Advertisement Banner
Advertisement Banner

२० बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

महिलामुक्ति कसरी सम्भव हुन्छ ?

२८ बुधबार , फाल्गुण २०८१२२ दिन अगाडि

महिलामुक्ति कसरी सम्भव हुन्छ ?

सुरेशकुमार पान्डे  -   -   -   -
विश्वमै महिलाहरू असुरक्षित् र अपहेलित अवस्थामा छन् । महिँला मुक्तिको लागि लगभग अढाइ सय वर्ष पहिले देखि संघर्ष हुँदै आएको देखिन्छ । जती सुधार हुनुपर्ने हो त्यती हुनसकेको छैन । १८ दिसम्वर १९७८मा पारित भएको संयुक्त राष्ट्र संघको महासन्धिमा महिलाहरूमा हुने तमाम भेदभावको अन्त्य गर्ने प्रस्ताब पारित भएको थियो । नेपालमा पनि कयौँ नियम कानुनहरू बनेका छन् तर पनि व्यवहारिक हुन सकेका छैनन् । नियम कानुनलाई बनाएर मात्र जनजीवन बन्नसक्नुपर्छ । एकातिर पुरूषले बस्तुको रूपमा हेर्ने र आर्कोतिर महिलाले आफैलाई कम्जोर ठान्नाले गर्दा सुधार हुन नसकिरहेको हो ।
हो, समयानुसार महिलामा चेतनास्तर बढेको छ । कतिपय राजनैतिक सामाजिक सुधारहरू भएका छन् तर आवश्यकताजति छैनन् ।
मूलभुत रूपमा महिलाहरू अहिले पनि असुरक्षित, अपहेलित असहाय, दमित, पुरूषको आश्रृतमा रहेका देखिन्छन् । समानता छैन ।
शारीरिक शोषण र पारिश्रमिक रूपमा पनि महिलामाथि शोषण हुँदै आएको छ । कतिपय महिला दयनीय अबस्थामा देखिन्छन् । कतिपय महिलाका लागि आफ्नै शरीर काल बनेको छ । भारतको राजधानी नयाँ दिल्लीमा १६ दिसम्वर २०१२ को राति एउटा चलिरहेको बसमा गैंग रेप र अमानविय यातनादिएर चलिरहेको बसबाट फालिएको चेलीको दर्दनाक घटनाले विश्वचर्चा पाएको थियो । नेपालमा पनि दैनिक चार बलात्कार, सयौं हत्या, आत्महत्या हुन्छन् । यस्ता अनेक घटना छन्, जो अनुसन्धानमा छन्, दोषी पत्तै लाग्दैनन् । कानुन कमजोर देखिन्छ ।
कतिपय धार्मिक ग्रन्थहरूले महिंलालाई कम्जोर बनाइदिएका  हुन्छन् । एउटा मासिक धर्म भएपछि अछुत बनाइदिन्छन् । छाउगोठमा पुराइदिन्छन् । छाउगोठमै बलात्कार हुन्छ । महिलामाथि अनेक विभेद र निषेधका घटना भइरहेका हुन्छन् । सुधार हुनसकेको छैन । कयौँ घटना महिलाहरूका आफ्नै गलतीबाट पनि भएका देखिन्छन् । छाडा संस्कार महिलाहरूको चालचलनले पनि यस्ता घट्नाहरू निम्ताएको हुन्छन् ।
सती प्रथाको अन्त्य त भयो । तर अहिलेपनि महिलाहरू अकालमै मारिएका हुन्छन् । आफुलाई प्रजातन्त्रको अब्बल राष्ट्र घोषणा गरेको भारतमा महिँलाहरूको बढी शोषण भएको देखिन्छ । 
त्यस्तै नेपालमा पनि शोषण नै हुन्छ । कतिपयले देह व्यापारको बैधानिकता हुनुपर्छ भन्छन् । मुम्बई, दिल्ली, मेरठ, आगरा यूपिका सहरहरूमा महिंलाहरूको पशुतुल्य रूपमा खरिद बिक्रि हुने गर्दछ । जसमा नेपाली महिलाहरू पु¥याइन्छ ।
आर्कोतर्फ नेपालबाट भारतमा परिश्रम गर्न पुगेका नेपाली महिलाहरूको अबस्था त अन्य राज्यको भन्दा झन् झन झन् दयनीय बन्दै गएको छ । उच्च शिक्षा आर्जन गर्न गएका समेतको अवस्था दयानिय छ । हालै भारतको केरलाको किट विश्वविद्यालयमा प्रकृति लम्सालको हत्या भयो, यसबाट पनि स्थिति कतिसम्म भयावह छ भन्ने देखाउँछ । नेपाली विद्यार्थी र नेपालको अपमान गर्ने भारतीयको चरित्र अत्यन्तै निन्दनिय थियो । यसले नेपालको  स्वाभिमानमाथि धावा बोलेको छ ।
अचेल नेपाली विध्यार्थिहरू बिभिन्न देशमा गएर शिक्षा हासिल गर्छन् । देशले पनि कयौँ विद्यार्थिलाई छात्रबृत्ति दिएर अध्ययन् गर्न सहज बनाइ दिएको हुन्छ । त्यो पनि नेपाल भारतको शान्ति तथा मैत्रि सन्धिको तहत पुगेका हुन्छन् ।
अहिले कोरिया, चाइना, बांग्लादेश, यूरोप, इजराईल, जापान, क्यानडा, रसिया, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका  देशहरूमा पनि विद्यार्थी पुग्छन् । 
सोझासाझा नेपाली महिँलाहरू माथि त दिनौँ यस्ता घटनाहरू घटेका हुन्छन् । त्यो यात दबाइन्छ वा ती घटनाहरू लाई उठाउने पिडित पक्षमा हिम्मत हुँदैन् । जहाँ नेपालीहरूको संगठन हुन्छ त्यहाँ घटेका घटनाहरू जोडदार रूपमा उठाइन्छन् र कयौँ अपराधिहरूले सजाएपनि पाएका हुन्छन् । तर कतै संगठन छैन वा कम्जोर छ त्यहाँ त्यसता घटनाहरू लुकेका हुन्छन् । एक पटक पुनिया बलात्कार घटनाले धेरै ठुलो शङ्घर्षगर्न प्रेरित गर्यो,सुमित्रा बलात्कार पछि हत्याकाण्डेले सिविआई समेतलाई छानविन गर्न लगायो ।आरूशी हेमराज हत्याकाण्डले भारत व्यापि आन्दोलन गर्न आम सर्वसाधारण समेत बाध्य बनायो ।भारतको पञ्जाब राज्यको सङरूर जिल्लाको लोहाखेडामा भएको लालबहादुर विस्वक्रमालाई साढे पाँचफिट खाडल खनेर कुखुराको फारममा गाडेका अपराधीहरूलाई १८ दिनपछि लाश निकाली पोष्टमाटम गराईयो र ६ जनालाई जेल भित्राइयो ।
हरियाणको रोहतकमा एउटी मष्तिकको उपचार गराउन गएकी महिँलालाई एउटा नाबालिग सहित छे जनाले बलात्कार गरे र अमानविय तरिकाले हत्या गरेकाको बिरूद्धमा ठुलो आन्दोलन पछि उनिहरू अपराधीहरूलाई सजाय फाँशीको भयो ।भारतमा यस्ता घटनाहरू घट्दै आएका छन् । जहाँ श्रमजिविहरूको बलियो संगठन हुन्छ त्यहाँ अपराधीहरूलाई कार्वाही भएको पनि छ । जहाँ सँगठन छैन त्यहाँ गुण्डाहरूको मनमानि हुँदै आएको देखिन्छ ।
एकजना इँटाको भट्टामा काम गर्ने मजदुर राती सँगसँगै छुट्टै चारपाईमा सुतेको वेला महिलाको मुख छोपेर  कुनियतले खेतमा पुराएको उसैको लोग्नेले चालपाएपछि एक्लै गुण्डालाई पिटेर आफ्नो श्रीमतीलाई सकुसल लिएर संगठनमा रातिनै ग्वार माग्न आएको थिए । प्रहरी सहित गएर त्यो भट्टाको मालिकलाई छोपेर लिखित माफि मगाएको थिए । यसरी परदेशमा नेपालीहरूको इज्जतसँग खेलबाड गर्न कत्तिपनि डराउँदैनन् । यस्ता हजारौँ घटनाहरू नियमित घट्दै आएका हुन्छन् । निर्मला पन्त २०७५ साउन १० गतेको बालात्कार पछि हत्या गरियो । जस्को छिनोफानो हुनसकेको छैन ।
किन यसरी महिँलाहरूमा अपराध हुनेगर्छन् ? आखिर आधा धर्ती र आधा आकास किन यस्तो पिडित भएका छन् । हामिले गम्भिर भएर अध्ययन गर्ने कुराहरू यिनै हुन् । पुँजिवादी र पुरूष प्रधान समाजमा यस्ता घटनाहरू घटिनै रहने छन् जबसम्म महिलाहरूलाई हेर्ने दृष्टिकोणमा बद्लाव आउँदैन । 
पुरूषको आश्रृतमा रहनुको अर्थ उनिहरूको दाश वा नीजि समप्ती बन्नु नै हो । त्यसकारण पुरूषलाई खुसि तुल्लाएर जिउनुपर्ने बाध्यता हुन्छ । अधिकार भन्दै दिएको महिला आरक्षण कोटा समेतमा पुरूषको अधिनमा परेका हुन्छन् । कतिपय ठाउँमा महिला स्वतन्त्रतालाई गलत रूपमा बुझेर पनि बिकृति फैलिएका छन् । सबैभन्दा महत्वपूर्ण बिषय समाजलाई सचेत बनाउनु र प्रचलित कानुनलाई व्यवहारिकतामा उतार्नु जरूरी छ ।
महिलाहरूको दयनीय अवस्थालाई पनि वर्गिय अबस्थानुसार मुल्याङ्कन गर्नुपर्द छ । किनकी केही धनि महिलाहरूले गरिब पुरूषहरू माथि शोषण गरेका दृष्टान्त पनि छन् । सचेतता सर्वत्र चाहिन्छ ।
इतिहासको अध्यायन गर्दा समाजवादीहरूले नै महिंलाहरूको मुक्तिको बारेमा आवाज उठाएको देखिन्छ ।कतिपय मानव अधिकारवादी, धार्मिक र नारिवादीहरूले पनि महिँलाको हक हितका लागि आवाज उठाएको इतिहास भेटिन्छ ।तर धर्मका ठेकेदारहरूले महिंलालाई ढोल,सुद्र,जड सम्पत्ती,नर्तकी र पुरूषको दीलको धड्कन बढाउँने आदि जस्ता तर्क कुतर्क दिएको भेटिन्छ ।
महिलालाई अन्धविश्वासबाट निकाल्ने शिक्षाले नै हो । पूजापाठ जरूरी छ तर अन्धविश्वास रूमलिनाले पनि नारी शोषण बढेको हो । नारीमा सहनशीलता चाहिन्छ, आवश्यकताभन्दा बढी देखिन्छ । कुनैपनि बिषयलाई आँखा चिम्लेर सही वा गलत ठान्नु गल्ती हुनेछ ।
महिला मुक्तिमा ८ मार्चले  ऐतिहासिक महत्व राख्दछ । ८ मार्च अन्तरराष्ट्रिय श्रमिक महिला दिवसले महिला अधिकारका लागि प्रेरणा दिन्छ । १९०८ अमेरिका गार्मेन्ट फेक्ट्रीहरूमा कामगर्ने महिलाहरूले समानताको माग गर्दै जुलुस प्रदर्शन गरेका थिए । त्यही ८ मार्चकै दिन शिकागो सहर लगायत कयौँ सहरमा महिलालाई दिइने काम, तलब, कारखानामा महिलहरू माथि हुने दुव्र्यवहारको बिरूद्धमा जुलुस प्रदर्शन भयो । २८ जनवरी १९०९ मा पहिलो पटक  महिला दिवस मनाएका थिए । यसलाई १९१० नेपालमा पनि विस.२००८ सालमा महिला संगठन गठन भयो । निरन्तर महिला हक हित र समानताका लागि आवाज उठाउने काम भइरहेको छ । जबसम्म सचेत संगठन बलियो हुँदैन महिलामुक्ति आन्दोलन जिवन्त बन्दैन ।