Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

कहाँ छन् पशु अधिकारकर्मी?

२२ बुधबार , बैशाख २०७३१० बर्ष अगाडि

-रोशन कार्की- 

मुस्ताङमा यतिबेला चौंरीको घाँटीमा छुरा रोपेर रगतको धारा निकाल्ने र गिलासमा थापेर आलै रगत पिउने मेला लागेको छ। चौंरीको आलो रगत पिउन भारत र नेपालका विभिन्न भागका जनता धुइरो लागेका छन्। गिलासको २ देखि ५ सयसम्ममा चौंरीको आलो रगत पिउने लाइन नै लागेका छन्।

चौंरी अर्थात हिमाली भेगको भरपर्दो ढुवानीको साधन पनि हो। हिमालमा पाइने यार्चागुम्बा लगायतका महत्वपूर्ण जडिबुटी खाएका कारण चौंरीको रगतमा मान्छेका शरीरमा लागेका अनेक रोगव्याधि निको पार्ने क्षमता हुन्छ भनेर ओषधिको रुपमा यसरी रगत निकाल्ने, बेच्ने र मान्छेहरुले खरिद गरेर पिउने गरिन्छ। हरेक वर्ष यसैगरी मुस्ताङ्क्षेत्रमा चौंरीको रगत पिउने मेला लाग्ने गरेको छ। तर जिउँदो चौंरीको घाँटीमा छुरी रोपेर रगतको धारा निकाल्नु अमानवीयतामात्र होइन, पशुअधिकारको दुरुपयोग पनि हो। यसरी छुरा रोपेर आउनेजति रगत निकालेर फेरि चौंरीलाई चराउनु र ढुवानी कार्यमा लगाएर चरम यातना दिइने गरिन्छ। यस्तो कार्यप्रति पशुअधिकारकर्मीहरुले बोलेको सुनिदैन। मानौं, पशुको यसैगरी शोषण गर्नुपर्छ र पशुको रगत बेच्ने व्यापार गर्नुपर्छ भनेजस्तो देखिन्छ।

परम्परागत निरन्तरता होला। तर अव समय परिवर्तन भएको छ। समयअनुसार पशुलाई पनि यसरी यातना दिइनु अपराध मानिनु पर्छ। रुखविरुवाको अधिकारका कुरा गर्नेहरुले पशुअधिकारबारे चुप बस्नु उचित छैन। चौंरीलाई यसरी जिउँदै मार्ने र जिउँदै राखेर पटक पटक यसैगरी मार्नु कति उचित हो?