Advertisement Banner
Advertisement Banner

२० बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

Image

ज्याला नपाएम्म जनता निन्द्रामै

बैकुण्ठ भण्डारी

२० मंगलबार , फाल्गुण २०८१एक महिना अगाडि

ज्याला नपाएम्म जनता निन्द्रामै

नेपाली वीर थिए, अब त्यो वीरता इतिहास बनेछ कि के हो ?
जनता पीडित छन्, अन्यायमा परेका छन्, जनताको हक र अधिकार नेता र फटाहहरूले लुटेका छन् । जनताले बुझेका छन्, छुट्टाछुट्टै असन्तोष पनि प्रकट गर्छन् । असन्तुष्टिको बाढी नै देशभित्र । तर एकता छैन । एकता नभएपछि एक थुकी सुकी भएको छ ।
अन्याय गर्नेहरू छाडा साँढे बनेर देश र जनतालाई लुटिरहेका छन् ।
यो सबै दृश्य देखेका ठूलाघरे माल्दाइ उता चौताराको पिपलको रूख काटियो भनेर चिन्ता गर्दै थिए । पिपलको रूख काटिनुअघि ठूलो पाटोको डिलमा बसेर माल्दाइ रमिते बनेर हेरिरहेका थिए । ठूलाघरे कान्छा बाले आफ्ना छोराछोरी नभएकाले भजन गर्ने पाटीको छेउमा वर पिपल रोपेका थिए । 
उनले वर पिपलको बोट रोपेका मात्र थिएनन् । वर पिपल बढ्दै गएपछि कान्छा बाले साइत जुराएर रित पुर्याएरै हिन्दू संस्कारअनुसार बिहे गरिदिएर ब्राह्मण भोजन पनि गराएका थिए । ती सबैका साक्षी थिए माल्दाइ । कान्छा बाको सन्तान नभएकाले माल्दाइ उनको अंशियारको एकमात्र भागिदार नै थिए । साह्रै भाग्यमानी । पहिले पनि माल्दाइले उनकै बाका दाजुभाइमध्येको साहिलो दाइ, जो बांगे बाका रूपमा गाउँभर चिनिन्थे । उनको पनि अंश पाका थिए  । कान्छा बा बितेसँगै जेथामा आँखा डुलाएका थिए ।  
बांगेबा ‘अरूको अंशले आफ्नो वंशलाई नै पिरोल्छ त्यसैले दान दिनु, नखानु’ भन्थे  । उनकै अंशले पो हो कि माल्दाइ पटक–पटक संकटमा नपरेका पनि होइनन् । आखिर गाउँ समाज नै यस्तै छ । शक्तिको भक्ति गाउने । सम्पन्नको वीरताको गाथा बनाउने । माल्दाइ तिनैको फन्दामा परे । आको बात छैन भ्याउनुपर्छ भनेर उकास्नेहरूले उनको साथ दि त्यसबेला ।
उनले पारिघरे पशुपतिदेखि डाँडाघरे सागरेसम्मलाई धेरै विश्वास गरेका थिए । कान्छा बाले रोपेको वर पिपलको रूख काटिरहँदा उनलाई ठूलो पाटोको डिलमा बसेर रूख काटेको र हाँगाबिँगा हल्लिएको खुब रमाइलोसँग हेर्नमात्र लगाए ती दुवैले । ती दुईले भनेको कुरालाई हो मा हो मिलाउने अरू तल्लाघरे श्यामेदेखि राताघरे धर्मेसम्म पनि थिए । ठूलैजमात थियो ।
पिपलको रूख काटिरहँदा त्यही रूखमा सहारा लिएर गुँड बनाएर बसेका भँगेरा, परेवा चिच्याउँदै गुँड छोडेर उडेर भाग्दा माल्दाइलाई ताली बजाएर खुसी व्यक्त गर्ने पशुपतिदेखि सागरेहरूकै लहैलहैमा लागेर माल्दाइ त्यही ठूलो पाटोको डिलमा बसेर ‘खैजडी’ बजाइरहेका थिए । 
माल्दाइले डिलमा बसेर ‘खैजडी’ बजाउँदै बजाउँदै पिपलको रूख गल्र्यामगुर्लुम ढल्यो । विचरा कान्छा बाले रोपेको पिपलको रूख नकाट भन्ने कोही पनि भएन । ‘बांगेबा’को अंश खाएका माल्दाइले कुनै हेक्का राख्दै राखेनन् । 
डिलमा बसेर पिपलको रूख काट्दै गर्दा हार गुहार गर्दै नकाट–नकाट भन्ने थरीका खलक मुग्लान छिर्यो । माल्दाइ त यो वा त्यो कारण गाउँमा मुखिया नै भइहाले । गाउँका मुखियालाई त्यस्ता जाबो पिपलको बोटको के चिन्ता थियो र ? पशुपति र सागरेहरूले पिपलबोट संरक्षण गर्नेलाई पाखा लगाइदिए ।
माल्दाइले तिनीहरूले गरेको छल र कपट भेउ नै पाउन सकेनन् । विचरा पाउन पनि कसरी ! डाँडाखेत, बाँसा डोल अनि पुराण्डोलमा अरूले कमाइदिएको जिन्सी बेचेर नगद हिसाव–किताव गर्दै ठिक्क थियो ।
उखानै छ, ‘मामा धन फुपुको श्राद्ध’ भन्थे ! माल्दाइलाई पनि त्यस्तै आइलागेपछि अरूले तारेभिरको ढुंगामा आफ्नै टाउको फुटाउन खोजेर के हुन्थ्यो र ? तर उल्टो बाटो हिँड्ने मान्छे कहिले पो सही ठाउँमा पुग्छ र ? माल्दाइ पनि त्यस्तै हालतमा पुगिहाले । अब माल्दाइलाई फिरंगी हुनेबाहेक के नै छ र ? कहिले तारेभिर कहिले रत्नेभिर गर्दै बरालिएर हिँडेका माल्दाइलाई के सुर चलेको हो कुन्नि । आफ्नै आँखा अगाडि गिडेको पिपलको रूख सग्लो बनाउन मन लागेछ । मनै त हो लागेछ ।
सनत कुमारले ‘तँ हेर, म हेर, ठाउँ हेर अनि बेला हेर’ भनेका थिए । कुरै नबुझेको पनि कसको बाउको के लाग्छ र ? उही पुरानै ठूलो पाटोको डिलमा आएर पिपलको ठूटो चलाउँदै थिए । 
ऊ बेला बञ्चराले छियाछिया पार्दा पशुपति र सागरेको कुरामा दंग पर्दै ‘खैजडी’ बजाएर बसेका माल्दाइ अब के बजाउने धोको लिएका हुन् । डिलमा बसेर ‘गुहार’ माग्दै बचाउ बचाउ भनेर मात्र कहाँ हुन्छ र ? हिजो बचाउँछु भन्नेहरूको मन पनि नराम्ररी कुँडिएको छ । सुक्दै नसुक्ने पिपलको पात पनि सुकिसकेको छ । हाँगाबिँगा ध्वस्त पारेर छिया–छिया पारिसकेको छ ।
१८ वर्षअघि ढालेको पिपल अब अहिले आएर पलाउँला र ? न टुसाउँछ न पलाउँछ । साँच्चै नै रूख चाहिएको हो भने अहिले रोप्नुपर्छ । रोप्दै नरोपी फल खोज्न त चोर नेता बन्नुपर्छ । साढे सातले काटेको खड्गो अब सातमा आएर मलाई साथ चाहियो भनेर हुन्छ ? जुनबेला आवश्यक थियो त्यही बेला साथ पाउने ।
घर छाडेर गएकाहरू आउनै मान्दैनन् । डाँडापारि गाउँमा गएर उतै खानपानमै मस्ती मारिसके । बागमती बरू ढलमतीमा परिवर्तन भयो । तर माल्दाइको आसेपासे परिवर्तन हुन सकेनन् । त्यसैले पनि माल्दाइको जीवनमा फेरि अंश खान नै भाग्यमा लेख्या रैछ भने हो नत्र भने उही हो ! न त ढालेको पिपलको रूखको पूजा नै हुन्छ । तर सर्वश्रेष्ठ भएर पनि पिपलले न्याय पाउन सकेन । बरू चिलाउने, उतीसहरूले आफ्नो सान र मान दुवै बढायो । त्यसैले पनि को होला र विचरालाई दिने साथ ! यतिबेला यस्तै यस्तै तर्कचलिरहेको छ ।
शक्तिशालीलाई कसले गर्छ कारवाही ?
लोकतान्त्रिक भन्नेहरूले महारानी रत्नले बनाएको बालमन्दिर बेचेर खाए ? अनि पार्टीका लन्ठुहरू जे गर्दा पनि ताली बजाएर बस्छन् । योभन्दा बिकृत लोकतन्त्र अरू के हुनसक्छ र ?
पूर्वप्रधान न्यायाधीश, सुशीला कार्की यसैगरी आक्रोसित हुने गर्नुहुन्छ ।
कुनै अधिवक्ता न्यायाधीशलाई घूस खुवाउँछौं भन्छन् । बहस गरेर निस्कँदा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालत परिसरमै हातपात भयो । न्यायक्षेत्र बिकृत हुँदा देशमा अन्याय बढ्छ । घूसखोरी र भ्रष्टाचार बढ्छ । भ्रष्टाचारको नमूना बालमन्दिर हो । बालमन्दिरका भ्रष्टहरूलाई कांग्रेसले बचाएको छ, उमालेले संरक्षण दिएको छ । कारवाही नगर्ने भनेका छन् ।