सहायता र तालिम दिने हिमाल पहाड लक्षित होटेल निर्माणतर्फ प्रेरित गर्ने नीति निर्माण,
६ हिमाल पहाड लक्षित एकीकृत शहरीकरण र बिकास खर्चको समुचित सदुपयोग गर्ने
७ अर्को १० बर्षसम्म उपत्यकाका स्कुल कलेज अस्पताल होटेल निर्माण निषेध गरि हिमाल पहाड तराई तर्फ आकर्षित हुने नीति निर्माण गर्ने,
८ नेपाललाई बिस्व अध्यात्मिक केन्द्रको रुपमा स्थापना गर्न नेपाल लाइ जैविक राष्ट्र घोषणा गर्ने रारा खप्तड रसुवा पाथिभरा जस्ता क्षेत्रमा अध्यात्म केन्द्र आयुर्वेदिक उपचार र योगशाला निर्माण एबम प्रशिक्षण केन्द्रको रुपमा बिकास गर्ने,
९कम्तिमा ४० ५ विदेश स्थित कुटनैतिक नियोग हरु खारेज गर्ने र आर्थिक बोझ कम गर्ने
१० आम नागरिकको लागि अस्पताल स्कुल कलेज र कानुनी उपचार बिस्वसनिय मापदण्ड बनाइ निसुल्क अर्ध निशुल्क गर्ने,
११ ध्ज्इ , ग्ल्भ्क्ऋइ जस्ता बिस्वब्यापी रहेको क्ष्ल्न्इ बाहेक सबै खारेज गर्ने र आन्तरिक स्रोतमा आधारित बाहेक सबै ल्न्इ खारेज गर्ने,
१२ अमेरिकाको जस्तो निर्वाचन आचारसंहिता र जापानको जस्तो निर्वाचन पद्दति लागु गर्ने अर्थात योग्यता पारदर्शी र किफायती निर्वाचन पद्धति,
१३ देशको प्रत्यक सदरमुकाममा सुपथ मूल्यका पसल,
१४ पूर्ण छात्रवृति प्राप्त बाहेकका बिद्यार्थीलाई विदेश अध्ययन गर्न जान बन्देज गर्ने,
१५ निर्ममलाई अर्को ५ बर्ष भित्रमा विस्थापन गर्ने र त्यसको ५ हज्जार जनशक्तिलाई डी आइ जीको नेतृत्वमा नियमित प्रहरी अन्तर्गत राख्ने,
१६ सेना प्रहरीको कम्तिमा ३० प्रतिशत उच्च पद खारेज गर्ने र तल्लो निकायलाई सुबिधा सम्पन्न बनाउने,
१७ लोकसेवा आयोग खारेज गरि आबश्यक जनशक्ति सम्बन्धित कार्यालयको प्रशासन शाखा मार्फत आबश्यकता र आर्थिक क्षमता अनुसार नियुक्त र बर्खास्तीको अधिकार र जिम्मेवारी दिने,
१८ नदीहरुलाई डाइभर्सन गरि समुन्द्री खाना उत्पादन गरि निर्यात गर्ने,
१९ नागरिकता वितरण गर्दा अमेरिका अस्ट्रेलियाको नीति अपनाउने,
२० राष्ट्र लाइ बौद्धिक र आर्थिक सहयोग पुग्ने हुँदा सारक राष्ट्र बाहेक मा रहने आप्रवासी नेपाली हरु लाइ दोहोरो नागरिकता।राहदानीको ब्यबस्था गर्ने,
२१ अंश मुद्धा, यातायात र ब्यबसायिक मुद्धाहरुलाई द्रुत गतिमा निर्णायक बनाउन बिशेष अदालतमा बिशेष बेन्चको ब्यबस्था गर्ने,
२२ मन्दिर मठ मन्दिरहरु स्थानीय जन समुदाय र सरकारको अधिकार भित्र राखेर संचालन रब्यबस्थापन गर्ने नीति निर्माण गर्ने,
२३ निजि स्कुल कलेज हरु लाइ राष्ट्रिय करण गर्ने एक रुपता कायम गर्ने र एकै पाठ्य पुस्तक पठन पाठन गराउने,
२४ ६० प्रतिशत भन्दा बढी स्थानीय भाषा बोल्ने समुदाय रहेको स्कुलमा सो भाषाको पठन पाठनको ब्यबस्था गर्ने,
२५ प्राकृतिक प्रदुषण र सुरक्षाको दृष्टिले अनुपयुक्त निर्माण भएका गुम्बाहरुको स्रोत अनुसन्धान गर्ने र समुदायको पहुचमा पुर्याउने,
२६ नेपालको बायु सेवा लाइ समयको बिस्वसनिय र अन्तराष्ट्रिय पहुच पुर्याउन कम्तिमा २० वटा ठुला जहाज खरिद गर्ने ५र५ वटाले भैरहवा र पोखराबाट अन्तरष्ट्रिय उडान गर्ने त्रिभुवन विमानस्थललाई दोहोरो उडान (डबल रनवे) क्षमतामा विस्तार गर्ने सम्भब भए सबै निजि बिमान कम्पनिलाई मर्ज गरि थप भरपर्दो र सशक्त बनाउने आन्तरिक उडानको बेस पोखरा बिराटनगर धनगढी नेपालगंज भैरहवा मध्य कम्तिमा ४ ठाउँलाई बनाउने र त्रिभुवन विमानस्थल आन्तरिक उडानको ट्रान्जिट मात्र बनाउने,
२७ जिर्ण सबै उद्योग पुन संचालन गर्ने,
२८ राजपरिवारका सदस्यले कुनै तलब भत्ता सुबिधा नलिने औपचारिक सुरक्षा र प्रोटोकल बाहेक,
२९ कर्मचारीको अबकास उमेर बढाउने उमेरको आधारमा अबकाशको नीति निर्माण गर्ने
३० आर्थिक स्रोत र आम्दानीको बिस्वसनिय बिधि अपनाई निमुखा गरिब परिवारलाई निशुल्क खाना कपडा बिद्युत र संचारको पहुचमा पुर्याउने,
नेपालको अबस्था देश कि तन्त्र मध्य एक छान्नु पर्ने अबस्थामा पुगेका छौ देश भन्नु रोज्नु पर्दा यही नेतृत्व बर्ग पद्दति र निर्वाचन प्रवृति रही रहे नेपाल ८९ को निर्वाचन पश्चात विधिवत अस्तित्व बिलय गर्ने बाटोमा हिडी सकेको छ । देश रहे मात्र राजा र तन्त्र रहने हो। तसर्थ महाराज पुराना पर्खाल भत्काई नया सुरक्षित पर्खाल भनेको नयाँ अर्थात् परिबर्तनको सम्बाहक बन्ने युवापुस्ता नै हो र युवापुस्ताको नविनतम सोच र जोस योग्यता क्षमतालाई सम्मानपूर्वक सम्बोधन गरि संरक्षकत्व प्रदान गर्न अलमलिनु र ढिला गर्नु हुँदैन ।
अन्तमा निराशाको बिचमा पनि परिबर्तनको जोस लिएर समयले नविनतम सोचका युवापुस्तालाई उर्जा प्रदान गरेको छ । दलका केहि जेष्ठ नेताहरु बाहेक दोस्रो पुस्ताका नेतृत्व त्यस्तो असहिष्णुता राख्दैनन् । दायित्व बोध गर्ने धेरै छन् उनीहरुको पनि साथ र सहयोगको लागि आह्वान हुनुपर्छ । तसर्थ स्पष्ट नीति लिएर म संरक्षकत्व प्रदान गर्छु आग्रह पूर्वाग्रहबाट माथि उठौ, यहाँहरु देश हाक्नु होस् भनि सम्बोधन गर्नु चुक्नु हुँदैन । अबको परिबर्तन पछिको नेतृत्व ५० बर्ष भन्दा मुनिकाको हातमा जानुपर्छ, उनीहरुको सोच र जोसलाई बिचलित हुन् दिनु हुँदैन प्रोत्साहन गर्नु पर्छ ।
नेपाल र नेपाली युग युग सम्म अमर रहुन् ।