Advertisement Banner
Advertisement Banner

२९ सोमबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

सडकदेखि संसदसम्म राजा

१७ शनिबार , फाल्गुण २०८१२ बर्ष अगाडि

सडकदेखि संसदसम्म राजा

पूर्वराजाको फागुन ७ गतेको सन्देशले सडकदेखि संसदसम्म तरङ्गित भएको छ । देशरक्षाका लागि ‘सहयोग गर्न आह्वान’ गरेको विषयले भ्रष्ट संघीय गणतन्त्र हल्लिएको छ ।
बिरलै बोल्ने कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले   गणतन्त्रमाथि आक्रमण स्वीकार्य छैन भनिन्, एमालेका गोकुल बास्कोटा, ईश्वर रिजाल, माओवादीका छिरिङ ल्हामुले राजतन्त्र फर्कदैन भनेपछि राप्रपाका राजेन्द्र लिङ्देनदेखि ज्ञानबहादुर शाहीले कडा प्रतिवाद गरेका थिए ।
आफ्नो सन्देशमार्फत देशको अवस्था खस्किँदै गएकाले चुप लागेर बस्न नसक्ने बताएका पूर्वराजालाई पार्टी खोल्ने र चुनाव जितेर प्रधानमन्त्री बन्न भनेपछि ज्ञानेन्द्र शाहीले राजतन्त्र कि गणतन्त्र भनेर जनमत संग्रह गर्न चुनौती दिएका थिए ।