Advertisement Banner
Advertisement Banner

११ आइतबार, फाल्गुण २०८१23rd July 2024, 10:09:55 am

छोरी गौरव हुन्, सुनौं पूजा महतोलाई

०६ मंगलबार , फाल्गुण २०८१६ दिन अगाडि

छोरी गौरव हुन्, सुनौं पूजा महतोलाई

नेपाली राष्ट्रिय टोलीकी अलराउन्डर पूजा महतो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् 
(आईसीसी) यू–१९ महिला विश्वकप क्रिकेटको ‘टिम अफ द टुर्नामेन्ट’ मा समावेश भएकी छिन् । त्यसपछि उनले भनिन्– बुवालाई स्कूटर किनिदिने सपना छ मेरो ।
यू–१९ की कप्तान पूजा टोलीमा पर्ने एसोसिएट राष्ट्रकी एक मात्रै खेलाडी हुन् ।
पूजाको कप्तानीमा नेपालले पहिलोपल्ट विश्वकपमा सहभागिता जनाएको थियो । नेपालले खेलेका सबै खेलमा पूजाको प्रदर्शन शानदार रहेको थियो । पूजाले उत्कृष्ठ खेल देखाइन्, खेलभन्दा ठूलो कुरा बुवाआमाको विषयमा उनको उच्चसोच हो ।
छोरी गौरव हुन् । यसकारण हुन् कि छोराभन्दा छोरी कम छैनन् । देशैभरि बृद्धश्रम खोलिएका छन्, ती बृद्धाश्रममा सहाराविहीन बुढाबुढीको व्यथा जसले सुनेको छ, देखेको छ, तिनलाई थाहा छ– पूजाको अभिव्यक्ति कति मर्मभेदी छ ।
खेलमा जित हार हुन्छ । पूजाले सम्पूर्ण बाबुआमाको मन जितेकी छिन् ।