Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

चन्द्रागिरी आवरणमा 'लभ' केबुलकार

१३ सोमबार , बैशाख २०७३१० बर्ष अगाडि

मनोरञ्चन, धामर्िक, ऐतिहासिक र पर्यटन प्रवर्द्धन उद्देश्य जेसुकै देखाइए पनि चन्द्रागिरी  केबुलकार केशव स्थापितले भनेझैं लभ सेन्टरका रुपमा स्थापित हुनपुगेको छ। यो केबुलकारको लक्ष्य नै युवापिाढीलाई चन्द्रगिरीसम्म पुर्‍याएर मनोरञ्जन उपलव्ध गराउनु हो। अव युवाहरुको डेटिङ स्पटका रुपमा चन्द्रागिरी डााडोले ख्याति कमाउने निश्चित छ। काठमाडौं फन पार्क प्रालिले यो केबुलकारको टेस्ट ड्राइभ सम्पन्न गरिसकेको छ भने व्यवसायिक सञ्चालन गर्ने तैयारी गरेको छ।

२ वर्षअघि शुरू भएको केबुलकार ९० प्रतिशत काम सम्पन्न भएर फिनिसिङको काम अन्तिम चरणमा छ। अत्याधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको केबुलकार सञ्चालमा आएपछि चन्155ागिरिलाई नेपालकै सबैभन्दा राम्रो र राजधानीको लभ सेन्टरका रुपमा विकसित गर्ने आन्तरिक उद्देश्य राखेको छ। यो केवुलकारको बटम लाइन थानकोटको त्रिभुवन पार्क परिसर रहेको छ भने सााढे २ किलोमिटर पहाडी यात्रा गरेपछि मेन स्टेशन आइपुग्नेछ। 

थानकोटको त्रिभुवनपार्कसागै रहेको बटम स्टेसनबाट र टप स्टेसन पुग्न साढे दुई किलोमिटरअर्थात ९ मिनेटको केबलकारको यात्रा गर्नुपर्छ।  यो केबुलकारले स्थानीय केहीलाई रोजगारी पनि दिएको छ। स्थानीय भन्छन्– केबुलकारले स्थानीयको विकासमा सघाउ पुर्‍याउनेछ। केबुल कारले स्थानीयको कृषिलगायतका पेशामा थप लगानी गर्ने लोभ देखाएको छ। लगानी गर्छ गर्दैन भन्न सकिने विश्वसनीयताको आधार छैन।

चन्द्रागिरी डााडामा अत्याधुनिक रिसोर्ट, मनोरञ्जनपार्क, भ्युटावर र भालेश्वर महादेवको मन्दिरसमेत प्रालिले निर्माण गरी आकर्षक गन्तव्यको रूपमा पहिचान दिएको छ। स्वदेशी लगानी पनि ठूला आयोजनाहरू निर्माण गर्न सकिने बताउादै परियोजनाले अन्य क्षेत्रमा पनि ठूला विकास निर्माणका काम सम्पन्न गर्न सकिने उदाहरण दिएको छ। यो परियोजनामा ३ अर्ब १५ करोड खर्च गरिएको छ। यो केबुल कार योजनामा ग्लोबल आईएमई समूह, भाटभटेनी, अम्बिकाप्रसाद पौडेल, उत्तम नेपाल, नवराज नेपाल र उमा जीसीको लगानी रहेको छ।