
पहरा फोड्न कुहिनाले होइन, हम्मर चाहिन्छ । यो बुझेका बुझकी डा.जगमान गुरूङ्, राजेन्द्र लिङ्देखि, कमल थापा, दुर्गा प्रसाई, केशरबहादुर विष्ट, अनिल बस्नेत, बालकृष्ण न्यौपाने, डा.सुरेन्द्र केसी, भरत दाहाल, स्वागत नेपालहरू किन एक्लाएक्लै गर्जिरहेका छन् । गर्जेर यो व्यवस्था आएको होइन, गर्जदैमा यो व्यवस्था ढल्दा पनि ढल्दैन । हुलहुज्जत गरेर आएको यो व्यवस्था भनेको भ्रष्टहरूको हुल हो, सलहको जस्तो हुल नबनी यो व्यवस्था ढाल्न सकिन्न । फेरि किन राजतन्त्र र हिन्दुवादीहरू एक भइरहेका छैनन् । १८ वर्षदेखि कोठे र टुक्रे आन्दोलन गरेर आत्मरती गरिरहेका छन् । यसै भन्छन्– राजनीतिक विश्लेषकहरू ।
भ्रष्ट मण्डली धेरै बाठो छ, यो मण्डलीलाई थाहा छ, बिरोधीहरू एक हुनै सक्दैनन् । हुन पनि ६ दर्जनभन्दा बढी व्यक्ति र संस्था खोलेकाहरूको साझा शत्रु एउटै छ तर बिद्रोह गर्न एक हुनैसक्दैनन् । राजा देख्यो कि जिन्दावाद भन्ने यो समूहले राजतन्त्र पुनस्र्थापना गराउँछ भन्ने विश्वास भ्रष्ट मण्डलीलाई छैन ।
एक्लाएक्लै उफ्रेर, चिच्याएर केही हुन्न । पहरामा ठोक्किन्छ, फर्कन्छ । एक भएर अर्थात हम्मर बनेर हान्ने हो भने यो भ्रष्ट पहाड धुलिसात हुन्छ । वीरका सन्तानहरू कहिले एक हुने ? अब त जस्तोसुकै त्याग गर्नुपरे पनि तैयार छु भनेर पूर्वराजाले अग्रसरता देखाइसके पछि पनि नागरिकहरू नतात्ने ? कहिले तात्ने ? अहिले नलडे कहिले लड्ने ? आँट छ भने अग्रसर हुने बेला यही भनिदैछ ।