Advertisement Banner
Advertisement Banner

२२ शनिबार, चैत्र २०८१23rd July 2024, 10:09:55 am

सेनाले देख्यो गम्भीर सुरक्षा चुनौती

१३ मंगलबार , फाल्गुण २०८१एक महिना अगाडि

सेनाले देख्यो गम्भीर सुरक्षा चुनौती

जंगीअड्डामा पृतनापति सम्मेलन भयो, पृतनापतिहरूले आआफ्ना क्षेत्रमा देखेका सुरक्षा चुनौतीबारे छलफल गरेका छन् । सेनाले तत्काल गम्भीर प्रकृतिको सुरक्षा चुनौती नरहे पनि बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय भूराजनीतिक परिस्थितिका कारण सतर्क रहनुपर्ने निष्कर्ष निकालेका छन् ।
पृतनापति सम्मेलन दुई दिन चलेको थियो । सम्मेलनको अन्तमा कुनै पनि बेला गम्भीर समस्या ल्याउन सक्ने भएकाले सतर्क रहनुपर्ने विषयमा सबैको मतैक्य रहेको थियो ।
सम्मेलनको सुरूमै प्रधानसेनापति अशोकराज सिग्देलले संविधानले दिएको जिम्मेवारी र राष्ट्रिय सुरक्षा नीतिले औंल्याएका कार्य गर्न सेना प्रतिबद्ध रहेको भन्दै भविष्यमा आइपर्न सक्ने जुनसुकै प्रकारको चुनौती सामना गर्न फरक रणनीति बनाइने बताएका छन् ।
गत जनवरी २० मा ट्रम्प अमेरिकाको राष्ट्रपति भएपछि उनले लिएका राजनीतिक, आर्थिक, आप्रवासी र चलिरहेका युद्धका विषयमा समेत कडा रूख अपनाइरहेका छन्, जसको प्रभाव नेपालमा पनि परेको छ । अमेरिकाले आर्थिक सहायता सम्बन्धी निकाय यूएसएआईडी बन्द गराएको छ, अमेरिकी सहयोगमा सञ्चालित कार्यक्रममात्र होइन, संसदले पारित गरेको एमसीसी समेत बन्द भएको छ । यो अवस्थाले नेपालमा असर पर्नु स्वभाविक हो भन्दै सैनिक अधिकारी भन्छन्– परिवर्तित यो अवस्थाको विश्लेषणसहित उपयुक्त रणनीति अपनाउन आवश्यक छ ।
स्मरणीय छ, राष्ट्रपति ट्रम्पले अमेरिकी सहयोगका नाममा नेपालमा ठगी भएको बताएपछि उनका सहयोगी एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी (डज) ले नेपालमा संघीयताका लागि दिने २० मिलियन र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलर रद्द गरिदिएका छन् । अनुदानमा ठगीको आरोप लागेपछि नेपाली राजनीतिमा ठूलै तरङ्ग उत्पन्न भएको छ, ठगहरूबारे बहस चलेको छ ।
एक सैनिक विज्ञका अनुसार भारतका प्रधानमन्त्री मोदीको अमेरिका भ्रमण र राष्ट्रपति ट्रम्पका छलफलबाट अनेक संकेत बुझ्न सकिन्छ, क्षेत्रीय राजनीतिमा ठूलै बदलाव आउन सक्ने स्थिति पनि छ ।ं राष्ट्रपति ट्रम्पले बंगलादेशको जिम्मा मोदीको पक्षमा देखाएपछि दक्षिण एसियामा आक्रामक खालका नीति बदलावका सन्देश हुनसक्नेछ । सैन्य अधिकारी भन्छन्– ‘यस्तोमा हाम्रो राष्ट्रिय हित हुने गरी रणनीति बनाउनुपर्ने छ, क्षेत्रीय गतिविधिलाई सुक्ष्म रूपमा विश्लेषण गरिरहनु पर्नेछ ।