
✍️अलेक्जेन्डर दुगिन - - -
अमेरिकामा ट्रम्पले शासन सम्हालेको एक झट्कामा तीव्र सुधारहरू पछ्याउँदै उनले घोषणा गरे कि मानिसहरुका दुई वटा मात्र लिंगहरू छन्। ती हुन् पुरुष र महिला। जसबाट अमेरिकन र सम्पूर्ण संसारका सामु एक भयानक चित्र खुल्यो। अघिल्ला उदारवादी शासकहरूले आफ्नो लिङ्ग परिवर्तन गर्न वा अस्तित्वहीन लिङ्गको रूपमा पहिचान गर्न प्रेरित गरेका लाखौं व्यक्तिहरू अचानक 'प्रगतिशील', 'आधुनिक सोच भएका' नागरिकबाट अपाङ्ग, अयोग्य व्यक्तिहरूमा परिणत भए। केही क्षणअघि मात्र, तिनीहरूलाई लिङ्गको विविधता, जसमा बन्ध्याकरण, अपाङ्गता र साना बालबालिकाहरूको मानसिक विचलन समावेश थियो। यसलाई 'सबैभन्दा उपयुक्त सामाजिक व्यवहारको संकेत'को रूपमा प्रशिक्षण दिइएको थियो।
अहिले यो प्रमाणित भयो कि जसले यस कुरामा अडिग रहन आग्रह गरेका थिए तिनीहरू केवल पागल र अपराधी थिए। जसले स्वेच्छाले विकृत बन्न सहमति जनाएका थिए तिनीहरुले आत्मसमर्पण गरे। तिनीहरू पीडित थिए। उदारवादीहरूले प्रायः आफ्नाे समाजलाई शान्तिपूर्ण काल्पनिक कथाहरू सुनाउँदै गर्तमा धकेलिदिएका थिए। तर ट्रम्पले अचानक यो खुलासा गरे कि यो साँच्चिकै यथार्थ थियो—गर्तको रहस्य खुलिसकेको थियो र पहिल्यै धेरै यसमा खसिसकेका थिए। धेरैले शारीरिक, मानसिक र सामाजिक रूपमा आफ्ना सन्तानलाई विनाशकारी बनाइदिएका थिए। जसले गर्दा उनीहरूलाई सदासर्वदाका लागि गुमाइरहेका थिए। यी घटनाबाट एलन मस्क पनि प्रभावित भएका थिए। उनका सन्तानलाई पनि मूर्ख बनाईदिएका थिए।
उनीहरू कहिल्यै यसबाट उकासिने छैनन्। जुन काम उग्रवादिहरूले गरे, त्यो एक विशाल सामाजिक प्रयोग थियो। जुन नाजीवाद र साम्यवादभन्दा पनि भयावह थियो। यो केवल उन्माद, विकृति, बालात्कार र मानसिक रोगीहरूको समूह मात्र थिएन। यो एक सम्पूर्ण विचारधारा थियो। जसले आफ्ना मुख्य सिद्धान्तलाई अव्यावहारिकतासम्म पुर्यायो त्यो हो व्यक्तिवादको खोजी। जसले सबै प्रकारका सामूहिक पहिचान (धन, राष्ट्रवाद, विश्वास, जाति, लिङ्ग र अन्ततः प्रजाति) बाट मुक्त गर्ने लक्ष्य राखेको थियो।
हामीले यो विषय टकर कार्लसनसँग छलफल गरेका थियौ। पश्चिममा भइरहेको सबै कुरा प्रति उनी निकै आक्रान्त थिए। र अब टकर कार्लसन ह्वाइट हाउसमा छन्। ट्रम्पले अमेरिकन जनताको मानसिक-शारीरिक नरसंहार अचानक रोकिदिए। अब ट्रान्सजेन्डर व्यक्ति, ड्र्याग क्विन्स, शरीर सकारात्मकताको पक्षधरहरू, म्युटिल्यान्टहरू, क्यास्ट्रेटहरू, र क्वाड रोबर्सलाई कस्तो अनुभव भैरहेकोछ? विशेष गरी ट्रान्सजेन्डर बालबालिकाहरू, जसलाई तुरुन्तै "वोक संस्कृति का उन्नत प्रतिनिधिहरू"बाट "कचरा" र अमानवीय विकृतिका पीडितहरूको रूपमा मानिन थालियो...
तिनीहरूले कसरी अध्ययन गर्न सक्छन्? कसरी जीवन यापन गर्न सक्छन्? कसरी परिवार निर्माण गर्न सक्छन्? ट्रम्प युगमा नयाँ र स्वस्थ पुस्ता जहाँ केवल दुई लिङ्गहरू छन्। जहाँ तिनीहरूलाई "जैविक फोहोर", "मनोवैज्ञानिक र शारीरिक विकृतिहरू" को रूपमा हेरिनेछ...।
अब समय आएको छ "उदारवादको कालो पुस्तक" संकलन गर्ने। किनकि यो विचारधारासँग सम्बन्धित छ। उदारवादलाई अपराधी र अतिवादी विचारधाराको रूपमा मान्यता दिनु आवश्यक छ। यो आतंक, युद्ध, शासन परिवर्तन, नरसंहार, अन्तर्राष्ट्रिय मिडियाका मिलाइएको झूट, रंगीन क्रान्तिहरू, हत्याहरू र सबैभन्दा भयानक कुरा, सयौं हजार, यदि लाखौं, बालबालिकाको मानसिक र शारीरिक संकटको कारण हो उदारवाद । जसका कारण अहिले उनीहरुले उपचार गर्न नसकिने मानसिक आघात भोगेका छन्। उदारवादिहरूले आफ्ना अनगिन्ती नागरिकहरूको आत्मा र शरीरलाई विकृत बनाएका छन्। एलिटहरूले असुरक्षित आप्रवासी बालबालिकासँग जे गरे त्यो कल्पना गर्न पनि सकिदैन। अहिले, अमेरिकी डेमोक्र्याटिक पार्टीका उच्च सदस्यहरूको बाल यौन शोषणसम्बन्धी क्रियाकलापहरूको सत्य क्रमशः प्रकट हुँदैछ—एप्स्टीनको टापुमा भएका बन्द शैतानी अनुष्ठानहरू र पी. डिड्डीका पार्टीहरूको बारेमा, जहाँ धेरै व्यक्तिहरूले भाग लिएका थिए। चाँडै सबै विवरणहरू सार्वजनिक हुनेछ र अमेरिकाले थर्किनेछ - जस्तै सम्पूर्ण मानवता पनि थर्किनेछ।
आधुनिकताका तीनवटा पश्चिमी राजनीतिक विचारधाराहरू अपराधीको रूपमा परिणत भए। जसले अन्ततः रगतले भरिएको दुःस्वप्नतर्फ अग्रसर गर्यो।
कम्युनिस्टहरूले सम्पूर्ण वर्गहरूको विनाश गरे - अर्न्तगत सामन्त वर्ग, किसान वर्ग, आस्थावानहरूको हत्यामा संलग्न भए। राष्ट्रिय पहिचान र प्राचीन परम्पराहरूलाई शाप दिए। यी सबै प्रगतिको नाममा भएको हो। र यसले दुःखद पतन र अवनति ल्यायो। तथापि, यो एक पश्चिमी विचारधारामा आधारित थियो। जसलाई निर्दोष रुसी जनताले विश्वास गरे। कम्युनिज्मको "ब्ल्याक बुक" अस्तित्वमा छ।
नाजीहरूद्वारा गरिएका भयानक अपराधहरूको विवरणमा पूर्ण जानकारी छ। यसका यादहरु कहिल्यै मेटिँदैनन् वा हराउँदैनन्। विशेष गरी अझै, हाम्रो समयमा पनि उनका अनुसरणकर्ताहरू रहेका छन्—यूक्रेनी नाजीहरूले निर्दोष नागरिकहरूसमेत विरुद्ध गरेका अमानवीय कृत्यहरू—दुर्भाग्यवश, यो नाजीवादको "कालो पुस्तक" को अर्को पृष्ठ मात्र हो।
यसलाई विश्वव्यापी रुपमा उदारवादको निन्दा र दण्डको कुरा अझै बाँकी छ। जसले यी सबै योजना बनाएका छन्, तिनीहरूले उचित दण्ड भोग्नुपर्छ।
यो सम्पूर्ण मानवताले गर्ने कार्य थियो। पश्चिमी उदारवादलाई रोक्नु, यस मानवविरोधी विचारधारा, नीति, र प्रणालीलाई पराजित गर्नु। तर घटनाहरू भिन्न तरिकामा घुम्यो: प्रणाली आफैं भित्रबाट उल्टियो। अमेरिकनहरूले आफैं जंगली उदारवादी अभिजात वर्गलाई पल्टाए र आफ्नो निर्णय सुनाए। एक न्यायाधिकरण आउँदैछ। यो अपरिहार्य छ। यो सम्पूर्ण मानवता निम्ति कार्य थियो। ट्रम्पपन्थीहरूले उदारवादी ऑक्टोपस—यूएसएआईडी (USAID)—को मुटुमा एउटा कडा प्रहार गरेका छन्। जुन प्रणालीले विश्वव्यापी रुपमा उदारवादका सबै आयामहरूलाई वित्तीय सहयोग पुर्याएको थियो। जसबाट संसारमा आतंक, कट्टरता, कर्पोरेट मिडिया स्थापना, जासूसी, विभिन्न राष्ट्रहरुमा सत्ता पलट, हत्याहरू, डेटा मिथ्याकरण र बैचारिक असहमतिहरूको दमन गर्ने कार्य गर्थ्यो। वास्तवमा, यो यूएसएआईडी जसले युक्रेनी नाजीवादको गठन, वित्तीय सहयोग र प्रत्यक्ष राजनीतिक समर्थन गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ। तर यो केवल हिमशिलाको टुप्पो मात्र हो।
यहाँ एउटा महत्वपूर्ण कुरा यो छ कि अहिले हामीलाई आधुनिकताका तीनवटा पश्चिमी विचारधारालाई अपराधीको रूपमा पहिचान गर्नुपर्ने छ। अन्यथा, हामी यो नराम्रो सपनामा अझै घुमिरहने छौं जस्तो एक अपराधी प्रणालीबाट अर्कोमा सर्दै। अहिले यो पनि असम्भव छैन, पश्चिमले उदारवादबाट पछाडि हटेर कम्युनिज्मलाई घृणा गर्दै नाजीवादप्रति फेरि आकर्षित हुन सक्छ। यसको यो सबैभन्दा कुरूप रुप हुनसक्छ। यसले जटिल चक्रलाई पुनः सुरू गर्नेछ। यस चक्रलाई तोड्नु अत्यन्त महत्वपूर्ण छ र यसबाट पर जानु जरुरी छ।
पश्चिमी आधुनिकता केवल राजनीतिक विचार र सिद्धान्तहरूको क्षेत्रमा मात्र सीमित छैन। त्यहाँ यस्ता धेरै कुरा छन् जुन पश्चिमी छैन र/वा आधुनिकतासँग सम्बन्धित छैन। यी सबै चौथो राजनीतिक सिद्धान्तको विचारात्मक शब्दकोशको हिस्सा हुन्। त्यसैले, उदारवाद र उदारवादीहरू माथि गरिएको न्यायधिकरणले हामीलाई फासीवाद वा साम्यवादीतर्फ फर्काउन रोक्नसक्नु पर्छ। यी तीनवटै विचारधाराहरू अपराधी, विनाशकारी, र अमानवीय छन्। यी विचारधारामा ईश्वर, ख्रीष्ट, प्रेम, आत्मा र जनतालाई ऐतिहासिक विषयहरुमा कमी छ। यिनीहरूलाई वास्तविक अस्तित्वको गहिरो अनुभव छैन। यिनीहरूलाई डासाइनको अभाव छ। सबै नास्तिक, भौतिकवादी र परायो छन्। यीनलाई धर्मको स्थानमा ल्याउनको लागि डिजाइन गरिएको थियो। जुन पहिले नै स्वाभाविक रूपले भ्रष्ट विचार हो। यो एक विकृति, अपराध, र अन्त्यको शुरुआत हो। त्यसैले, ट्रम्प धर्मको बारेमा यति धेरै जोड दिन्छन्। चाहे त्यो पश्चिमी ख्रीष्टिय धर्म होस्। यो अमेरिकाको विषय हो। हाम्रो आफ्नै विश्वास छ - पूर्वी ओर्थोडोक्स ख्रीष्टियन धर्म। यो हाम्रो मार्ग हो। पश्चिमी आधुनिकता हाम्रो मार्गको बिलकुल विपरीत छ। तर हामीले पश्चिमी आधुनिकतासँगै यसलाई पार गर्नुपर्छ।
हामीले हाम्रो देश र युक्रेनमा उदारवादको विरुद्ध युद्ध थालनी गर्यौं। तर यसका विरुद्ध निर्णायक प्रहार भने अमेरिकनहरूले आफैले गरेका छन्। त्यसैले, अहिले ट्रम्पवादी परिप्रेक्ष्यका सबैभन्दा गम्भीर विचारकहरूले चौथो राजनीतिक सिद्धान्ततर्फ आफ्नो ध्यान केन्द्रित गर्ने सम्भावना छ। वैश्वीकतावादीहरूले यसलाई रोक्न सबै प्रयास गरेका छन्—चौथो राजनीतिक सिद्धान्तलाई आफ्ना सञ्जालमा प्रतिबन्धित गर्दै, यसको समर्थकहरूलाई निन्दा गर्दै, खाता मेटेर, यहाँसम्म कि हत्या समेत गरेका छन्। तर एउटा विचारलाई मार्न सकिँदैन। त्यसैले, उदारवादमाथिको न्यायिक प्रक्रियाको संचालन चौथो राजनीतिक सिद्धान्तको आधारमा पश्चिमी आधुनिकताका सबै विचारधारासम्म नपुग्ने गरी गर्नुपर्नेछ।
- मोहन ज्ञवाली