
भनिन्छ– कूटनीतिमा केही पनि सित्तैमा हुन्न ।
कूटनीतिका फादर मानिएका Richelieu and Guicciardini को मान्यता यही हो । भनिन्छ–
Diplomacy is the art, the science, and the means by which nations, groups, or individuals conduct their affairs, in ways to safeguard their interests and promote their political, economic, cultural or scientific relations, while maintaining peaceful relationships.
four principles of diplomacy: negotiation, communication, building relationships and promoting interests. These principles serve as the foundation for effective diplomatic interactions, facilitating peaceful resolution of conflicts and promoting international cooperation.
अमेरिका र युक्रेनवीच जे भयो, जे भइरहेछ, यिनै कूटनीतिक भूमरीका परिदृश्य हुन्, यही बुझ्नुपर्छ । हिजो रूसको बिरूद्धमा यूक्रेनलाई उक्साएर लडाउन सहयोग गरेको अमेरिका आज यूक्रेनको बिरूद्धमा राष्ट्रसंघमा उभिन पुग्यो । आज त्यही अमेरिका हो जसले यूक्रेनका राष्ट्रपतिलाई अमेरिका निम्त्याएर उचित इज्जत दिएन ।
यसबाट के पुष्टी हुन्छ भने कूटनीति राष्ट्रको लाभका लागि हुन्छ । अरूलाई आपसमा लडाएर भिडाएर राष्ट्रिय स्वार्थ हेरिन्छ । साम्राज्यवादले स–साना देशहरूलाई आफ्नो मूट्ठीमा राख्नखोज्ने, अन्धाधुन्ध हातहतियारको निर्यात गर्ने र विश्वस्तरमै आतङ्क फैलाउन प्रोत्साहन गर्ने बिचार बोकेका हुन्छन् ।
समाजवादी बाटो न छोपेका पुजिवादहरूको अन्तिम गन्तब्य भनेको यही साम्राज्यवाद हो । पुँजिवादीहरूले साम्राज्यवादको दलालि गरेर आफुलाई सुरक्षित ठानेपनि उनिहरू झन ठुलो खतराको सामना गर्नुपर्ने हुन्छ ।
आज अमेरिका विश्वमा माहाशक्तिको रूपमा देखिएको छ । जसले अफ्गानिस्तानमा बीश वर्ष सम्म सहयोग ग¥यो र त्यहाँ आफ्नो कटपुतली सरकार चलायो । दुई दशकसम्म त्यहाँका जनताहरूले स्वतन्त्रताको लागी संघर्ष गरे । उसैले इरान र इराकलाई लडायो, तेलको भण्डारमा आफ्नो नियन्त्रण गर्न कुवेतलाई आफ्नो आघोसमा संरक्षणमा राख्ने प्रयत्न गर्यो । अन्तिममा इराकको राष्ट्रपती सद्दामहुशेनलाई त्यहाँ हुँदै नभएको बिनासकारी आणविक हतियारको बहानामा देशलाई कब्जा गरेर तहसनहस बनायो । सद्दाम हुसेनको सपरिवारलाई मरायो । सद्दाम हुशेनलाई ३० दिसम्वरमा फाँसी दिइएको थियो । सद्दाम हुशेन न निहुरिएकै कारण फाँसीमा झुण्डिनु परेको थियो । अमेरिकाले सिकारीहरूले झैं आफ्नो सिकार मार्न चारो हालेको जस्तै अमेरिकाले आर्थिक सहयोग दियो र सखाप पारिदियो ।
उसको निशाना पाक समेत थियो तर त्यो सफल हुनसकेन । पाकिस्तान् आत्मानिर्भर भएकोले उस्को केही लागेन । ओसामाविन लादेनलाई पाकिस्तानमा घुसेर में २–२०२१ मा मार्यो । ओसामा विन लादेन स्वयम अमेरिका आफैले बनाएको हुर्काएको आतङ्कवादी भनिन्छ । पेरू भियाली देशमा चलेको नौलोजनवादी क्रान्तिका धुरीखाँबो मानिने डा.म्यानुरूवल रूवेन अभिमियाल गुज्मान (गोञ्जालो) लाई मात्र नभइ पुरै क्रान्तिकारी पार्टीलाई तहसनहस पार्न सफल भयो ।
गोञ्जालो झुक्दै झुकेनन् र उनले जेलभित्रै मर्नुप¥यो ।
अमेरिका सहयोग गर्छ, कूटनीतिक स्वार्थमा धक्का लाग्नासाथ कुनै न कुनै आरोपमा आक्रमण गर्ने गर्दछ । अहिले डोनाल ट्रम्पले नेपाललाई आर्थिक सहयोग रोक्ने निर्णय गरेकाछन् । उनि ह्वाइट हाउस फर्किएको एक महिना भयो । पहिले किन सहयोग दिए, अहिले किन रोके ?
ट्रम्पले संघीय सरकारको पुनः निर्माण गर्ने, विभिन्न क्षेत्रमा व्यापक आर्थिक कटौती गर्ने, अमेरिकी नीतिलाई पुनःपरिभाषित गर्ने पाइला चालेकाछन् । अहिले उन्ले यूक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई तानाशाह भन्नेदेखि तेस्रो विश्वयुद्ध गराउन खोजेको, आइभिएफलाई सुलोभ बनाउने तथा उच्च सैन्य अधिकारीलाई बर्खास्त गर्नेसम्म कदम चालेकाछन् । हिंजो जेलेन्स्कीलाई उचालेर रूससँग युद्ध भड्काएको अमेरिका आज उसैको खिलाफ उभ्भिएको छ ।
रूसले सन् २०२२ फर्वरीमा पूर्ण स्तरको आक्रमण सुरूगरेको हो । गत मङ्गलवार नै अमेरिका र रूसी अधिकारीहरूले युक्रेन युद्ध सुरू भएपछि पहिलो पटक प्रत्यक्ष रूपमा उच्चस्तरिय वार्ता गरे । त्यसमा युक्रेनलाई निमन्त्रण गरिएन । शीर्ष अमेरिकी अधिकारीहरूले साउदी अरबमा मस्कोका समकक्षीलाई भेटेका हुन् । वार्ताले आक्रमणको सामना गरिरहेको युक्रेनलाई किनारा लगाइने डर पैदा भएको थियो । भयो त्यस्तै ।
अमेरिकाले विश्वका तमाम देशहरूमा आफ्नो बिचार लाद्ने र नमानेपछि पनि लागु गर्न दवाब सिर्जना गर्ने गर्दै आएको छ । नेपालमा एमसीसी लागु गराउन देशलाई ठुलो दवाब सिर्जना गरायो । त्यो परियोजना दियो । अहिले त्यही एमसीसीको किस्तलाई र आफुले दिंदै आएको अनुदान रोकेर नेपाललाई दुःख दिने प्रयासमा ट्रम्प छन् । स्मरणीय छ, यो परियोजना माओवादीको सरकार भएको बेला मागिएको थियो, ट्रम्प सत्तामा थिए, उनैले स्वीकृत गरेका हुन् ।
उसले दिने सहयोग भन्दा पनि उसले दिईसकेको रकमलाई फिर्ता दिन आएको दवाबले आउने दिनहरूमा देशलाई सङ्कटमा पुराउने छ । एमसीसीको सहयोग रोकियो भने अर्को अप्ठेरो पर्नेछ ।
हाम्रो देशका शाशकहरू धेरैजसो लोभी अदुरदर्शी र भिजन नभएकालाई खेलौना बनाएर विदेशीहरूले अनेक प्रकारका प्रलोभन दिएर देशको सार्भौमिकता र अखण्डतामाथि लगातार आक्रमण हुँदै आएको छ । भइरहेको छ ।
त्यो सङ्घीयतालाई चोर ढोकाबाट भित्राएपछि देशमा आएको गणतन्त्र संस्थागत हुन नसकेको र त्यही सङ्घियतामा उल्झाएर देशको दुरगती निम्ताएकोले अहिले देश अत्यान्तै जटिल अबस्थामा पुगेको छ । सरकारले गलती बाट शिक्षा लिनुको सट्टा विकास भएको र देशभित्र काम गर्न चाहानेलाई सरकारले सहयोग सुबिधा प्रदान गरेको डंका बजाउँदै छ । भनिन्छ जती खाली भाँडाहरू हुन्छन् त्यही अनुपातमा बज्छन् । त्यही प्रकारले देउवा, ओलि, प्रचण्डहरू आफै र आ–आफ्ना झोलेहरूलाई थोत्रा गाला बजाउँदै हिंड्ने गर्दछन् । अहिले सरकारले स्थानिय रूपमा कर बढाउने, निजि ठेकेदारलाई ठेक्का दिने र औषधी उपचारको वर्ष नपुग्दै बिमा समेतलाई रोक्ने जस्ता मसिना तर अत्यन्तै प्रभाब पर्नेखालका अनावस्यक पाइला चाल्दै आएका छन् ।
अहिले ओलीले प्रदेश संख्या नौ वा पाँच पनि हुनसक्छन् भनेर आफ्नो बिचार बाहिर ल्याएको देखिन्छ । उनिहरू सत्ता साझेदारी गर्न झनै तल झर्न खोजेका हुन्छन् । प्रदेशको संख्या भन्दा परदेश सरकारलाई नै खारेज गरेर देशलाई आर्थिक सङ्कटबाट मुक्त गर्न सकिन्छ भन्ने कुरा जानेर अन्जान बन्दैछन् ।
अहिले सम्म देश विदेशीको नीतिले भन्दापनि आफ्नै कम्जोरीले कम्जोर बनेको देखिन्छ । सत्य यही हो ।
बिस्तारवाद र साम्राज्यावादको योजना कस्तो हुन्छ ? उनिहरूले हामीलाई सहयोग गरेपनि त्यसमा उनिहरूको कुनै न कुनै स्वार्थ लुकेकै हुन्छ । उनिहरूको अनुदानको आसमा परेर बस्नु हाम्रो सबैभन्दा ठुलो गलती हो । हामीले आफ्नो देशलाई आत्मनिर्भर बनाउने प्रयास गर्यौँ की गरेनौँ ? यो मूल प्रश्न हो । सरकारले लगातार देश विकासको गतिमा छ भनेर थाक्दैन तर यथार्थमा देशमा कुनैपनि ठुलो उद्योग बनेको छैन । भएका उद्योग बेचिएका छन् । देशलाई अन्य देशको हाठबजार बनाइएको छ । अखण्ड देशलाई खण्डित गर्ने काम भएको छ । अपराध बढेको छ, भ्रष्टाचार बढेको छ, तस्कर लगायतका कार्यहरू बढेका छन् ।
देश साम्राज्यावादको चङ्गुलमा फसेको छ । एमसीसी बोर्डको जाँतोमा पिसिएको छ । देशको कुटनैतिक अनुहार पारदर्शी छैन भन्नेकुरा उदाङ्गिएको देखिन्छ । एउटा संघीयतालाई जोगाउन देशलाई बिस्तारवाद र साम्राज्यवादको जाँतो मुनि राखेको ओलि, प्रचण्डको सरकारले हो । यिनिहरू खास गरि एमाले, माओवादी र काँग्रेस लगायतका ठुला दलहरू कुनैपनि चोखो देखिदैन । विदेशीको उदेश्य बारे जानिफकार भएरपनि आफ्नो स्वार्थकै लागि दलाल बनेका छन् । अहिले पनि समयमै सचेत बनेनौँ भने नेपाल पनि दोस्रो युक्रेन हुने देखिन्छ । कुनै पनि बिस्तारवाद र साम्राज्यावाले विश्वमा फैलाएको आतङ्कको खिलाफ एकजुट भएर देशको रक्षा गर्नु आजको आवस्यकता हो । अस्तित्व रक्षा गर्ने हो भने यो पुस्ता त देशघातक भयो भयो, युवा पुस्ताले नेतृत्व लिएर स्वराज र स्वतन्त्रताको रक्षा गर्नुपर्छ । यही समयको माग हो ।