Advertisement Banner
Advertisement Banner

२० बिहिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

आखिर के छैन हाम्रो देशभित्र ?

१३ मंगलबार , फाल्गुण २०८१एक महिना अगाडि

आखिर के छैन हाम्रो देशभित्र ?

हामी संसार घुमेका त छैनौं तर पनि हाम्रो अध्यायनले नेपाल जत्तीको सुन्दर देश कतै होलाजस्तो हामिलाई लाग्दैन ।हाम्रो देशमा अत्याधिक विकासका श्रोतहरू पनि छन् । प्रकृतिका अमूल्य देनहरू यही देशमा भेटिन्छन् । हाम्रो देशका जडीबुटी मात्र होइन ढुङ्गा र पहराका पसिना समेत अमूल्य छन् ।
सदियौंदेखि अखण्ड देश नेपाल तराई, पहाड र हिमाली क्षेत्र मनमोहक छ । आखिर के छैन त यो देशभित्र ? त्यही बिषयको यो लेख हो ।
हाम्रो देशको भगौलिक अबस्था भूपरिबेष्ठित छ ।सामाजिक अबस्था अर्ध सामन्ति र अर्ध उपनिवेशिक छ । सयौं जात जाति र धर्म अर्थात बहुजात बहु भाषिक र बहु धार्मिक यो देशको समाजिक ढाँचा हो । 
यहि समाज र राष्ट्रियतालाई व्यवस्थित गर्ने उदेश्यले राजनैतिक दोकानहरू खोलिएका छन् । कल कारखानाहरू बन्द गर्ने र नीजि हातमा हस्तानतरण गर्ने काम भएको देखिन्छ । सिक्षण संस्थाहरू, न्यायलयहरू राजनैतिक अखडा बनेका छन् ।
खास गरेर नेपालमा करिब अढाइ सय वर्ष निरंकूश शामन्तवादी शाशन व्यवस्था रह्यो ।त्यो व्यवस्थाबाट आहाल भएका जनताहरूले निकास चाहान्थे र देशको विकास पनि चाहान्थे ।जनताहरूको बुझाई थियो देशको विकासमा राजतन्त्र बाधित छ ।देशको रूढीवादी संस्कार बाधित् छ । देशको पाठ्याक्रम बाधित छ ।
देशभित्र आमूल परिवर्तन् हुनैपर्छ ।त्यसकारण जनताले शङ्घर्षको बाटो अपनाए । बिद्रो गर्न सिकाए । गणतन्त्र ल्यायौं । तर जनताको चेतनस्तर उठाउनु भन्दापनि विद्रोह गर्नमा मात्र जोड दियौं ।त्यसैको फाइदा विदेशी साम्राज्यवाद र प्रतिकृयावादी शक्तिहरूले उठाए ।
देशभित्र विदेशी आइ एन जीओहरूको तिखो दृष्टिकोण रहंदै आएको थियो । जब देशभित्र कम्युनिष्टहरूको बहुल्यता देखियो । विश्वका प्रतिकृयावादी शक्तिहरूले कम्युनिष्टलाई कसरी सखाफ पार्ने यसबारेमा गहन अध्यायन गरे ।उनिहरूलाई कम्युनिष्ट सखाफ पार्ने एउटा बलियो आधार फेला पर्यो त्यो हो । एन जी ओ, कम्युनिष्ट पार्टीका लिडरहरूलाई एनजिओमा बल्झाएपछि कम्युनिष्टलाई देशबाट सखाफ पार्न सजिलो हुन्छ ।त्यही बाटो उनिहरूले अप्नाए र धमाधम कम्युनिष्टहरूको बिचमा सहकारी जाल बिच्छाए । यसमा बल्झिएका कम्युनिष्टले वर्गशंघर्षलाई परित्याग गरे, यो सिलसिला अंझै पनि रोकिएको छैन ।
अब उनिहरूको राजनैतिक लाइनले कम्युनिष्टको आधारभूत लिग बदलियो । जो शोभियत रूसमा ख्रुचेवले गलास्नोत  र प्रेस्त्रोइकालाई (पुँजिवादको पुर्नगठन) अगाडी सार्यो त्यही प्रकारले नेपालमा पनि पुंजिवादी बाटो अबलम्वन गर्नथाले । यसमा खास गरेर माक्र्सवादी र,मालेहरूको एकता पछिको एमाले राजनीतिमा उनिहरू अगाडि बढे । पछिल्लो चरणमा एमाओवादी समेत त्यसैमा भाषियो । विदेशीहरूले ठिक त्यस पछि सङ्घीयतालाई नेपालको अन्तरिम सम्विधानमा घुसाउंन सफल भए ।यसबाट उनिहरूले देशभित्र जातिय र क्षेत्रिय द्वौन्द भड्काउंन चाहान्थे ।
तर जनताको सुझबुझका कारण त्यसमा उनिहरूले चाहेको जति सफल हुन सकेनन् । अब उनिहरू राजनैतिक पार्टीहरूलाई बिस्तारै असफल र अराजक, नैतिक हिनता गैरजिम्मेदार साबित गरेर जनतामा नङ्ग्याउंन चाहेका छन् । उधारणका लागि २००८ मा देशबाट भागेका कुंवर इन्द्रजित सिहंलाई पछि देशमा बोलाएर प्रधानमन्त्री बनाएर असफल नेता तत्कालिन राजा महिन्द्रले साबित गराएका थिए । त्यहि प्रकारले नेपालमा नेताहरूलाई आक्रमण गर्ने काम हुंदैछ । कम्युनिष्टको आवरणमा रहेका कम्युनिष्ट बिरोधी शक्तिलाई हुर्काउने र कम्युनिष्ट सखाफ पार्ने योजनामा छन् ।
२०४६साल पछि कम्युनिष्टहरूकै छत र छायांमा हजारौं युवा बेरोजगार बनाइदिएकाछन् । उनिहरूलाई आ आफ्नो झोले बनाएर देशको ढुकुटी रित्ताउने काम भएकोछ ।जो पेसाका लागि पेसेवर बनेका थिए उनिहरूलाई व्यवस्थापन गर्ने आधार पनि सङ्घीयता नै बनेको छ ।
त्यसैको परिणाम यो सङ्घीयता देशबाट खारेज हुन सकिरहेको छैन । राजनैतिक पार्टीहरूलाई थाहा छ देशले सङ्घीयता थेग्न सकेको छैन । तरपनि आ आफ्ना झोलेहरूलाई व्यवस्थापन गर्न गराउन उनिहरूले प्रदेश खारेज गर्ने मुडमा जानसकेकाछैनन् । सङ्घीयता देश र जनताको लागि पनि ठिक छैन तर नेताहरूले आफ्नो पार्टीलाई बलियो र ठुलो बनाउंने एउटा हतियारको रूपमा उपयोग गरेको देखिन्छ ।
बेलाबखतमा यस्तै व्यवहार अप्नाउंदै आएकाछन् । पार्टीहरूले देश र जनताको हितमा काम गरेको देखिदैन । देशभित्र वा देशबाट बाहिर जुनसुकै मुलुकमा पुगेका श्रमजीवी नेपालीहरूको अबस्था उस्ताको उस्तै छ । मात्र जनताले बोल्ने लेख्ने वाक स्वतन्त्रता पाएका छन् ।
उदाहरणका लागि हामीले छिमेकी मूलुक भारतमा बसोबास गर्ने नेपाली वा आवत जावत गर्ने नेपाली । अर्थात नेपाल मूलका अप्रवासी नेपाल भाषी र प्रवासी नेपाली जो मैत्रि सन्धिको तहत भारतमा पुगेका र जीवन यापन गर्दै आएकाबारेमा चर्चा जरूरी छ ।
नेपालका धेरैजसो राजनीति पार्टीहरूका जनवर्गिय सँगठन भारतमा पनि छन् । भारत स्थित नेपालीहरूको पक्षमा आवाज उठाउँने कुनैपनि दलको हिम्त छैन् । बरू सरकारमा गएभने रेमिटेन्स लुटेका हुन्छन् ।सरकार बाहिर रहँदा चन्दा भनेर लुटेका हुन्छन् ।
अर्थात प्रवाशी नेपालीहरूलाई चुसेर बाँच्नेहरूको कमिछैन । नेपालबाट एउटा झोले भारतमा पुग्यो भने खाने बस्ने औषधी उपचार, घुमाउने सबै त्यहाँका श्रमजिवि नेपालीहरूले गर्छन् । जो होटेल कोठी र बाजारमा मज्दुरी गरेर भ एपनि नेताको सर्वाङ्या खर्च उठाएका हुन्छन् ।भनिन्छ, माइती देशको कुकुर पनि प्यारो हुन्छ अरे । प्रवासी नेपालीहरूले अघात सहयोग गरेका छन् तर त्यो नेता सरकारमा पुग्यो भने उसैले चिन्दैन ।
भारतस्थित नेपाली श्रमजीवीहरूले सामाजिक संगठन बनाएर आ–आफ्नो सुरक्षा गर्दै आएका छन् ।
मरेका, अलपत्र परेका, बेखर्ची, असाय र पिडित् नेपाली मज्दुर महिलाहरूको हकहितको लागि आवाज उठाउँदै आएका छन् । उनिहरूले उठाएका कयौं मागहरू जायज हुँदाहुँदै पनि लागु हुन सकिरहेका छैनन् । चुनावमा मतदान र प्रतिनिधित्वको बिषय सर्बोच्चको फैसला समेत लागु भएका छैनन् । भर्खर भारतको उडिसा राज्यस्थित कलिंगा इन्सट्यूट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (किट)मा अध्ययनरत रूपेन्देही घर भएकी २० वर्षिय प्रकृती लम्सालको होस्टलमै सङ्कास्पत अबस्थामा मृत भेटिइन् । अहिले भारतस्थित नेपालीहरू त्यहाँको प्रशासनको विरूद्धमा शंघषरत छन् । नेपाली स्वाभिमानबारे सरकार बोलेन ।
भारतबाट अवकास प्राप्त गरेका कर्मचारी र उन्का बिधुवा नेपाली महिलाहरू आ आफ्नो पिन्सिनका लागि भारत जानुपर्छ । म जिवित छु भनेर वर्षमा एक पटक आफिसमा लाइफ सर्टिफिकट दिन नगई हुँदैन । वृद्धावस्थामा जान नसकेर पेन्सिन नै छाडेका कयौँ उधारणहरू छन् ।
यो मर्म बुझ्ने सरकार खोई ?
आजको यस्तो टेक्नोलोजीको विकास भएको अवस्थामा पनि नेपालीहरूको कहालीलाग्दो अबस्था छ । आफ्नै घरमा बसेर पनि हाजिरी दिन सकिन्छ, नेपालको बैंकको खातामा पैसा पठाउन सकिन्छ । तरपनि हाम्रा नेताहरूको कम्जोरीले र दलाल मानसिकताले यस्तो हुनसकेको छैन । यसबारेमा कुनै राजनैतिक पार्टीले पनि संसदमा आवाज उठाएका छैनन् । भारतस्थित नेपाली श्रमजिवि जनताको हितमा कुनै राजनैतिक पार्टीले आवाज उठाउने हिम्मत गर्दैनन् । पदका लागि वार्गेनिङ गर्ने र उनीहरूको दलाली गर्न तछाड मछाड हुन्छन् ।
हामीले भन्छौं, भारतले अतिक्रमण गर्यो  । पक्कै पनि गरिरहेको छ । उसले भूमि, भाषा, संस्कृती, भेषभुषा आदिमा अतिक्रमण गर्दै आएको छ । तर यसमा भारतको मात्रै गल्ती पक्कै पनि छैन । भारतमा हामी काम माग्न जान्छौँ । कुनै समस्या पर्यो भने उतै गुहार माग्न जान्छौँ । उसैसँग राहत माग्छौँ ।
सन्धि सम्झौता गर्नेवेला आँखा चिम गरेर गर्ने चलन बस्दै आएको छ ।अनि छिमेकीले हेला गर्यो अतिक्रमण गर्यो भनेर भन्छौँ ।
सत्ताको बाहिर असमान सन्धि र सम्झौताको बिरोधमा बोल्नेहरू जब पदमा पुग्छन् । आर्को असमान सम्झौता गर्छन् । एउटाले दिन्छ अरूले बिरोध गर्छन् । फेरी आर्को सरकारमा जान्छ र कुनै असमान सम्झौता गर्छ तर आर्कोले बिरोध गर्छ । अब त  देशभित्र एउटै दलको सरकार हुन छाड्यो । सबै अवसरवादीमात्र ।
बिगतमा वामपन्थीहरूको दुइ तिहाईको सरकारको नेतृत्व गरेका केपी ओलीले एम सीसी पारित गराउंन र नागरिकता बिधेयक पारित गराउन संसद नै बिघटन् गराएका थिए । अहिले त्यो ५५करोड डलरको सहयोग धरापमा परेको छ । अमेरीकामा डोनाल्ड ट्रम्पले नेपालको सबै खाले अनुदान ९० दिन सम्मका लागि रोक लगाएका छन् । नेपाललाई दिएको सहयोग ठगी हो भनेका छन् ।
जो सरकारमा जान्छन् उनैले भ्रष्टाचार गर्छन् । उनैलाई माफि मिल्छ । निर्दोष जनताहरूको बिचिल्ली छ । किसानहरू भूमिहिन किसानहरू गोठी पिडितहरू आफ्नो मोहियाना हकका लागि सडकमा आन्दोलन् गर्दैछन् । साँच्चैभन्नुपर्दा यो सरकारबाट सबै वर्गका श्रमजीवीहरू पिडित् देखिन्छन् ।
प्रतिपक्षको भूमिका कस्तो हुनुपर्छ ? बिरोधका लागि बिरोध गर्ने की गलत एजेण्डाको बिरोध गर्ने ? यसबारे अलि गम्भिर हुनुपर्छ की ? सवाल गम्भिर छ । जसलाई चोट लागेको हुन्छ उसैलाई दुखेको हुन्छ ।
अहिले भारतमा बसोबास गरेका नेपालीहरू मध्य धेरैजसो गम्भिर समस्या झेल्दै आएका छन् । उनिहरूका समस्याहरू समाधान नहुँदा कयौँले आत्महत्या समेत गरेको देखिन्छ । नेपालीहरूको अबस्था जहाँ पनि दयानीय देखिन्छ ।
यद्यपि नेपालीहरू आफ्नो रगत र पसिनामा रमाएका हुन्छन् । दुःखलाई नै सुख्खको दौसाला ओढाएर बाँचेका हुन्छन् ।
अमेरिका जान लाखौं रूपिंया खर्च गरेर चोर बाटोबाट अमेरिका छिरेर गिरफ्तार हुन्छन् । कयौं महिना सम्म जेलमा सडेका हुन्छन् । तर उनिहरूको भबिष्यसँग दलालहरूले राजनीतिको आडमा खेलबाड गरिरहेका हुन्छन् । भित्र बाहिर सबैतिर नेपाली हरूको दर्दनाक अबस्था छ ।
देशभित्र सबै विकास र जनजिविकाका श्रोतहरू हुँदाहुदै पनि राजनैतिक सर्कटमा अदुरदर्शियताले हाम्रो देशभित्र विकास हुनसकेको छैन् । असिक्षित् र बेरोजगार समाज भित्रका होनहार युवाहरूलाई हतियार बनाएर आपसमै लडाउने गलत राजनैतिक खेल हुँदै आएको छ । निरन्तर छ ।